आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विश्व कीर्तिमान राख्न निधारमा सिङ, जीउमा साढे ४०० प्वाल

प्रकाशित
283
SHARES

काठमाडाैा । शरीरका अंग प्रत्यङ्गका आकार प्रकार तथा स्वरुपमा सबैभन्दा धेरै परिवर्तन गरेर जर्मनीका एक व्यक्तिले विश्व कीर्तिमान कायम गरेका छन् ।रोल्फ बुखोल्च नामका ती व्यक्तिले जीउमा ५१६ पटक बडी मोडिफिकेसन गरेर गिनिज बुकमा नाम लेखाएका हुन् । उनले अहिले जीउमा टाटु खोपाउनेदेखि सुई रोपाउने तथा सिङ निकाल्नेदेखि प्वाल पार्नेसम्मका सबै काम गर्न भ्याएका छन्

आफ्नो जीउमाथि यतिधेरै प्रयोग गरिसकेपछि पनि उनलाई चित्त बुझेको छैन, तर जीउलाई परिवर्तन गराउने कार्य अझै जारी रहने उनले बताएका छन् ।

बुखोल्च भन्छन्, ‘शरीर परिवर्तनको कार्यले केवल मेरो बाहिरी आवरण मात्रै फेरिएको छ, यसले मलाई बदलेको छैन, म त उही मान्छे नै हुँ बुखोल्चका शरीरमा ४५३ वटा प्वाल पारिएको छ, त्यस्तै शरीरका सबैजसो ठाउँमा टाटु छन् भने जीउमा टुटुल्को उठाउनका लागि छालामुनि प्रत्यारोपण समेत गरिएको छ ।

यस अघि सन् २०१० मै उनले जीउमा सबैभन्दा धेरै प्वाल छेड्ने मानिसको रुपमा गिनिज बुकमा नाम लेखाइसकेका थिए । सन् २०१४ मा दुबई विमानस्थलमा ओर्लिएर होटलतर्फ जाने क्रममा उनको अनौठो मुखाकृति तथा जीउकै कारण फर्काइएपछि उनी चर्चामा आएका थिए, पहिलो पटक ।

त्यस्तै उनले निधारमा प्रत्यारोपण गरेर दुईवटा सिङजस्ता आकृति निकालेका छन्, आँखीभौँ तथा मुखको वरिपरि कैयौँ रिङ तथा सुइहरु खोपिएको डरलाग्दो स्वरुप छ उनको ।

प्रतिक्रिया