आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अनेरास्ववियू संयोजक ऎन महर बझाङबाट लखेटिए

प्रकाशित
200
SHARES

काठमाडाैँ । बझाङ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) का संयोजक ऎन महर बझाङबाट लखेटिएका छन् । बिहिबार उनलाई अनेरास्ववियूकै कार्यकर्ताहरुले कालो झण्डा देखाएर लखेटेका हुन ।

जिल्लाको बुङ्गल नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा संयोजक महरलाई सुरूमै अनेरास्ववियूका जिल्ला कमिटीका नेताहरूले कालो झण्डा देखाएका थिए । त्यसपछि कार्यक्रममा विद्यार्थी नेताहरूले ‘अनेरास्ववियू जिन्दावाद’, गुट भेला मुर्दावाद भन्दै नाराबाजीसमेत गरे ।

महर त्यहाँबाट टसको मस नभएपछि कार्यकर्ताहरुले ढुङ्गामुडा गरेर लखेटेकाे अनेरास्ववियू बझाङका एक नेताले संचारकेन्द्रलाई टेलिफोन गरि बताए । कालो झण्डा देखाउने अनेरास्ववियूका जिल्ला कमिटी सदस्य गणेश कुँवर र पूर्वजिल्ला कमिटी सहसचिव रामचन्द्र जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै वडा नम्बर ५ का वडा कमिटी अध्यक्ष, नगर कमिटी सदस्य नमेश कुवर, त्रिवेणी बहुमुखी क्याम्पसका स्ववियु सभापति जयबहादुर कुँवर र सचिव मिलन ताम्राकार भने बेपत्ता भएका जिल्ला कमिटी सदस्य गणेश कुँवरले जानकारी दिए।

बझाङमा अनेरास्ववियू संगठन विस्तार गर्दा संयोजक महरले एकता विधानविपरीत कार्य गरेको भन्दै अनेरास्ववियूका नेता कार्यकर्ताहरुले व्यापक असन्तुष्टि जनाउँदै आएका थिए। संगठनमा लामो समय काम गरेका, सिनियर विद्यार्थी नेतालाई लत्याएर आफन्त नातागोतालाई संगठनको जिम्मेवारी दिइएपछि असन्तुष्टि जनाउँदै संयोजक महरलाई लखेटेका हुन्।

भाग्ने क्रममा महर घाइते समेत भएको बताइएको छ, अहिले महर बझाङकै एक हाेटलमा बसेकाे ती जिल्ला नेताले बताए । यसअघि पनि आफ्ना आसेपासेलाई बोकेर सरकारी गाडीमा महर बझाङ पुगेपछि कार्यकर्ताहरुले चरम असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया