आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

तीन हजार किमी सडक आवधिक मर्मत गरिने

प्रकाशित
157
SHARES

काठमाडौँ । सडक विभागले देशभरका मुख्य राजमार्गमा तीन हजार ३०० किमी सडकमा आवधिक मर्मतको काम गर्ने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा देशभरका मुख्य सडक (कोर रोड नेटवर्क) मा मर्मत गर्न लागिएको हो ।

आगामी पाँच वर्षमा मर्मत गरिसक्ने गरी सम्झौता भएको विभागले जनाएको छ । सवारी साधनको चाप बढी भएका सडकमा मर्मत गर्न लागिएको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए ।

उनका अनुसार पूरै बिग्रिएर पुनः स्थापना गर्ने सडक भन्दा पनि निर्माण भएको केही वर्ष भएकाले मर्मत चाहिने सडक छनोट गरिनेछ । उनले भने, सडक अनुसार फरकफरक किमिमको मर्मत चाहिन सक्छ ।

सडक बोर्ड नेपालले वार्षिकरुपमा गर्दै आएको मर्मत भन्दा फरक सडकमा मर्मत गर्न लागिएको हो । सो मर्मतमा सडकको एक तह थप हुने अधिकारीले बताए ।

सामान्यतया सडक निर्माण गरिएको पाँच छ, वर्षमा मर्मत गर्नुपर्ने हुन्छ । कतिपय सडक त्यस भन्दा धेरै वर्षसम्म मर्मत हुन नसकेकाले अहिले गर्न लागिएको हो । अहिले मर्मत गर्न लागिएको सडकमा मुग्लिन नागढुङ्गा सडक, कमला ढल्केबर सडक लगायत छन् ।

स्थानीयस्तरमा समन्वय गर्ने काम डिभिजन सडक कार्यालयहरुले गर्नेछन् । गत असारमा सम्झौता भएकामा सो काम आगामी २०८२ सम्ममा मर्मत गर्नुपर्नेछ । यसको लागत झण्डै रु आठ अर्ब रहनेछ ।

प्रतिक्रिया