आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक भएको भन्दै भीम रावलले दिए कडा प्रतिक्रिया

प्रकाशित
339
SHARES

काठमाडौं । यता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र चरम विवाद बल्झिरहेका बेला उअता भारतीय गुप्तचर संस्था रअका प्रमुख सामान्त गोयलसँग बुधबार प्रधानमत्री केपी शर्मा ओलीले भेटेको पुष्टि भएपछि नेकपाभित्र विवाद चर्किने देखिएको छ ।

बिहिबार नेकपा नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँगको भेटलाई आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीत भएको बताएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले ओली र गोयलबीच भेट भएको पुष्टि गरेलगत्तै नेता रावलले ट्विटमार्फत यसको विरोध गरेका हुन । ‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ’ उनले लेखेका छन्, ‘कुटनीतिक मर्यादा विपरीत छ ।’

पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले भने सचिवालयमार्फत गोयलसँग भेटघाट नभएको बताइसकेका छन् । यसरी कुनै बिना जानकारी र बिना योजना रअ प्रमुख नेपाल आउनु र पुर्व प्रधानमन्त्रीहरु कसैलाई पनि नभेटी बहालवाला प्रधानमन्त्री ओलीलाई खुसुक्क भेटेर जानुलाई राजनीतिक वृतमा संकास्पद हिसाबले हेरिएको छ ।

प्रतिक्रिया