नवलपुरमा नेपाली काँग्रेस एकातिर र एमाले-माओवादीकाे ग्यांङबीच खुकुरी हानाहन भएकाे छ ।
जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं. ६ बरुवामा मंगलबार राति नेपाली कांग्रेस, एमाले -माओवादीबीच खुकुरी हानाहान हुँदा दुवै तर्फका गरी ६ जना घाइते भएका छन् । घाइते हुनेमा कांग्रेस मध्यविन्दु नगर समितिका सभापति दुमन भण्डारी, नुमाकान्त भण्डारी र अरुण भण्डारी रहेका छन् ।
एमाले मध्यविन्दु नगर कमिटीका अध्यक्ष दुर्गा भुर्तेल, श्याम पौडेल र विजय भुर्तेल पनि घाइते भएका छन् । घाइते भएकामध्ये कांग्रेस नगरसभापति भण्डारी र एमाले नगर अध्यक्ष भुर्तेलको अवस्था चिन्ताजनक छ ।
भण्डारीलाई कालीगण्डकी अस्पतालमा उपचारपछि थप उपचारका लागि भरतपुर मेडिकल कलेज चितवन रिफर गरिएको अस्पतालले जनाएको छ ।
एमालेका घाइते कार्यकर्ताहरुको मध्यविन्दु अस्पताल डण्डामा उपचारपछि थप उपचारका लागि चितवनको भरतपुर पठाइएको एमाले नवलपुरले जनाएको छ ।
नवलपुर प्रहरी प्रमुख दीपेन्द्र जिसीका अनुसार दुई पक्षबीच झडप भएको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय नवलपुर र चोरमाराबाट सशस्त्र प्रहरी पुगेर स्थितिलाई नियन्त्रणमा लिएका थिए ।
नवलपुरमा प्रहरीले थप झडप हुन नदिन गस्ती बढाएको जनाएको छ ।
हामीलाई फलो गर्नुहोस
प्रतिक्रिया