आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सकियो नेकपा हाइकमाण्ड बैठक, के भयो निर्णय ?

प्रकाशित
561
SHARES

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सम्पन्न भएको छ । शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ ।

बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेका प्रस्ताव स्थायी कमिटीमा लगेर छलफल गर्ने निर्णय गरेको छ । सचिवालयको शनिबार बसेको बैठकले पूर्व निर्धारित समयअनुसार भोलि आइतबार १ बजे स्थायी कमिटी बैठक बोलाउने पनि निर्णय गरेको छ ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विवादको पूर्वनिर्धारित कार्यतालिकाअनुसार आइतबारको स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड दुबैको प्रस्ताव छलफलका लागि लैजाने निर्णय भएको बताए । निर्णयअनुसार आइतबारको स्थायी समितिमा दुबै प्रस्ताव पेश हुनेछ ।

‘पार्टीको संकट निवारणबारे स्थायी कमिटीमा नै छलफल गर्छौं’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘दुवै अध्यक्षको प्रतिवेदन पनि स्थायी कमिटीमा प्रस्तुत हुन्छ ।’

गत कात्तिक २८ गतेको बैठकमा प्रचण्डले ओलीमाथि दर्जनौं प्रश्न गर्दै फरक प्रस्ताव ल्याएका थिए भने त्यसको काउन्टरमा ओलीले पनि मंसिर १३ गतेको बैठकमा छुट्टै प्रस्ताव ल्याएका थिए । दुई अध्यक्षको प्रस्तावमा एकले अर्कालाई आरोप प्रत्यारोप गरिएको छ भने सोही प्रस्तावका कारण नेकपाभित्रको विवाद थप चर्किएको अवस्था छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद शुभेच्छु संगठन प्रोग्रेसिभ एसोसियन नेपाल (पीन) मा पनि देखिएको छ । पार्टी एकतापछि संगठन एकीकरण गर्न पहिलो देखिएको पीन विवादमा परेको हो ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पक्षबीच विवाद बढ्दै जाँदा पीनको एक पक्षले वक्तव्य जारी गरेको छ । प्रचण्ड र माधवकुमार नेपाल पक्षका इन्जिनियरहरुले वक्तव्य जारी गर्दै दुई अध्यक्षले सचिवालयमा पेश गरेको प्रतिवेदनमाथि छलफल हुनुपर्ने जनाएका छन् ।

पीनको २० सदस्यीय सचिवालयमा ११ जनाले वक्तव्य जारी गर्दै दुई अध्यक्षको प्रतिवेदन केन्द्रीय कमिटीसम्म पुग्नुपर्ने धारणा राखेका छन् । ‘…अध्यक्षद्वयबाट पेश भएका दुवै प्रतिवेदनलाई स्थायी र केन्द्रीय कमिटीमा गहन छलफल गराइ सर्वमान्य एक प्रतिवेदन तयार गर्दा सबै कार्यकर्ता, शुभचिन्तकको भावनालाई समेट्छ’, वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा माधवप्रसाद कोइराला, आशिष घिमिरे, नन्द बञ्जाडे, केशवराज विष्ट, नारायण चौलागाईँ, अनन्तराज घिमिरे, सीआर ढकाल, डिल्लीराम भट्ट, राम एकवाल यादव, विरोध रिजाल र कपिल आचार्यले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया