आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालमा आज मात्रै यति धेरै कोरोना संक्रमितकाे मृत्यु, कहाँ कति ?

प्रकाशित
591
SHARES

काठमाडौँ । पछिल्लाे २४ घण्टामा नेपालमा थप १४ जनाकोे कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । थप १४ जनाकाे मृत्युसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ६९४ परीक्षणहरु गरिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा जम्मा २ हजार ७ सय २५ पीसीआर परीक्षण भएका छन् । कम परीक्षणभएसँगै संक्रमितकाे संख्या कम भएकाे हाे । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार मंगलबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार १ सय ६८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ जना पुगेको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ६९४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा २ हजार ७२५ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ९३२ जना रहेका छन् ।

कोरोना भाइरस नेपालः विज्ञले किन देखे दशैँपछि ‘चुनौतीपूर्ण’ सरकार र नागरिकलाई यस्तो छ सुझाव

नेपालमा सोमवारसम्म कुल एक लाख ५९ हजार ८३० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म एक लाख १५ हजार ६७५ जना कोरोनाभाइरस भएर निको भएका छन्। निको हुने प्रतिशत ७२ दशमलव ४ प्रतिशत छ।

सोमवार १५ जनाले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक भएसँगै नेपालमा कोभिड-१९ का कारण मृत्यु हुनेको कुल सङ्ख्या ८६२ पुगेको छ। त भदौ २४ देखि प्रत्येक दिन एक हजारभन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्। कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित भएका थिए। स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क हेर्दा पीसीआर परीक्षण बढी गरिएको दिन सङ्क्रमित पनि धेरै फेला पर्ने गरेका छन्।

के भन्छन् सङ्क्रामक रोग विशेषज्ञ?
सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी नेपालमा जाडोयामको आगमन र दशैँको अन्त्यसँगै स्थिति भयावह हुन सक्ने बताउँछन्। उनी भन्छन्, “परीक्षण कम हुने गरेकोले अबका दुई-तीन दिन कम देखिन सक्छ। त्यसपछि दशैँ सकेर आवतजावत बढेसँगै ह्वात्तै बढ्न सक्ने देखिन्छ।”

“आउँदा केही दिनमा दैनिक आठ-दश हजारसम्म पनि सङ्क्रमित देखिन सक्छन्,” उनले थपे। नेपालमा पहिलो लहर नै नियन्त्रणमा आइनसकेको भन्दै उनी यही लहर नै घातक हुन सक्ने बताउँछन्। आउँदा दिनमा राज्य र नागरिक दुवै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने डा. सुवेदीको सुझाव छ।

उनी भन्छन्, “आमनागरिकले सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने लगायत जनस्वास्थ्यका मापदण्डको पालना गर्नुपर्छ भने सरकारले परीक्षण र कन्ट्याक्ट ट्रेसिङ्ग बढाउनुपर्ने हुन्छ।”

यता विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसविरुद्धको लडाइँमा हार नखान सरकारहरूलाई अपिल गरेको छ। सङ्क्रमण बढिरहेको भए पनि यसविरुद्ध कडा कदमहरू चालेमा महामारी नियन्त्रण गर्न सकिने उसको दृढता छ।

तर भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने कडा प्रतिबन्धका नियमहरू पालना गर्न सरकारहरू तयार हुनुपर्ने भन्दै सङ्गठनले सचेत गराएको हो। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसविरुद्धको लडाइँ देशहरूले छोड्न नसक्ने र छोड्न नहुने बताए।

डब्ल्यूएचओले अहिलेकै अवस्थामा यदि सबैले सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने, घरबाटै काम गर्नेजस्ता जिम्मेवारी निर्वाह गरेमा पूर्णरूपमा लकडाउन नगर्न पनि सकिने जनाएको छ । यसअघि पनि डब्ल्यूएचओले उत्तरी गोलार्द्धका मुलुकहरू ‘कठिन अवस्थामा’ रहेको भन्दै चेतावनी दिएको थियो।

महानिर्देशक गेहब्रेयससले आउँदा केही महिना असाध्यै कठिन रहेको र केही मुलुकहरू खतरनाक बाटोमा रहेको बताएका थिए। उनको पछिल्लो भनाइ स्पष्ट रुपमा ट्रम्प प्रशासनका चिफ अफ स्टाफको पछिल्लो अभिव्यक्तितर्फ लक्षित देखिन्छ।

यसअघि चिफ अफ स्टाफ मार्क मेडोजले ट्रम्प प्रशासन कोरोनाभाइरसको विश्वव्यापी महामारी नियन्त्रण गर्न नभइ खोप विकास गर्न प्रयासरत रहेको बताएका थिए। अमेरिकाले ‘महामारी नियन्त्रण गर्ने नभइ’ खोप बनाउने र चिकित्सकीय विधि जस्ता कुरामा जोड दिएर त्यसलाई मत्थर पार्दै पराजित गर्न सकिने उनको विश्वास थियो।

राष्ट्रपतीय निर्वाचनका लागि करिब एक सातामात्रै बाँकी रहेको र अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला उनको यस्तो टिप्पणी आएको हो। निर्वाचनका लागि डेमोक्र्याटतर्फका प्रतिस्पर्धी जो बाइडनले ह्वाइट हाउसले त्यस्तो प्रतिक्रिया जनाएर भाइरसविरुद्धको लडाइँमा हार स्वीकार गरेको बताएका छन्।

चिफ अफ स्टाफ मेडोजको टिप्पणीले ट्रम्प प्रशासनले ‘अमेरिकी जनताको संरक्षण गर्ने मूल कर्तब्यबाट हात उठाएको’ जनाएको उनको आरोप छ। सीएनएनसँगको अन्तर्वार्तामा मेडोजले कोरोनाभाइरस ‘अन्य फ्लू जस्तै सङ्क्रामक भाइरस’ भएकोले यसको नियन्त्रण यथार्थपरक उद्देश्य नभएको बताएका छन्।

विश्वव्यापी महामारी सुरु भएयता करिब २,२५,००० अमेरिकीहरूको ज्यान गइसकेको छ। कुनै पनि देशमा कोरोनाभाइरसका कारण मृत्यु हुने यो सबैभन्दा धेरै सङ्ख्या हो। जोन्स् हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्ला केही दिनमा दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या ८० हजार नाघेको छ। यसअघि जुलाई १६ मा त्यहाँ एकैदिन सर्वाधिक सङ्ख्या ७७,३६२ थियो। बीबीसी

प्रतिक्रिया