आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना सङ्क्रमणबाट थप ३ जनाकाे मृत्यु

प्रकाशित
215
SHARES

चितवन । बुटवल र चितवनमा गरी थप ३ कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत कोरोना सङ्क्रमणबाट दुई वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा एक चितवनका र अर्का रुपन्देहीका छन् ।

अस्पतालका अनुसार रत्ननगर नगरपालिका–९ का ८८ वर्षीय कोरोना सङ्क्रमित वृद्ध रहेका छन् । उच्च रक्तचाप र मधुमेहको समस्या भएका उनी अस्पतालमा कात्तिक ११ गते भर्ना भएका थिए । उनको स्वाब परीक्षण गर्दा १२ गते कोरोना पुष्टि भएको थियो ।

अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारको क्रममा आज बिहान ६.५४मा उनको मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा किशोर अधिकारीले जानकारी दिए । यस्तै अर्का रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–८ का ८४ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

अस्पतालका अनुसार उनी कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका थिए । ज्वरो, उच्च रक्तचाप र श्वासप्रश्वासको समस्या भएका उनको बिहीबार राति ११.४७ बजे मृत्यु भएको डा अधिकारीले जानकारी दिए । उनको स्वास्थ्यमा जटिल समस्या भएपछि कोभिड सघन उपचार कक्षमा राखेर उपचार हुँदै आएको थियो ।

यस्तै रुपन्देहीमा थप १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार गत कात्तिक १ गते संक्रमण पुष्टि भएर कोरोना विशेष अस्पताल भर्ना भएका बुटवल उपमहानगरपालिका–८ का ५५ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

ती पुरुष स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल पुगेका थिए । पिसिआर परीक्षणमा कोरोना भाइरस पुष्टि भएपछि उनलाई कोरोना विशेष अस्पताल पठाइएको थियो । उपचारको सबै विधि अपनाउँदा पनि बचाउन नसकिएको प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । उनीमा उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ । रुपन्देहीमा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

प्रतिक्रिया