आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना संक्रमणबाट पत्रकार गोपाल सिवाको निधन

प्रकाशित
320
SHARES

काठमाडौं । कोरोना संक्रमणका कारण पत्रकार गोपाल सिवाको निधन भएको छ । काठमाडौँको पेस्पिकोला निवासी सिवा लामो समय बैदेशिक रोजगारको शिलशिलामा कतार बसेर आएका थिए । प्रवासमा बसेर पत्रकारिता गरिरहेका सिवा हाम्रो संचार डट्कममा ४ बर्ष प्रधान सम्पादक रहेका थिए ।

सिवाको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनको कार्तिक १० गते टिकाको दिन बेलुका ११ बजे निधन भएको हो। सिवा आफैले केहि दिन अघि आफु र आफ्नी घर्म पत्नीलाई कोरोना संक्रमण पुष्टि भएको स्टाटस फेसबुकमा लेखेका थिए ।

पत्रकार सिवाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए- “नमस्कार, हिजो गरिएको पिसिआर जाँचको आधारमा हामी दुई श्रीमान श्रीमतीमा कोभिड-१९ पोजिटिभ भएको रिपोर्ट आएको छ । यो बिचमा मसँग सम्पर्कमा आउनुभएका सबैले आफ्नो स्वास्थ्यको ख्याल राख्नुहुन अनुरोध गर्दछु । सुरक्षित रहनुहोला सबैजना, धन्यवाद”

यसरी कोरोनाबाट बच्न अरुलाई समेत सचेत गराइरहेका सिवा स्वयमको भने कोरोनाको संक्रमणबाट निधन भएको छ । सिवा पत्रकारिताका अलावा उत्पीडित समुदायमाथिको विभेद बिरुद्धको अभियानमा संलग्न सामाजिक अभियान्ता समेत थिए ।

यस्तै पछिल्लो पटक थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका नवलपुरको गैंडाकोट नगरपालिका–२ का ५४ वर्षीय पुरुषको मंगलबार साँझ मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

कात्तिक ३ गते स्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनमा ४ गते संक्रमण पुष्टि भएको थियो । यस्तै भरतपुर अस्पतालमा उपचाररत गोरखाकी १९ वर्षीया युवतीको पनि कोरोनाले मंगलबार साँझ नै मृत्यु भएको छ ।

बारपाक सुलिकोट गाउँपालिका– १ की युवतीको कार्तिक ५ गते कोभिड– १९ संक्रमण पुष्टी भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई कार्तिक ६ गते आइसीयुमा राखेर उपचार भइरहेको थियो ।

यसैबीच गैंडाकोटका एक कोरोना संक्रमित पुरुषको भरतपुरमा मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत गैंडाकोट नगरपालिका–२ का ५४ वर्षीय एक पुरुषको मृत्यु भएको हो । गैंडाकोट नगरपालिकाका मेयर छत्र पौडेलका अनुसार श्वासप्रश्वासको समस्या भएका ती पुरुषलाई कात्तिक ३ गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

अस्पतालमा गरिएको परीक्षणमा उनलाई कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएको हो । उनको मंगलबार साँझ मृत्यु भएको छ । यी समेत पूर्वी नवलपरासीमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । जिल्लामा बुधबारसम्म १६ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसअघि बुधबार नेपालमा थप १४ जनाकोे कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । थप १४ जनाकाे मृत्युसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ६९४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा २ हजार ७२५ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ९ सय ३२ जना रहेका छन् ।

प्रतिक्रिया