आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राष्ट्रपतिलाई नै कोरोना संक्रमण भएको खुलासा, सचिवालयले दियो यस्तो जानकारी

प्रकाशित
2K
SHARES

वार्सा । पोल्यान्डका राष्ट्रपति आन्द्रे डुडालाई कोरोना भाइरसको संक्रमण भएको छ । पोल्यान्डको राष्ट्रपति कार्यालयसम्बन्धी मन्त्री ब्लाजेज पिचाल्सकीले शनिबार राष्ट्रपति डुडालाई कोरोना देखिएको जानकारी दिएका हुन् ।

‘राष्ट्रपतिलाई हिजो गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको छ । राष्ट्रपतिको स्वास्थ्य अवस्था राम्रो छ ।,’ मन्त्री पिचाल्सकीले ट्विटरमा लेखेका छन् । पोल्यान्डमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेकै बेला राष्ट्रपति डुडामा पनि संक्रमण देखिएको हो ।

कोरोना भाइरसः के हो कोभिड-१९? यसका लक्षण के हुन्? यसबाट मृत्यु हुने सम्भावना कति छ? कसरी सुरक्षित हुने?

कोरोनाभाइरस महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात् धेरै परिवर्तन ल्याइदिएको छ। अहिले विश्वभरि कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड-१९ को त्रास छ। विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन्।

उक्त भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएको उपायस्वरूप अधिकांश मानिसहरू घरभित्रै सीमित छन्। कोरोनाभाइरस के हो, त्यसबाट कसरी सङ्क्रमण हुन्छ, कसलाई सङ्क्रमणको बढी जोखिम छ, कोभिड-१९ लागेपछि मृत्युको सम्भावना कति छ तथा उक्त भाइरसबाट कसरी जोगिन सकिन्छ भन्ने जिज्ञासा धेरै जनामा छ। हामी यहाँ यिनै प्रश्नको उत्तर खोज्दैछौँ।

कोरोनाभाइरस के हो?
आनुवंशिक संरचनामा आरएनए (RNA) भएका भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोनाभाइरस (Coronavirus) नामकरण गरेका थिए। भाइरसको बाह्य रूप किरीट अर्थात् श्रीपेचजस्तै भएकाले अङ्ग्रेजीमा उक्त नाम दिइएको थियो। त्यसलाई नेपालीमा ‘किरीटाकार विषाणु’ वा ‘किरीट विषाणु’ पनि भन्न सकिन्छ। तर कोरोनाभाइरस नै प्रचलित र सजिलै बुझिने नाम हो।

सन् २०१९ को डिसेम्बरमा चीनमा मानिसमा सङ्क्रमण गर्न थालेको भाइरस सो समूहमा राख्न मिल्ने नयाँ भाइरस भएको पत्ता लाग्यो। चीनको वुहाननजिकै पशुपक्षी व्यापार हुने एउटा बजारमा पहिलो पटक यसको सङ्क्रमण देखिएको उक्त भाइरस केही महिनामै विश्वभरि फैलियो। उक्त भाइरसको वैज्ञानिक नाम सार्स-कोभ-२ (Sars-CoV-2) हो। सङ्क्रमणबाट हुने रोगलाई कोभिड-१९ (Covid-19) भनिन्छ।

कोरोनाभाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्छ। सङ्क्रमित व्यक्तिको संसर्गमा आउने अरू मानिसलाई उक्त भाइरस सर्न सक्छ। सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखबाट निस्किएका ससाना छिटामा कोरोनाभाइरस हुन्छन्। उनीहरूको नजिकमा बस्ने मानिसको शरीरमा भाइरस छिर्न सक्छ।

सङ्क्रमित व्यक्तिले सरसामान वा सतह छोएर हात नधोई आफ्नो अनुहार छुँदा कोरोनाभाइरस शरीरमा छिर्न सक्छ। भाइरसले पहिला घाँटी, सासनली र फोक्सोका कोषलाई आक्रमण गर्छ। बिस्तारै ती अङ्गलाई कोरोनाभाइरसहरूले आफ्नो नियन्त्रणमा लिएर आफ्नो सङ्ख्या वृद्धि गर्न थाल्छन् र गम्भीर असर पुर्‍याउन सक्छन्।

ज्वरो आउनु र सुक्खा खोकी लाग्नु कोरोनाभाइरस सङ्क्रमण भएपछि लाग्ने रोग कोभिड-१९ का मुख्य लक्षण हुन्। केही बिरामीमा घाँटी दुख्ने, टाउको दुख्ने र पखाला लाग्ने गरेको पनि पाइएको छ। केही बिरामीमा घ्राणशक्ति अर्थात् सुँघ्ने क्षमता पनि शिथिल भएको पाइएको छ।

केही मानिसहरूलाई सङ्क्रमण भए पनि कुनै गम्भीर लक्षण देखिँदैन। तर उनीहरूले थाहै नपाई अरूलाई भाइरस सारिदिन सक्छन्। यी लक्षण देखियो भने घरमै अरूबाट अलग्ग बस्न विश्व स्वास्थ्य सङ्गठनले सुझाव दिएको छ। झन्डै ८० प्रतिशत मानिसमा सामान्य खालको सङ्क्रमण हुन्छ।

तर ज्वरो आएको छ, खोकी लागेको छ र सास फेर्न गाह्रो भएको छ भने चिकित्सकसँग परामर्श गर्नुपर्छ। किनभने ती लक्षणले श्वासप्रश्वास प्रणालीमा भएको सङ्क्रमण वा अन्य गम्भीर समस्यातिर सङ्केत गर्छन्। कोरोना भाइरसको संक्रमण तीब्र गतिमा विश्वभर फैलिरहेको छ । यसबाट विश्वका १६७ मुलुक र भूभागहरु प्रभावित भइसकेका छन् ।

कोरोना भाइरसबाट हालसम्म विश्वमा १ लाख ९८ हजार १ सय ९३ जना संक्रमित भइसकेका छन् भने हालसम्म ७ हजार ९ सय ५४ जनाको मृत्यु भइसकेको जन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । ८२ हजार ७ सय ८१ जना कोरोना संक्रमण निको भएर घर फर्किसकेका छन् ।

कोरोना भाइरस मानव वस्ती नै नभएको अन्टार्टिका महादेशबाहेक सबै महादेशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले युरोपलाई कोरोना भाइरसको केन्द्रविन्दू मानेको छ । कोरोनाबाट हालसम्म सबैभन्दा धेरै चीनमा असर परेको छ । यद्यपि चीनमा भने यसबाट निको हुनेहरुको संख्या बढ्दै गइरहेको छ भने संक्रमितहरु पनि दिन प्रतिदिन घट्दै गइरहेका छन् ।

चीनमा हालसम्म ८१ हजार १ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा ३ हजार २ सय ४१ जनाको ज्यान गइसकेको छ । यद्यपि पछिल्लो २४ घण्टामा चीनमा केबल १ जना मात्र नयाँ संक्रमित देखिएका छन् । अर्कोतर्फ युरापेली मुलुकमा भने दैनिक संक्रमित एवं मृतकको संख्या बढ्दै गइरहेको छ ।

यसबाट चीनबाहिर सबैभन्दा धेरै इटाली प्रभावित छ । केही मुलुकहरु छन्, जहाँ कोरोना भाइरस पुगेको छैन वा त्यहाँ कसैमा पनि कोरोना भाइरसको संक्रमण पुगेको पुष्टि भएको छैन । कोरोना भाइरस नपुगेका मुलुकको संख्या ५० छ ।

इटालीमा ३१ हजार ५ सय ६ जना संक्रमित छन् भने २ हजार ५ सय ३ जनाको मृत्यु भइसकेको छ । इटालीपछि इरानमा कोरोना भाइरसको सबैभन्दा नराम्रो असर परेको छ । त्यहाँ १६ हजार १६९ जना संक्रमित छन् भने ९ सय ८८ जनाको ज्यान गएको छ ।

कोरोना भाइरसको सन्दर्भमा नेपालमात्रै त्यस्तो मुलुक हो, जहाँ एकजनामा कोरोना भाइरस देखिएर निको भएका छन् । नेपाललाई हरियो श्रेणिमा राखिएको छ । यो श्रेणिमा कसैमा कोरोना भाइरसको संक्रमण त भेटिन्छन्, तर उनले अरु कसैलाई संक्रमित नपारी निको हुन्छन् । चीनबाट आएका एक जना नेपालीमा । उनी पछि निको भए ।

कोरोना भाइरस नपुगेका मुलुकको संख्या ५०

त्यस्ता केही मुलुकहरु छन्, जहाँ कोरोना भाइरस पुगेको छैन वा त्यहाँ कसैमा पनि कोरोना भाइरसको संक्रमण पुगेको पुष्टि भएको छैन । कोरोना भाइरस नपुगेका मुलुकको संख्या ५० छ । कोरोना भाइरसको उद्गम एसियाका अधिकांश मुलुकमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । यद्यपि त्यस्ता केही मुलुक छन्, जहाँ अहिलेसम्म कोरोना देखिएको छैन ।

एसियामा पर्ने त्यस्ता भाग्यमानी मुलुकहरु चाहीँ उत्तर कोरिया, यमन, तुर्कमेनिस्तान, सिरिया, पूर्वी टिमोर, लाओस, ताजिकिस्तान, म्यानमार हुन् । युद्धग्रस्त सिरिया र यमन अनी अधिनायकवादी तानाशाही शासन व्यवस्था रहेका तुर्कमेनिस्तान र ताजिकिस्तान कोरोना भाइरस देखिएको छैन ।

अत्यन्त गोप्य समाज मानिने म्यान्मार त्यस्तै, कम्युनिष्ट मुलुकहरु लाओस र उत्तर कोरियामा कोरोना भाइरसको संक्रमित पुष्टि भएपनि बाहिर नआएको हुनसक्ने आशंका गर्ने धेरै ठाउँहरु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु बताउँछन् ।

यता अफ्रिकामा भने धेरै मुलुकहरु अझै पनि कोरोना भाइरसबाट जोगिएका छन् । अफ्रिकी महादेशमा ५८ वटा मुलुकहरु छन् । यीमध्ये २१ मुलुकमा कोरोना भाइरसको संक्रमण देखिएको छैन ।

बोत्सवाना, बुरुण्डी, केप भर्दे, चाड, कोमोरोस, जिबौटी, इरेट्रिया, गिनी बिसाउ, लेसोथो, लिबिया, मदागस्कर, मलावी, माली, मौरिसस, मोजाम्बिक, साओ टोमे एण्ड प्रिन्सिपे, सिएरा लियोन, निजेर, जाम्बिया, युगान्डा र जिम्बाब्वेमा अझै कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छैन ।

यद्यपि अफ्रिकी महादेशमा कोरोना भाइरसले ठूलो महामारीको रुप लिएको खण्डमा त्यहाँ ठूलो मानवीय क्षति हुने बताइन्छ । कमजोर स्वास्थय सेवा, चरम गरिबी र चिकित्सकहरुको चरम अभाव रहेका कारण अफ्रिकी महादेशमा कोरोना भाइरसबाट अकल्पनीय क्षति निम्तिने चिन्ताहरु उत्पन्न हुने गरेका छन् ।

कोरोना भाइरसले यतिबेला सबैभन्दा धेरै प्रभाव युरोपमा पारेको छ । केही दिनअिघमात्रै विश्व स्वास्थ्य संगठनले युरोपलाई कोरोना भाइरसको केन्द्र विन्दु घोषणा गरेको थियो । युरोपमा ४४ मुलुकहरु रहेकोमा हालसम्म सबै मुलुकहरुमा कोरोना भाइरसका संक्रमित पुष्टि भइसकेका छन् ।

युरोपका इटाली, स्पेन, जर्मनी, फ्रान्स लगातका मुलुकमा कोरोना भाइरसका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । मानिसहरुलाई घरमै बस्न भनिएका कारण बजार, पसल, बाटो सुनसान छ । युरोपेली युनियनले पनि भाइरसको संक्रमण रोक्नका लागि मानिसहरुको आवागमनमा कडाई गरेको छ ।

अष्ट्रेलिया र दक्षिण प्रशान्त क्षेत्रका केही टापु मुलुकहरु अझै कोरोना भाइरसको प्रभावबाट बच्न सफल भएका छन् । अष्ट्रेलियामा हालसम्म ५६५ जनामा संक्रमण पुष्टि भएर ६ जनाको ज्यान गएको भएपनि छिमेकी स–साना टापु मुलुकहरु भने कोरोनाको प्रभावबाट जोगिएका छन् ।

प्रशान्त क्षेत्रका मुलुकहरु फिजी, किरिबाटी, मार्शल टापु, संघीकृत राज्य माइक्रोनेशिया, नउरु, पलाउ, पपुवा न्यूगिनी, सामोआ, अमेरिकन सामोआ, न्यू कलेडोनिया, सोलोमोन टापु, टोङ्गा, टुभालू र भानुआतुमा अझै पनि कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छैन ।

अर्कोतर्फ, कोरोना भाइरसले उत्तर अमेरिकामा पनि ठूलो आतंक मच्चाएको छ । विश्व अर्थतन्त्रको केन्द्र मानिने अमेरिकामा कोरोना भाइरसका कारण आर्थिक संकट निम्तिनसक्ने चिन्ता पनि उत्तिकै ठूलो छ ।

कोरोना भाइरसकै कारण केही दिनयता न्यूयोर्कको शेयर बजार ओरालो लागिरहेको छ । कोरोना भाइरसलाई नियन्त्रण एवं रोकथाम गर्नका लागि अमेरिकाले राष्ट्रिय संकट घोषणा गरिसकेको छ भने क्यानाडाका पनि केही प्रान्तहरुले संकटका घोषणा गरेका छन् ।

तर, उत्तर अमेरिकामा पनि केही मुलुकहरु छन्, जो अझै पनि कोरोना भाइरसबाट जोगिएका छन् । ती मुलुकहरुमा निकारागुवा, हैटी, ग्रेनाडा, डोमिनिका, एल साल्भाडोर, बर्मुडा र बेलिज पर्छन् । केबल १२ देश मिलेर बनेको दक्षिण अमेरिकामा भने सबै मुलुकमा कोरोना भाइरस देखिसकेको छ ।

मानव वस्ती भएका सबै महादेशमा कोरोना भाइरसको प्रकोप पुगिसकेको छ । पर्याप्त सावधानी एवं रोकथामका उपाय अनपनाउँदा यो भाइरस अझ फैलिँदै जाने भन्दै सावधानी अपनाउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ ।

यसको नियन्त्रणका लागि विभिन्न मुलुकहरुले विदेशीलाई प्रवेश गर्न नदिने, अन अराइभल भिसा रोकिदिने अनी सीमा क्षेत्रमा मानिसको आवतजावतमा कडाइ गर्ने गरिरहेका छन् । तर, यति रोकथामका उपाय अपनाउँदा अपनाउँदै पनि हरेक दिन नयाँ नयाँ मुलुकहरुमा कोरोना भाइरस फैलिरहेको छ ।

यी मुलुकमा देखिएको छैन कोरोना (सूची)

एसियाका उत्तर कोरिया, यमन, तुर्कमेनिस्तान, सिरिया, पूर्वी टिमोर, लाओस, ताजिकिस्तान, म्यानमार त्यस्तै अफ्रिकाकाे बोत्सवाना, बुरुण्डी, केप भर्दे, चाड, कोमोरोस, जिबौटी, इरेट्रिया, गिनी बिसाउ, लेसोथो, लिबिया, मदागस्कर, मलावी, माली, मौरिसस, मोजाम्बिक, साओ टोमे एण्ड प्रिन्सिपे, सिएरा लियोन, निजेर, जाम्बिया, युगान्डा र जिम्बाब्वे रहेका छन् ।

अष्ट्रेलिया र प्रशान्त क्षेत्रका फिजी, किरिबाटी, मार्शल टापु, संघीकृत राज्य माइक्रोनेशिया, नउरु, पलाउ, पपुवा न्यूगिनी, सामोआ, अमेरिकन सामोआ, न्यू कलेडोनिया, सोलोमोन टापु, टोङ्गा, टुभालू र भानुआतु रहेका छन् । उत्तर अमेररिकाका निकारागुवा, हैटी, ग्रेनाडा, डोमिनिका, एल साल्भाडोर, बर्मुडा र बेलिज रहेका छन् ।

प्रतिक्रिया