आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीले एउटा पद नछाेडेसम्म पार्टीभित्रको विवाद अन्त्य हुँदैन, देवेन्द्र पौडेल

प्रकाशित
553
SHARES

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले निकास दिन पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्ने बताएका छन्।

काठमाडौँमा भएको साक्षात्कारमा पौडेलले एक पद छाड्नेबाहेकमा कुनै सम्झौता नहुने बताए । पार्टीभित्रको समस्या समाधानका लागि ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद मात्रै लिनुपर्ने उनको भनाइ छ ।

‘ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ । एक पद मात्रै लिनुपर्छ । अब ओलीसँग सम्झौता हुँदैन,’ उनले पार्टीलाई फुटको दिशातर्फ लैजाने काम कसैले पनि गर्न नहुने बताउँदै भने, ‘पार्टी कसैले फुटाउनु हुँदैन, एक बनाउनैपर्छ।’

नेकपा विवादले संकटपूर्ण अवस्था ल्याएको भन्दै उनले अब समस्या समाधान गर्ने जिम्मा ओलीले लिनुपर्ने बताए। सचिवालय बैठकमा पेश भएको दुवै अध्यक्षको प्रतिवेदनमा गहन छलफल गरेर मात्रै निकास निस्कने बताउँदै उनले त्यसका लागि ओली पद त्याग्‍न तयार हुनुको विकल्प नभएको बताए ।

विद्या भण्डारीले ओली-प्रचण्डलाई भेटिन 

गत वर्ष पुस ५ गते नेकपाको स्थायी कमिटी बैठक चलिरहेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थायी कमिटीका नेताहरूलाई शीतल निवासमा लञ्च मिटिङका लागि बोलाइन् । राष्ट्रपतिको आतिथ्य ग्रहण गर्न गएका नेताहरू निर्धारित ११ बजे उपस्थित नभएपछि कार्यकारी अध्यक्षको जिम्मेवारी पाएर पहिलो पटक बैठक सञ्चालन गरिरहेका पुष्पकमल दाहाल आक्रोशित भए ।

राष्ट्रपति निवासबाट हस्याङफस्याङ गर्दै आएका नेताहरूलाई उनले चर्कंदै भनेका थिए, ‘पार्टीको बैठक बसिरहेका बेला राष्ट्रपतिले किन नेताहरूलाई बोलाउने ? राष्ट्रपतिले बोलाउँदैमा जाने ? पार्टी अनुशासनमा बस्नुपर्दैन ?’ अन्य नेताहरूलाई अनुशासनको प्रश्न गर्ने दाहाल आफैं भने राष्ट्रपतिकहाँ गएको गयै गर्छन् । जब पार्टीभित्र संकट आउँछ, दाहालकै जस्तो दौडधुप अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पनि चल्छ ।

पदीय जिम्मेवारीअनुसार राष्ट्रपति र प्रधानमन्त्रीको भेट अन्य नेताहरूको जस्तो अस्वाभाविक हुँदैन तर पार्टीमा विवाद बढेका बेला प्रधानमन्त्रीकै भेटघाट शृंखला बाक्लिन्छ । संकटका बेला ओली र दाहाल शीतल निवासको छहारीमा जाने क्रमले बिहीबार पनि निरन्तरता पायो । पार्टीभित्र एकअर्कालाई लिखित आरोप–प्रत्यारोप गरेका ओली र दाहाल बिहीबार छुट्टाछुट्टै रूपमा राष्ट्रपति भण्डारीलाई भेट्न गए ।

ओली र दाहालबीच पानी बाराबारबाट संवादमा लैजाने रणनीतिअनुसार नेकपाको बैठक स्थगित भएका बेला उनीहरू भण्डारीलाई भेट्न पुगेका हुन् । ओली बिहान र दाहाल अपराह्न शीतल निवास पुगेका थिए । दुवैका सचिवालयले भेटलाई सामान्य र नियमित भनेका छन् । तर विगतमा जस्तै यस पटक पनि दुई नेतालाई संकटबाट बाहिरिन र मिलेर जान राष्ट्रपतिले सहजीकरण गरेको बुझ्न कठिन छैन ।

ओलीविरुद्ध दाहालले आरोपसहितको प्रस्ताव पार्टी सचिवालयमा ल्याएपछि गत मंसिर २ मा पनि राष्ट्रपति भण्डारीले दुवै नेतालाई छुट्टाछुट्टै भेटेकी थिइन् । राष्ट्रपति भण्डारीले दुवैलाई सहमतिका साथ अघि बढ्न सुझाव दिएकी थिइन् तर त्यसपछि सचिवालयमा झन् तिक्तताको स्थिति उत्पन्न भयो । राष्ट्रपतिसँग भेटेको भोलिपल्ट ओलीले दाहालका आरोपको मौखिक जवाफ दिए ।

१३ गतेको अर्को बैठकमा ओलीले दाहालविरुद्ध ३८ पृष्ठको प्रत्यारोप पेस गरे । गत मंगलबारको बैठकमा ओली र दाहालबीच फेरि भनाभन भयो । यही कारण बुधबार ओली नै अनुपस्थित भएपछि आउँदो २० गतेसम्मका लागि बैठक स्थगित भएको छ । बैठक स्थगनको समय पारेर ओली र दाहाल राष्ट्रपतिकहाँ पुगेका हुन् ।

अहिले ओली र दाहालमाथि आ–आफ्नो प्रस्ताव थाती राखेर नयाँ प्रस्ताव बनाउन र सहमति गरेर जान पार्टीभित्रबाट दबाब बढेको छ । ओली यसका लागि करिब तयार छन् । त्यही सन्देश ओलीले आफूनिकट नेताहरूमार्फत दाहालसमक्ष पुर्‍याइरहेका छन् । बिहीबार पनि दाहाललाई भेट्न गएका ओलीनिकट नेताहरू महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङले दुवै प्रस्ताव थाती राखेर संयुक्त प्रस्ताव बनाउन आग्रह गरेका थिए । दुवैका प्रस्ताव आरोप–प्रत्यारोपयुक्त भएकाले त्यसले संकट समाधानमा योगदान नगर्ने उनीहरूको तर्क थियो ।]

प्रतिक्रिया