आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकामा कोरोना संक्रमितको संख्या ८२ लाख नाघ्यो

प्रकाशित
92
SHARES
(FILES) In this file photo taken on April 19, 2020 Dr Lars Falk is pictured with protective clothing in a ward with COVID-19 patients at the Extracorporeal Membrane Oxygenation (ECMO) department in the Karolinska hospital in Solna, near Stockholm, Sweden, on April 19, 2020 during the coronavirus COVID-19 pandemic. - From the hospital ward and the distress of patients dying, to the home front full of fear of infecting their own families, medical workers face gut-wrenching daily decisions more than ever in the fight against the coronavirus. (Photo by Jonathan NACKSTRAND / AFP)

काठमाडौँ । अमेरिकामा कोरोना संक्रमितको संख्या ८२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप ७१ हजार ६८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ८२ लाख ८८ हजार २७८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५३ लाख ९५ हजार ४०१ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २६ लाख ६९ हजार २३३ जनामध्ये १५ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख २३ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार शुक्रबार थप ९२८ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख २३ हजार ६४४ पुगेको छ ।

यस्तै विश्वभर ३ करोड ९५ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । यो समाचार तयार पार्दासम्म ३ करोड ९५ लाख ७३ हजार ४३ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ७४ दशमलव ९३३ प्रतिशत निको भएका छन् । अर्थात् २ करोड ९६ लाख ५३ हजार ४३४ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ७७ हजार ५६२ जना संक्रमण मुक्त भएका छन् भने ४ लाख १२ हजार ९१७ संक्रमित थपिएका छन् । यस्तै एकै दिन थप ६ हजार १८५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ९ हजार ७० पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८२ लाख ८८ हजार पुगेको छ । दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७४ लाख ३० हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५२ लाख १ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३७ हजार ५६ जनाको मृत्यु भएको छ । ६७ लाख २४ हजार ३५६ जना संक्रमित भएकोमा ३१ लाख ५१ हजार ८०५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया