आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

संक्रमितको उपचारमा रेम्डेसिभिर प्रयोग नगर्न डब्ल्युएचओको आग्रह

प्रकाशित
113
SHARES

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रेम्डेसिभिर औषधिको कोरोना संक्रमितको उपचारमा प्रयोग नगर्न आग्रह गरेको छ । संक्रमितको उपचारमा रेम्डेसिभिरले केही पनि सकारात्मक प्रभाव नपारेकाले त्यसको प्रयोग नगर्न डब्ल्युएचओले आग्रह गरेको हो ।

डब्ल्युएचओले अहिले कोरोना संक्रमितमा रेम्डेसिभिर प्रयोग गरिरहेका देशहरूलाई यसको प्रयोग तत्काल बन्द गर्न पनि आग्रह गरेको छ।डब्लूएचओले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रो दिशानिर्देश समितिले सिफारिस गरेबमोजिम रेम्डेसिभिर प्रयोग भइरहेको छ भने त्यसलाई तुरुन्तै बन्द गरौं । हामीले यो औषधि कोरोना संक्रमतिको उपचारमा प्रभावकारी छ भन्ने कुनै प्रमाण फेला पार्न सकेनौं।’

रेम्डेसिभिरको प्रयोगबाट संक्रमितको उपचारमा सकारात्मक प्रभाव पारेको भन्दै केही मुलुकहरूले धमाधम यसको प्रयोग गरिरहँदा डब्ल्युएचओको यस्तो धारणा बाहिरिएको हो ।

प्रतिक्रिया