आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अछामबाट धनगढीतर्फ आउदै गरेको बस दुर्घटनाग्रस्त, क्षतिको विवरणसहित

प्रकाशित
387
SHARES

मंगलसेन । अछाममा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । धनगढी आउँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस अछाम चौरपाटी गाउँपालिका-७ मार्कुमा दुर्घटना भएको हो ।

दुर्घटनामा अछामकै साँफेबगर नगरपालिका-३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । उपचारका लागि बयालपाटा अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा थप १७ जना घाइते भएका छन् । उनीहरू सबैको बलयपाटा अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक लोकेन्ऽ सिंह गुरुले बताए । यान्त्रिक खराबी हुँदा बस दुर्घटना भएको अनुमान गरिएको उनले बताए । बस साँपे-चौखुट्टे सडक खण्डबाट ६० मिटर तल खसेको थियो ।

उता नुवाकोटको तारकेश्वर गाउँपालिका-६ का नेकपाका नेता रामबहादुर तामाङको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । तारेकश्वर गाउँपालिका–१ दाङसिङबाट आफ्नो घर डाँडाखर्कतर्फ फर्कने क्रममा छागेखोलास्थित भिरमा मोटरसाइकल दुर्घटना हुँदा ५५ वर्षीय रामबहादुर तामाङको घटनास्थलमा नै ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीका अनुसार दाङसिंह–डाँडाखर्क सडकखण्डको छागेखोला भिर भन्ने स्थानमा तामाङ चढेको बा२७ प ८६५८ नं को मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनापश्चात् मोटरसाइकल सडक छेउमै अड्किएको भए पनि तामाङ भने भिरबाट खसेकाले घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका तामाङ विसं २०७४ वैशाखमा भएको स्थानीतयहको निर्वाचनमा तारकेश्वर गाउँपालिका-६ मा साविक नेकपा एमालेबाट वडाध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए । त्यस्तै मोरङको विराटनगरमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका-४ कञ्चनबारीस्थित कोशी राजमार्गमा रोकेर राखेको भारतीय लहरीमा सोमबार बिहान १ बजेतिर एम्बुलेन्स ठोक्किएको हो । दुर्घटनामा सप्तरीबाट विराटनगर लगिएका बिरामीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दमका बिरामी ६५ वर्षीय नुनुलाल मण्डलको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सप्तरीको तिलाठी कोइलाडी -२ का हुन् ।

एम्बुलेन्समा सवार अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा तिलाठी कोइलाडीकै ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते भएका छन् । तीनै जना घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सप्तरीबाट बिरामी बोकेर विराटनगरतर्फ आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स एनएल ०१ एल ०३३६ नम्बरको भारतीय लहरीमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको मोरङ प्रहरी प्रमुख, एसपी सन्तोष खड्काले जानकारी दिए ।

तस्विर: गुगलबाट

प्रतिक्रिया