आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जीप दुर्घटना अपडेट: मृत्यु हुनेकाे संख्या ६ पुग्याे, दुई घाइते (विवरणसहित)

प्रकाशित
327
SHARES

गुल्मी । इस्मा गाउँपालिकामा शुक्रबार बिहान जीप दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ । सदरमुकाम तम्घासका लागि छुटेको लु१ज ११६६ नम्बरको जीप इस्मा-४ अन्तर्गत हुल नजिकै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा बाटामा मृत्यु भएको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा इस्मा-४ का ६५ वर्षीय डम्बरबहादुर धिताल, ३३ वर्षीय चित्रबहादुर दर्लामी र धनबहादुर अछामी, ३० वर्षीय वसन्त दर्लामी र मालिका गाउँपालिका-५ ८० वर्षीया सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले बताए । घाइते तीनमध्ये इस्मा-४ का १९ वर्षीय फर्सुराम थापालाई भने उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइपु¥याए पनि बाटामै मृत्यु भइसकेको गुल्मी अस्पतालका प्रमुख डा उत्तम पाच्यले जानकारी दिए ।

दुर्घटनामा परी घाइते इस्मा-४ की २८ वर्षीया सरस्वती दर्लामी र २६ वर्षीय कमल धिताङको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ । दश यात्रु बोकेर सदरमुकामतर्फ आउँदै गरेको उक्त जीप ब्रेकफेल भइ दुर्घटना हुँदा सडकबाट ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया