आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना संक्रमण फैलिएको भन्दै फेरि यी क्षेत्रहरुमा प्रतिबन्ध लगाउने घोषणा

प्रकाशित
818
SHARES

इटालीमा कोरोनाभाइरसको संक्रमण फैलिएको भन्दै फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा गरिएको छ महत्वपूर्ण चाड पर्वहरु आएकाले चाड पर्व मनाउने क्रममा कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने आँकलन गर्दै फेरि प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गरिएको हो ।

प्रधानमन्त्री गिसेपे कोन्टेले नयाँ बर्षलगायतका चाड पर्व र विदा मनाउने क्रममा महामारी थप फैलिन नदिन नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरु घोषणा गरिएको जानकारी दिए ।

नयाँ व्यवस्था अनुसार मानवीय गतिविधि तथा आवतजावतलाई नगरपालिका र क्षेत्रमा सिमित गरिने छ । एक नगर वा क्षेत्रबाट अर्को नगर वा क्षेत्रमा जान प्रतिबन्ध लगाइने उनले बताए ।

इटालीमा यो नयाँ व्यवस्था निर्णयमा डिसेम्बरमा हस्ताक्षर गरिएको सोही अनुसार सुरक्षाकर्मीहरु पनि परिचालन गरिने अधिकारीहरुले जनाएका छन् ।

“क्रिसमस विदा आउँदैछ, हामी एउटा संवेदनशील समयमा प्रवेश गर्दैछौँ, हामीले राम्रो ख्याल गरेनौं, लपर्वाही गर्यौँ भने महामारी झन फैलिन सक्छ,” प्रधानमन्त्री कोन्टेले भने। नयाँ प्रतिबन्धात्मक व्यवस्था यही डिसेम्बर २१ देखि जनवरी ६ तारिखसम्म लागु हुने पनि उनले जानकारी दिए ।

यस्तै विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)बाट सुरक्षित रहेको सन्देश प्रवाह गर्न तीन अमेरिकी पूर्वराष्ट्रपति जुटेका छन् । उनीहरुले एकैसाथ कोरोनाविरुद्धको खोप लगाउने भएका छन् ।

पूर्वराष्ट्रपतिहरु जर्ज डब्ल्यू बुस, बिल क्लिन्टन र बाराक ओबामाले एकैसाथ कोरोनाविरुद्धको खोप लगाउने भएका हुन् । अमेरिकी समाचार संस्थाहरुका अनुसार उनीहरुले टेसलिभिजनमा प्रत्यक्ष प्रसारणसहित खोप लगाउनेछन् ।

बेलायतले खोप प्रयोगको अनुमति दिइसकेको अवस्थामा अमेरिकामा पनि खोप स्वीकृत हुने चरणमा रहेको छ । अमेरिकी नियामक निकायले स्वीकृति दिएको अवस्थामा खोपमाथिको विश्वास कायम गर्नका लागि तीन पूर्वराष्ट्रपतिले लगाउने भएका हुन् ।

यसअघिनै राष्ट्रपतिको निर्वाचनमा निर्वाचित भएर ह्वाइट हाउस प्रवेशका लागि पर्खिरहेका वाइडेन र ह्यारिसले खोप लगाउने बताइसकेका छन् । तर, निर्वाचनमा पराजय भोगेका वर्तमान राष्ट्रपति ट्रम्पले भने खोपका विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।

यस्तै अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले आममानिसका लागि कोरोनाको खोप लगाउन बेलायतले दिएको निर्णय सही ठहरिनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

यूकेले हतारोमा कोरोनाभाइरस खोपको प्रयोग अनुमति दिएको भन्ने आफ्नो टिप्पणी सच्च्याउँदै फाउचीले बेलायती प्रक्रियाप्रति आफू पूर्ण विश्वस्त रहेको बताएका हुन् । अमेरिकी फाइजर तथा जर्मन बायोएनटेकले विकास गरेको कोरोनाभाइरसविरुद्धको खोपलाई आम प्रयोगको अनुमति दिने बेलायत पहिलो देश बनेको थियो।

उसले निकै द्रुत प्रक्रिया अवलम्बन गरेर अनुमति दिएको थियो।त्यसबारे प्रश्न उठाएको जस्तो लाग्ने टिप्पणी गरेका अमेरिकाका वरिष्ठ सङ्क्रमण रोग विशेषज्ञ एन्थोनी फाउचीले अहिले भने माफी मागेको बीबीसीले जनाएको छ ।

उनले ब्रिटिश मेडकल नियामक निकायप्रति आफ्नो पूर्ण विश्वास रहेको बताउँदै भनेका छन्, ‘मलाई यूकेले वैज्ञानिकरूपमा अनि नियामक प्रक्रियाको बारेमा अपनाउने कार्यप्रति ठूलो भरोसा छ।’ आफूले केवल ब्रिटिश र अमेरिकी प्रणालीमा अनुमति प्रदानसम्बन्धी रहेका भिन्नता मात्र उजागर गर्न खोजेको प्रष्ट्याएका छन् ।

अमेरिकाको नियामक निकाय खाद्य तथा औषधि प्रशासन एफडिएमाथि छिटो खोप अनुमति दिन चर्को दबाब परेको छ। त्यहाँ फाइजर खोपबारे स्वीकृतीको छलफल गर्न एफडिएले डिसेम्बर १० मा बैठक डाकेको छ।

त्यस्तै अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख १७ हजार ९८६ जनामा संक्रमण पुष्टि भएको छ । अमेरिकामा एकैदिन थपिएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि बिहिबार (१८ मंसिरमा) २ लाख ६ हजार ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

करिव २ महिनादेखि दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा पछिल्ला दुई दिन यता संक्रमितको संख्या २ लाखभन्दा बढी देखिन थालेको छ । पछिल्लो वृद्धिसँगै १ संक्रमितको संख्या १ करोड ४५ लाख ३४ हजार ६०६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८५ लाख ६० हजार ४४१ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ५६ लाख ९१ हजार ३३७ जनामध्ये २६ हजार १९६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ८२ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ९१५ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ८२ हजार ८२८ पुगेको छ।

प्रतिक्रिया