आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीले भने- झुठा आरोप लगाएर चिड्याउने काम गरे चुप लाग्दिन

प्रकाशित
678
SHARES

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले असन्तुष्ट पक्ष खासगरी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको आरोपको जबाफ नदिने अडान लिएका छन्। आइतबार वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटार बोलाएर करिब ४ घण्टा लामो छलफल गरेका उनले आफूलाई चिड्याउने काम जारी रहेमा चुप लागेर नबस्ने धम्कीसमेत दिएका हुन् ।

आइतबार बिहान उपाध्यक्ष वामदेव गौतम र विष्णु पौडेलसँग कुरा गरेका अध्यक्ष ओलीले अपरान्ह पुन बरिष्ठ नेता नेपाललाई बालुवाटार बोलाएका थिए । नेता नेपालले एक्लै नभेट्ने बताएपछि गौतम दोस्रोपटक बालुवाटार पुगेका थिए ।
त्यसक्रमा ओलीले प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने ।

त्यसपछि मात्रै अन्य विषय अघि बढ्ने जनाएको वालुवाटार स्रोतले जनाएको छ । प्रचण्डजीको प्रस्तावभन्दा पनि म विरुद्धको आरोपै आरोप र प्रहारले भरिएको लिखत जो छ, त्यो रोक्नुपर्छ । त्यो रोकिएपछि मात्रै अरु विषयमा छलफल हुन्छ, त्यसमा तपाइले पहल गर्नुपर्यो, ओलीले नेपाललाई आग्रह गरेका थिए ।

त्यस्तै पार्टीको समस्या समाधानमा सुझाव दिन आउनुहोस् भन्दै ओलीले नेपाललाई एक्लै बालुवटार बोलाएका थिए, वरिष्ठ नेता नेपालसँगको भेटमा ओलीले दाहालले आफूमाथि अनाहकमा बेइज्जत हुने गरी आरोप लगाएको, उनीसँग सँगै अघि बढ्ने वातावरण नभएकोसमेत गुनासो गरेको स्रोतले बताएको छ ।

‘मैले सहने पनि सीमा हुन्छ। नचाइने आरोप लगाएर मलाई हटाउन खोज्नु दुसप्रयास हो। जनताको मतको अपमान मबाट हुन्न। बरु दाहालसँग यस्तै हो भने सँगसँगै हिड्न सकिन्न,’ओलीको भनाइ उद्धृत गर्दै स्रोतले खबरहबलाई बतायो ।

बालुवाटार स्राेतका अनुसार ओलीले नेता नेपालसँग कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक दस्तावेज फिर्ता लिन आग्रह गरेका थिए ।

साथै ओलीले नेपालसँग आफूसँग सहकार्य गर्न त्यसका लागि के गर्नुपर्ने हो तयार रहेको बताएका थिए । तर नेता नेपालले भने उक्त प्रस्ताव दाहाल एक्लैको वा आफ्नो र दाहालको मात्रै नभएर सचिवालयका पाँचै जनाको भएकाले फिर्ता गर्न नसकिने जवाफ दिएको बताइएको छ ।

पार्टीभित्र चुलिएको विवादमा सचिवालयका नेताहरूलाई आफ्नो पक्षमा उभ्याउने कोशिश गर्न प्रधामन्त्री ओलीले शुक्रबार राष्ट्रपतिसँग भेट गरेका थिए । यसैगरी आइतबार बिहान पार्टी उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेका थिए।

आज बिहानै प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भएको भेटमा उपाध्यक्ष बामदेव गौतमले पनि प्रधानमन्त्रीले आफ्नो कार्यशैली सुधार्नुपर्ने समेत सुझाव दिएका थिए ।

भेटमा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालका तर्फबाट आएको प्रस्ताव फिर्ता लिने वातावरण बनाउन र आफूलाई सहयोग गर्न गौतमलाई आग्रह गरेका थिए। जवाफमा गौतमले कुनै नेतालाई गाली गरेर समस्याको समाधान नहुने भन्दै पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्नका लागि आएको प्रस्ताव फिर्ता नहुने बताएका थिए ।

प्रतिक्रिया