आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आज मध्यरातिदेखि देशभर लागू हुदैछ यस्तो नयाँ नियम, सबैले थाहा पाउनुपर्ने

प्रकाशित
1.2K
SHARES

काठमाडौं । शुक्रबार मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गर्दै ८ कात्तिकदेखि विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) हुनैपर्ने बताएको छ । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानललाई कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्छ ।

भारतीय ब्राडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरेपनि सरकारले अस्वीकार गरेको छ । क्लिनफिडसहित च्यानल प्रसारण नभएमा कानून बमोजिम हुने मन्त्रालयले बताएको छ ।

कात्तिक ८ देखि विज्ञापन बजाएमा विदेशी च्यानल च्यानल बन्द गर्ने कानुनी व्यवस्था छ । २०७५ कात्तिक ८ गते राजपत्रमा प्रकाशित ऐनले क्लिन फिडमा जान सेवा प्रदायकहरूलाई एक वर्ष समय दिएको थियो ।

ऐनमा भनिएको छ, ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिङ्क गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरूले यस ऐन प्रारम्भ भएको एक वर्षभत्र विज्ञापनरहित प्रसारण गर्नुपर्नेछ ।’

कुन-कुन च्यानल बन्द हुन्छन् ?

नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीका अनुसार भोलि मध्यरातबाट ३२ वटा मात्रै विदेशी च्यानल प्रशारण हुने अवस्था छ । प्याकेजमा किनिने र सित्तैमा बजाउन पाइने गरी करिब १८० भन्दा बढी च्यानलको प्रसारण तत्कालका लागि बन्द हुने उनले बताए । टेलिभिजन प्रसारकले प्याकेजमा किन्ने गरेको ९२ च्यानलमध्ये ६० वटा च्यानललले तत्कालै क्लिन फिड कन्टेन्ट दिन नसिकने बताएका छन् ।

कतिपयले तयारी गरेपनि पुरा गर्न सकेका छैनन् । अध्यक्ष पराजुलीका अनुसार ‘जी’को १२ वटा र सोनीको ८ वटा च्यानल क्लिन फिडसहित भोलिको मध्यरातबाटै प्रसारण हुनेछन् । तर, कार्टुनका च्यानल, बीबीसी अलजजिरा, स्टार्स र कलर्स प्याकेजका च्यानलहरु तत्कालै नेपालमा प्शारण नहुने भएका छन् ।

२० वटा विदेशी च्यानलले क्लिनफिडको सबै तयारी सकाएको र ‘जी’का १२ वटा च्यानलले भोलिसम्म सबै तयारी सकाउने जानकारी आएको पराजुलीले बताए । ‘अब फुटबल र क्रिकेटका च्यानलहरु बन्द हुन्छन्,’ उनले भने,’सम्बद्ध च्यानलले क्लिन फिड गर्न समय माग्दा सरकारले दिएन, त्यसैले केही समय ३२ वटा विदेशी च्यानलमा ग्राहकले चित्त बुझाउनुपर्छ ।’

पराजुलीका अनुसार पैसा तिरेर किनिने प्याकज बाहेकका ‘फ्रि टु एयर’मा सित्तैमा उपलब्ध हुने १२० वटा च्यानल पनि भोलि मध्यरातबाटै बन्द हुनेछन् । ‘स्मार्ट र कलर्सका क्लिन फिड गर्ने बक्स सिंगापुरमा आइपुगेर अडि्कएको छ,’ उनले भने,’उनीहरुले कहिलेबाट क्लिन फिड प्रविधि जडानको सकाउँछन् भन्ने पक्का भएको छैन ।’

भारतीय न्युज च्यानलमध्ये अब ‘जी न्युज’ मात्रै बज्ने छ । अन्य न्युज च्यानलले नेपालमा क्लिन फिडसहित प्रसारण गर्न चाहेका छैनन् । न्युज च्यानलका स्क्रिनका विभिन्न भागमा विज्ञापनहरू राखिने र विज्ञापन गर्ने समय पनि यकिन नहुने भएकाले न्युज च्यानलमा क्लिन फिड गर्न असहज छ ।

प्रत्यक्ष प्रसारणका बेलामा विज्ञापन हुने समय निश्चित नहुने भएकाले क्लिन फिडले खेलकुद च्यानलहरूको प्रत्यक्ष प्रसारणमा पनि समस्या पर्नसक्ने देखिएको छ । तर, खेलकुद च्यानललाई व्यवस्थापन गर्ने आश्वासन भारतीय प्रसारकहरूले दिएका छन् । भारतीय प्रसारकले नेपालमै क्लिन फिड गर्ने भएपछि अब विज्ञापन बज्ने समयमा स्क्रिन खाली देखिनेछ । त्यो समयमा नेपालकै विज्ञापन राख्न पाउनुपर्ने माग नेपाली टेलिभिजन सेवा प्रदायकहरूले गरेका छन् ।

तर, संसदको विकास तथा प्रविधि समितिले नेपाली टेलिभिजनलाई प्रवर्द्धन गर्नुपर्ने भन्दै क्लिन फिड गरिएका विदेशी च्यानलमा नेपालको विज्ञापन बजाउन नपाउने प्रबन्ध गर्न निर्देशन दिएको छ ।

क्लिन फिड भए के हुन्छ ?

क्लिन फिडको अर्थ विज्ञापनरहित टेलिभिजन च्यानल हो । अहिलेसम्म विदेशी च्यानलले नेपालको बजारमा निशुल्क विज्ञापन प्रशारण गरिरहेका छन् । क्लिन फिड लागू भएमा उनीहरुले विज्ञापनरहित सामग्री दिनुपर्ने हुन्छ ।

विश्वव्यापी अभ्यास हेर्दा कुनै पनि देशमा विदेशी च्यानलहरु दुई मोडलमा प्रशारण हुन्छन् । ‘पे च्यानल’ का रुपमा वा ‘फ्रि टु एयर’ मा । पे च्यानल हो भने त्यसका लागि ग्राहकले शुल्क तिर्नुपर्छ । तर, च्यानलले विज्ञापन बजाउन पाउँदैन । यसैलाई क्लिन फिड भनिन्छ ।

यदि ‘फ्रि टु एयर’ हो भने त्यसमा विज्ञापन बजाउन पाइन्छ । तर, ग्राहकबाट कुनै पनि शुल्क लिइँदैन । नेपालमा भने भारतीय च्यानलहरुले यी दुवै मोडल अपनाएका छैनन् । उनीहरुले एकातर्फ शुल्क पनि लिएका छन्, अर्कोतिर विज्ञापन हेर्न पनि बाध्य पारिरहेका छन् । सीएनएन, बीबीसी जस्ता अन्तर्राष्ट्रिय च्यानलहरु भने क्लिन फिडमा प्रशारण भइरहेका छन् ।

नेपालको विज्ञापन बजार अहिले अनुमानित ६ अर्बको छ । यसको ठूलो हिस्सा बहुराष्ट्रिय कम्पनीले ओगटेका छन् । तर, यी बहुराष्ट्रिय कम्पनीका विज्ञापन नेपाली सञ्चारमाध्यमले पाउँदैनन् । उनीहरुले भारतीय टेलिभिजनमा बजाउने विज्ञापनले नै नेपाली बजारलाई सम्वोधन गर्छ, किनकि अधिकांश नेपाली दर्शकले नेपालीभन्दा भारतीय टेलिभिजन ज्यादा हेर्छन् । यस हिसाबले नेपालको विज्ञापन बजारलाई सोझो घाटा भइरहेको छ ।

अहिले नेपाल सरकारलाई वार्षिक ७ लाख तिरेर विदेशी च्यानलहरु नेपालमा प्रशारण हुन्छन् । यही शुल्कबाट भारतीय टेलिभिजन सञ्चालकहरुले अर्बाैंको विज्ञापन देखाइरहेका छन् । क्लिन फिड लागू भएको खण्डमा त्यो बन्द हुन्छ र नेपालको बजारमा २ अर्बको विज्ञापन थपिने आँकलन गरिएको छ । यसबाट विज्ञापन एजेन्सी मात्रै नभएर नेपाली सञ्चारमाध्यमहरु पनि लाभान्वित हुनेछन् ।

विज्ञापनको बजार कुण्ठित हुँदा समस्यामा गुज्रिरहेका मिडियाले त्राण पाउन सक्छन् । अर्कोतर्फ नेपाली कलाकार तथा प्राविधिकहरुले काम पाउनेछन् । नेपाली साधन स्रोतको अधिकतम उपयोग हुनेछ । विज्ञापनको पनि स्तरवृद्धि हुनेछ ।

यसैसँग जोडिएको अर्को अत्यावश्यक विषय छ । त्यो हो, नेपाली टेलिभिजन च्यानलहरुमा प्रशारण हुने विज्ञापनमा विदेशी अनुहार । अहिले जेजति बहुराष्ट्रिय कम्पनीका विज्ञापन नेपाली च्यानलमा प्रशारण हुन्छन्, अधिकांशमा भारतीय सेलिब्रेटी (प्राय फिल्मी कलाकार र क्रिकेटर) ले अभिनय गरेका हुन्छन् । ती विज्ञापनहरु नेपालमा बनेका पनि हुँदैनन् । भारतमा भारतीय भाषामै बनेका विज्ञापनलाई नेपालीमा डविङ गरिने मात्र हो । यस्ता विज्ञापन भाषिकरुपमा अशुद्ध पनि हुन्छन् ।

अबको विज्ञापन नीतिले यसलाई सम्वोधन गर्नु अत्यावश्यक छ । नेपाली टेलिभिजन च्यानलमा आउने विज्ञापनमा नेपालमा बनेको हुनुपर्ने र नेपाली जनशक्ति प्रयोग गरिएको हुनुपर्ने दुईवटा प्रावधान थपियो भने त्यसले नेपाली कलाकारिता र विज्ञापन बजारको ठूलै कल्याण हुन्छ । बहुराष्ट्रिय कम्पनीहरुले नेपालमा नै विज्ञापन बनाए भने भारतीय विज्ञापन कम्पनीले लैजाने पैसा नेपाली कम्पनीमा आउँछ । भारतीय सेलिब्रेटीले लिने पारिश्रमिक नेपाली सेलिब्रेटीले पाउँछन् । भलै उनीहरुको भन्दा कम किन नहोस । र, दर्शकले विज्ञापनमा विदेशी कलाकारलाई हेर्नुपर्दैन ।

टेलिभिजनको हकमा मात्र नभएर पत्रपत्रिकाको हकमा पनि यही व्यवस्था लागू गर्न सकिन्छ । अहिले पत्रिकाहरुमा आउने बहुराष्ट्रिय कम्पनीका विज्ञापनहरुमा भारतीय सेलिबे्रटीका ठूला–ठूला टाउका छापिएका हुन्छन् । उनीहरुका ठाउँमा नेपाली अनुहार नै प्रयोग भयो भने त्यसबाट नेपाली कलाकारहरुले काम र पैसा मात्र पाउँदैनन्, उनीहरुको स्टारडम पनि बढ्छ ।

नेपालमा विज्ञापन खेलाउन लायक सेलिबे्रटीहरु छैनन् भन्ने तर्क पनि सुनिन्छ । तर, यो सत्य होइन । नेपाली फिल्मभित्र अनमोल केसी, दयाहाङ राई, विपिन कार्की जस्ता स्टारहरुको लोभलाग्दो लोकप्रियता छ । हरिवंश आचार्यदेखि सिताराम कट्टल धुर्मुसम्सम्मका ठूलो फ्यान फलोइङ भएका हास्यकलाकारहरु छन् ।

पारस खड्का, सन्दिप लामिछाने लगायत युवाहरुको ढुकढुकी बनेका क्रिकेटरहरु छन् । अझ पछिल्लो समय त युट्युव र टिकटकले समेत थुप्रै सेलिबे्रटीहरु जन्माइरहेको छ । टिकटकमा एउटै नेपाली युवतीका ५० लाखसम्म फलोअर्स छन् । अरु कस्ता सेलिबे्रटी चाहियो ?

प्रतिक्रिया