आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सन्दीप लामिछाने अस्पताल भर्ना

प्रकाशित
470
SHARES

काठमाडौं । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका  क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् ।

उनले शुक्रबार आफुलाई कोरोना संक्रमण संक्रमण भएकाे जानकारी सामाजिक सञ्जाल मार्फत गराएका थिए । अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ।

यस्तै उता अर्जेन्टीनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा संलग्न चिकित्सकहरू छानबिनको दायरामा आएका छन् । उपचारमा भएको लापरबाहीले म्याराडोनाको निधन भएको आशंका र आरोपपछि उनको उपचारमा संलग्न चिकित्सकहरू छानविनको दायरामा आएको बीबीसीले जनाएको छ ।

केही समय अगाडि मस्तिष्कको सफल शल्यक्रिया गराएका म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातबाट गत बुधवार निधन भएको थियो। मस्तिष्क सल्यक्रियापछि भएको म्याराडोनाको निधन हृदयघात नै कारण थियो या थिएन भन्नेबारे छानबिन सुरू भएको हो ।

म्याराडोनाका छोरीहरूले पनि आफ्ना पिताको उपचारबारे प्रश्न उठाउँदै आएका थिए। आर्जेन्टीनाको राजधानी ब्यूनस एरिजको प्रहरीले म्याराडोनाका चिकित्सक लियोपोल्डो लुकको घर तथा निजी क्लिनिकमा छापा मारेर प्रमाण बटुल्ने थालेको छ।

करिब ३० जना प्रहरी अधिकारीहरू आइतवार बिहान लुकको घर पुगेका थिए । यस्तै २० जना प्रहरीले उनको क्लिनिकमा पुगेको बताइएको छ । चिकित्सकको घर तथा क्लिनिकबाट प्रहरीले कम्प्युटर, मोबाइल फोन तथा मेडिकल नोटहरू बरामद गरेको छ ।

यस्तै ला लिगाको साविक विजेता रियल मड्रिड अल्भाससँग पराजित भएको छ । शनिबार राति भएको खेलमा रियल अल्भाससँग २–१ गोल अन्तरले पराजित भएको हो । योसँगै रियलले जारी सिजनमा तेस्रो हार बेहोरेको छ ।

रियलविरुद्ध अल्भासका लागि खेलको ५औँ मिनेटमा लुकास परेजले गोल गर्दै टीमलाई अग्रता दिलाए । दोस्रो हाफमा जोसेलुले गर्दै अल्भासलाई २–० गोलको अग्रता दिलाए । रियलका लागि भने कासिमेरोले ८६औँ मिनेटमा एक गोल गरे । त्यसपछि दुबै टोलीले गोल गर्न सकेनन् ।

हारसँगै रियल १७ अंकसहित पाँचौं स्थानमा छ । अल्भास भने १३ अंकसहित नवौं स्थानमा छ ।रियलले यो सिजनमा अहिलेसम्म खेलेका १० खेलमा जम्मा पाँच खेल मात्र जितेको छ । २ खेल बराबरी खेल्दा ३ खेलमा हार बेहोरेको छ ।

प्रतिक्रिया