आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष बने डाक्टर बाबुराम भट्टराई

प्रकाशित
217
SHARES

काठमाडौँ । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष चयन भएका छन् । जसपाको मंगलबारको केन्द्रीय कार्यकारिणीको बैठकले उनलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय गरेको हो ।

भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय लिएको जसपाका नेता गंगानारायण श्रेष्ठले जानकारी दिए । बैठकले संघीय परिषद्सँगै ८ सय १ सदस्यीय केन्द्रीय समितिसमेत गठन गरेको छ । त्यस्तै समग्र पार्टीको समायोजनका लागि समायोजन कार्यदल पनि गठन गरिएको श्रेष्ठले बताए ।

पार्टीको विधान परिमार्जन गर्ने र विधानमा आधारित नियमावलीसमेत बैठकबाट पारित गरिएको बताइएको छ । जसपाको बैठकले कोभिड- १९ रोकथाम तथा नियन्त्रणमा सरकारले उदासीनता देखाएको भन्दै विरोधसमेत गरेको छ ।

कैलालीबाट निर्वाचित सांसद रेशम चौधरी लामो समयदेखि जेलमा रहेकाले उनको रिहाइ र पार्टीका अन्य नेता कार्यकर्ताहरू समेत विभिन्न झुठा मुद्दामा थुनामा रहेकोले रिहाइको माग गर्दै देशभर कार्यक्रम गर्ने निर्णयसमेत राजपाले गरेको छ ।

उता प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने सहमति भएको छ।

बालुवाटारमा अध्यक्षद्वबीच भएको भेटघाटमा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक शाहलाई मुख्यमन्त्री शाहीले हटाउने निर्णय बदर गर्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । त्यस्तै मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्तावलाई फिर्ता लिने लगायतका निर्णयहरु भएको सल्लाहकार थापाले जानकारी दिए ।

यी हुन् निर्णयहरु : कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने ।, प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त साीता नेपालीकाे निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने । मुख्यमन्त्रीविरूद्द दर्ता भएकाे अविश्वास प्रस्ताव फिर्ता लिने र अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने ।

प्रतिक्रिया