आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बुटवलको कलश होटलमा गो’ली चल्याे, १ जना घाइते,

प्रकाशित
668
SHARES

बुटवल । बुटवलको मिलनचोकस्थित एक होटेलमा गो’ली चलेको छ । गो’ली लागेर एक जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरस्थित कलश होटलमा गो’ली चलेको हो । चिउँडोमा गो’ली लागेका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको छ ।

उक्त होटेलमा गैंडाको खाग तस्करीमा संलग्न व्यक्तिहरु बसेको सूचनाका आधारमा छापा मार्न प्रहरी पुगेको प्रहरीको दावी छ । प्रहरी टोलीलाई होटेलमा रहेका व्यक्तिले पेस्तोल खोसेर प्रहार गर्न खोज्दा उनलाई नै गो’ली लागेर घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बताए ।

उक्त होटेलमा बसेका अन्य दुई जनालाई नियन्त्रणमा लिएको र एकजना भागेको प्रहरीको भनाइ छ । प्रहरीहरु सादा पोशाकमा होटेलमा गएका थिए ।

प्रतिक्रिया