आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडौं आउँदै गरेको कैलाश एयरको हेलिकप्टर चरासँग ठोक्कियो, केछ अवस्था ?

प्रकाशित
466
SHARES

काठमडौं । नुवाकोटमा कैलाश एयरको हेलिकप्टर ठूलो दुर्घटनाबाट बचेको छ । बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर चरासँग ठोक्किएपछि चालकले नुवाकोटमा आकस्मिक अवतरण गरेको प्रदेश ३ का प्रमुख डीआईजी बसन्त लामाले जानकारी दिए ।

हेलिकप्टरमा रहेका सबै ६ जना सकुशल रहेका छन्, एक जना यात्रुको घुँडामा सामान्य चोट लागेको जानकारी आएको लामाले बताए । चरासँग ठोक्किएपछि हेलिकप्टरको अगाडि भागमा सामान्य क्षति भएको छ । उक्त हेलिकप्टरका यात्रु लिन अर्को हेलिकप्टर पठाइएको छ ।

यसैबीच उता म्याग्दीको मङ्गला गाउँपालिका–२ बावियाचौरको काफलचौरमा भएको बोलेरो जीप दुर्घटनामा एकको मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन् । बाबियाचौर लाम्पाटाबाट सल्लानतर्फ जाँदै गरेको प्रदेश २–०३००१ च ०२५२ नम्बरको बोलेरो जीप आज बिहान भाइबाङ खोला नजिकको सडकबाट खसेर दुर्घटना भएको हो ।

दुर्घटनमा परेर जीपमा सवार ११ वर्षीया बालिका करिस्मा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनमा परी जीपका चालक ४२ वर्षका खुमबहादुर कटुवालसहित पाँच जना घाइते भएका छन् ।

घाइते चालक कटुवाल र उनकी श्रीमती सुनिता क्षेत्री, जीपमा सवार सुकला केसी, कृपा क्षेत्री र राजन क्षेत्रीलाई उपचारका लागि बेनी अस्पताल लगिएको छ ।

प्रतिक्रिया