आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

धाँधलीको आरोपमा ट्रम्पले हालेको हुलाक मतको मुद्दा सर्वोच्चबाट खारेज

प्रकाशित
380
SHARES

एजेन्सी । हुलाकमार्फत् गरिएको मतदानमा धाँधली भएको भन्दै डोनाल्ड ट्रम्प अभियानका तर्फबाट दायर गरिएको मुद्दा पेन्सिलभेनियाको सर्वोच्च अदालतले खारेज गरेको छ । त्यस्तै प्रकारको मुद्दा फेरि अदालत ल्याउन नपाउने गरी ट्रम्प पक्षको मुद्दा खारेज गरिएको हो ।

राज्यको सर्वोच्च अदालतका न्यायाधीशले एकमतका साथ शनिबार राति यस्तो फैसला गरेका हुन्। पेन्सिलभेनियामा युनिभर्सल मेल इन मतदान स्थापना गर्ने २०१९ मा ल्याइएको ऐन-७७ लाई चुनौती दिदै ट्रम्प अभियानले मुद्दा दायर गरेको थियो ।

यो ऐनलाई चुनौती दिने मुद्दा ऐन आएको एक वर्षपछिमात्र दायर गरिएको र चुनौती दिने कानुनी आधारहरु नभएको भन्दै न्यायाधीशहरुले फैसला गरेका हुन् । गत नोभेम्बर ३ मा भएको चुनावमा जो बाइडेन राष्ट्रपति निर्वाचित भइसकेका छन् । तर, ट्रम्पले उनको जितलाई अझै स्वीकार गरेका छैनन् ।

यसैबीच अमेरिकामा थप १ लाख ४३ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक महिनायता दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख ४३ हजार ३७३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो बृद्धिसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड ३६ लाख १० हजार ३५७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८० लाख ४१ हजार २३९ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ५२ लाख ९६ हजार ८६४ जनामध्ये २४ हजार ६४७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ७२ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार २१६ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ७२ हजार २५४ पुगेको छ ।

प्रतिक्रिया