आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकी गुप्तर प्रमुखले चीनलाई लगाए यस्तो गम्भीर आरोप

प्रकाशित
0
SHARES

काठमाडौँ । अमेरिकी गुप्तचर प्रमुख जोन र्‍याटक्लिफले चीन ‘प्रजातन्त्र र स्वतन्त्रताका लागि सबैभन्दा ठूलो खतरा’ भएको आरोप लगाएका छन् । द वाल स्ट्रीट जर्नलमा लेख्दै जोन र्‍याटक्लिफले दोस्रो विश्वयुद्धयता चीनले आफ्नो प्रभाव बढाउँदै लगेको र आर्थिक र सूचनाको जासुसीमा संल्गन भइरहेको उनले बताए ।

प्रत्येक वर्ष ५०० अर्ब डलर बराबरका अमेरिकी बौद्धिक सम्पत्ति चोरी हुने गरेको र्‍याटक्लिफले बताउँदै उनले भने,’ अमेरिकी प्रतिस्पर्धी कम्पनीबाट सूचना चोरेर एउटा चिनियाँ विन्ड टर्बाइन कम्पनी विश्व बजारमा गएकोमा दोषी पाइएको छ ।’

अमेरिकाले जस्तै अरू देशले पनि चीनबाट चुनौती खेप्नुपरेको उनको भनाइ छ। विश्व वरीयतामा आफू सबैभन्दा माथि हुन चीन चाहन्छ, त्यसका लागि उ विश्वभर नै स्वतन्त्रताको गतिलाई उल्टाउन चाहन्छ,’ उनले भने ।

बेइजिङले अमेरिकासँग मुठभेडको तयारी गरिरहेको र ‘आर्थिक, सैनिक तथा प्राविधिक रूपले’ विश्वमाथि नै हावी हुन अघि बढिरहेको र्‍याटक्लिफले बताएका छन्।

चीनले अमेरिकाका साझेदारहरूमाथि दबाव बढाउँदै लगेको बेला र्‍याटक्लिफका यी टिप्पणीहरू आएका छन्। चीनले अमेरिकाको पछिल्लो आरोपबारे कुनै प्रतिक्रिया दिएको छैन।

यस्तै अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाउन कसैलाई पनि बाध्य नपारिने बताएका छन् । खोप उपलब्ध गराउने राज्यको दायित्व भए पनि त्यसलाई प्रयोग गर्ने या नगर्ने नागरिकको स्वइच्छा भएको उनले बताए ।

गृहराज्य डेलवरको विलमिङ्गटनमा राष्ट्रपतिमा निर्वाचित बाइडेनले कोरोना भाइरसविरुद्धको खोपलाई अनिर्वाय बनाउनु नपर्ने प्रष्ट्याएका हुन् । मेरो सामर्थ्यले भ्याएसम्म खोपका लागि सबैलाई जागरुक बनाउने प्रयास हुनेछ । तर खोप लगाउने वा नलगाउने व्यक्तिको निर्णयको कुरा हो,’ उनले भने ।

हालै भएको एक अध्ययनले ६० प्रतिशत अमेरिकीहरु मात्रै कोरोना भाइरसविरुद्धको खोप लगाउन तयार भएका छन् । अमेरिकाले डिसेम्बरको मध्यसम्ममा कोभिड-१९ विरूद्धको खोप स्वीकृति गर्ने सम्भावना छ ।

त्यस्तै कोरोना भाइरसका कारण अमेरिकी अर्थतन्त्रमा परिरहेको प्रभाबका बाबजुद नोभेम्बरमा २ दुई लाख ४५ हजारले रोजगारी पाएका छन् । यद्यपि अमेरिकी रोजगारी दरमा अपेक्षाकृत सुधार आउन नसकेको त्यहाँको श्रम मन्त्रालयले जनाएको छ ।

विश्लेषकहरूले अपेक्षा गरेकोभन्दा श्रम बजार सुधार दर सुस्त देखिएको तर यसलाई महामारी नियन्त्रणमा आएसँगै सहजै सुधार गर्न सकिने प्रशस्त आधारहरू रहेका जनाएका छन् ।

नोभेम्बरमा बेरोजगारी दर अघिल्लो महिनाभन्दा करिब ०.२ प्रतिशतले कमी आएको हो । अक्टोभरमा ६.९ प्रतिशत कायम भएको वेरोजगारी दर नोभेम्बरमा घटेर ६.७ पुगेको अमेरिकी श्रम बजार विश्लेषकहरूले बताएका छन् ।

महामारीको प्रभाबसँगै ठूलो सङ्ख्या अर्थात् एक करोड ७० लाख श्रमिकले बेरोजगार बनेका थिए । अमेरिकामा नोभेम्बरमा लामो समय अर्थात् २७ हप्ताभन्दा बढी बेरोजगार हुनेको सङ्ख्यामा तीन लाख ८५ हजारले वृद्धि भई कूल ३९ लाखभन्दा बढी पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया