आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकामा थप १ लाख ७३ हजारमा कोरोना संक्रमण, भारतमा झण्डै १ करोड पुग्न लाग्यो

प्रकाशित
249
SHARES

काठमाडौँ । अमेरिकामा थप १ लाख ७३ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्ला चार दिन लगातार संक्रमितको संख्या २ लाखभन्दा बढी संक्रमण देखिएको अमेरिकामा आज भने संक्रमण केही घटेको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ७३ हजार ८६१ जनामा संक्रमण भएसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ५१ लाख ५२९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८८ लाख ५५ हजार ५९३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ६० लाख १५ हजार ३० जनामध्ये २६ हजार ४४८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ८८ हजार नाघेको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ७६ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ८८ हजार ९०६ पुगेको छ ।

यस्तै उता भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख ७६ हजार पुगेको छ । २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३२ हजारभन्दा बढी संक्रमित भएका छन् ।

थप ३२ हजार २७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९६ लाख ७६ हजार ८०१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९१ लाख ३८ हजार १७१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४० हजार ५९० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३७४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४० हजार नाघेको हो ।

प्रतिक्रिया