आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विश्वभर ४ करोड ५३ लाखभन्दा बढीमा कोरोना संक्रमण

प्रकाशित
340
SHARES

काठमाडौँ । कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा विश्वभर ४ करोड ५३ लाखभन्दा बढीमा संक्रमण भएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ४५ हजार ९०३ जनामा संक्रमण भएको छ । योसँगै संक्रमितको संख्या ४ करोड ५३ लाख २१ हजार ६५९ पुगेको छ । संक्रमितमध्ये ८२ हजार २३६ जनाको अवस्था गम्भीर छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७ हजार १७२ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख ८६ हजार २४३ पुगेको छ । यस्तै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ११ लाख ४२ नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६६ हजारभन्दा धेरै निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड २९ लाख नाघेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ९२ लाख १२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ८० लाख ८८ नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५४ लाख ९६ हजार पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६० हजार ६६ जनाको मृत्यु भएको छ । ९४ लाख ८ हजार ६४८ जना संक्रमित भएकोमा ३६ लाख ६४ हजार १४६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै भारतमा कोरोना संक्रमितको संख्या ८० लाख ८८ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४९ हजार २८१ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८० लाख ८८ हजार ४६ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७३ लाख ७१ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् । ५ लाख ९५ हजार १७ जनाको उपचार भइरहेको छ ।यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ५६८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख २१ हजार १३१ पुगेको छ ।

प्रतिक्रिया