आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

‘आकाशै को’ गीतमा रोचक र मुनाको रोमान्स

प्रकाशित
219
SHARES

काठमाडौं । गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वर रहेको ‘आकाशै को’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । आनन्द राईको संगीत रहेको गीतमा डा.राजुबाबु श्रेष्ठको शब्द र गोपाल रसाईलीको संगीत संयोजन छ ।

भिडियोमा रोचक जोशी र मुना गौचनको अभिनय देख्न सकिन्छ । दिपेश सापकोटाको निर्देशन रहेको भिडियोमा विशाल प्रजापतिको छायाँकन र उज्वल ढकालको सम्पादन छ । भिडियो होटेल याक एण्ड यति, होटेल साम्बाला, रिगल स्टुडियो, बबरमहल रिभिजिटेड साथै हेलम्बुको मनमोहक स्थानमा छायाँकन गरिएको हो । भिडियोकी मोडल मुना ‘फेस अफ क्लासिक डायमन्ड २०१७’ विजेता पनि हुन् । उनले ‘रंग लगाया तुने’ बोलको हिन्दी गीतको भिडियोमा पनि अभिनय गरेकी थिइन् ।

प्रतिक्रिया