आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेकपाभित्र विवाद चर्केका बेला ‘रअ’का प्रमुखले प्रधानमन्त्रीलाई भेटेको पुष्टि

प्रकाशित
296
SHARES

काठमाडौं । सत्तारुढ नेकपाभित्र विवाद चर्केका बेला भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखले नेपाल आएर गोप्य भेटघाट गरेर गएको कुराले चर्चा पाएको छ । बुधबार आफ्नै बिमानमा बिशेष सुरक्षाब्यबस्थाका साथ काठमाडौँ झरेका ‘रअ’का प्रमुख सामान्त कुमार गोयलले नेकपाका उच्च स्तरका नेता तथा पुर्व प्रधानमन्त्रीहरुलाई भेटेको कुराले चर्चा पाएको थियो ।

नेकपाभित्र बिबाद जारी रहेका बेला ‘रअ’का प्रमुखले सत्तारुढ दलका नेताहरुलाई भेट्दा राजनीतिक वृतमा केहि नयाँ क्रमभङ्ग हुनसक्ने आकलन गरिएका बेला नेकपा नेता माधब कुमार नेपाल र पुस्पकमल दाहालले भने आफुहरुले ‘रअ’का प्रमुखलाई नभेटेको बताएका थिए । तर यता प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार बक्तव्य नै जारी गरेर रअ प्रमुखसँग भेट भएको स्वीकार गरेका हुन् । ‘उहाँ (रअ प्रमुख) भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो’ थापाको बक्तव्यमा भनिएको छ ।

भेटका क्रममा गोलयले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताएका छन् ।

रअका प्रमुख गोयल नेतृत्वको ९ सदस्यीय टोली बुधबार कूटनीतिक उडानबाट नेपाल आएका थिए । एकातिर पार्टीमा आन्तरिक बिबादले चरम रुप लिएका बेला ‘रअ’का प्रमुखले देशको साशनसत्ता समाली रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर जानुले राजनीतिक वृतमा केहि न केहि परिवर्तन हुनसक्ने आशंका गरिएको छ ।

यता नेकपा कर्णाली प्रदेशमा बढेको विवादले अझै उग्र रुप लिएको छ । बिबावबारे छलफल गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित पार्टीका पदाधिकारीहरु काठमाडौँ आएका थिए । तर विवाद समाधानबारे पार्टी अध्यक्ष केपी सहरमा ओली र पुस्पा कमल दाहालबीच नै सहमति हुन नसकेपछि नेकपा कर्णालीको टोली आफ्नै प्रदेश फर्किएको छ ।

प्रतिक्रिया