आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बिद्यार्थी नेता गिरफ्तारीको बिरुद्ध संज्यालको बिज्ञप्ति, रिहा नगरे कडा संघर्ष गर्ने चेतावनी

प्रकाशित
210
SHARES

काठमाडौँ । विप्लव नेतृत्वको नेकपाका ३ बिद्यार्थी नेताहरुलाई प्रहरीले गिरफ्तार गरेपछि सो संगठनको क्याम्पस जिल्ला समिती अध्यक्ष तारा संज्यालले एक बिज्ञप्ति जारी गर्दै गिरफ्तारीको घोर भ्रत्सना एब निन्दा गरेकी छन् ।

संज्यालले काठमाडौंको वानेश्वरबाट आफ्नो संगठन, क्याम्पस जिल्ला समिती सदस्य तथा पशुपति वहुमुखि क्याम्पस चावहिलका क्रान्तिकारी नेता सुवास महत र मेगेन्द्र न्यौपानेलाई प्रहरीले गिरफ्तार गरि वेपत्ता पारेको भन्दै उक्त घनताको घोर विरोध तथा भत्सर्ना गर्दै अविलम्व सार्वजनिक र रिहाईको माग गरेकी छन्।

ओली सरकार आफु पूर्ण रुपमा नाङ्गिएपछि आफ्नो असफलता र असक्षमतालाई लुकाउन देशभक्त प्रगतिशिल एवं क्रान्तिकारीहरूलाई दमन गरिरहेको संज्यालको भनाई छ । गिरफ्तार आफ्ना नेताहरुलाई तत्काल रिहाई नगरे आफुहरु कडा संघर्षमा जाने चेतावनी समेत संज्यालले दिएकि छन् ।

आफुहरुले गर्ने उक्त संघर्षबाट उत्पन्न हुने जटिल परिस्थितीको जिम्मेदार ओली सरकार नै हुने संज्यालको बिज्ञप्तिमा उल्लेख छ । यस्तै उनले बिज्ञप्तिमा आफ्नो संगठन अखिल क्रान्तिकारीले स्थापना कालदेखि नै शिक्षा क्षेत्रको आमूल रूपान्तरण जनजिवीका राष्ट्रियता र राष्ट्रिय स्वाधिनताका पक्षमा र हत्या, हिंसा, बलात्कार, भ्रष्टचार र कमिशनतन्त्रका विरूद्ध आवाज उठाउँदै सडक बाघको रुपमा स्थापित भएको समेत जनाएकी छन् ।

कोरोना महामारीको जटिल परिस्थितीबाट देश आक्रान्त भईरहेको बेला जनताको स्वास्थ्यमा खेलवाड गर्ने, कोरोनाको उपचार र परिक्षणमा गैर जिम्मेवारी अभिव्यक्ति दिने, विशेष गरी शिक्षा र स्वास्थ्यको क्षेत्रमा सरकारको संरक्षण र संलग्नतामा भएको लुट, कालोबजारी र भ्रष्टचारको भण्डाफोर कार्यक्रम जारि नै रहेको बेला आफ्ना नेता कार्यकर्ता गिरफ्तार गरिएको संज्यालको भनाई छ।

यता काठमाडौँ परिसरका प्रहरी उपरीक्षक तथा प्रवक्ता सोमेन्द्र सिंह राठौरका अनुसार गिरफ्तार पर्नेहरु तिनैजना विद्यार्थी नेताले बिद्यार्थी संगठनमा आफ्नो भूमिकाबारे कुनै बयान नदिएको बताएका छन् । उनीहरुले बयान नदिएपछि अखिल क्रान्तिकारीले बिज्ञप्ति जारी गरेरै आफ्ना नेता भएको जनाएपछि हिरासतमा राखेर अनुसन्धान गरिएको राठौरले बताए ।

प्रतिक्रिया