आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

‘टिभिएस दसैँको आशा’ स्किममा गणेशले जिते अपाचे आरआर-३१०

प्रकाशित
147
SHARES

काठमाडौं । टिभिएस ‘दसैँको आशा’योजना अन्तर्गत यो साता गणेश प्रसाद गौतमले टिभिएस अपाचे आरआर ३१० मोडलको मोटरसाइकल जितेका छन्। एभिन्यूज टेलिभिजन र टिभिएसको फेसबुकमा प्रत्यक्ष प्रसारणमार्फत् गरिने गोलाप्रथामा उनी विजेता बन्न सफल भएका हुन्।

बम्पर उपहारका रूपमा हरेक हप्ता एक जनाले जित्न सक्ने आरआर ३१० टिभिएसकै सबैभन्दा महँगो मोटरसाइकल हो। हरेक हप्ता हुने लक्की ड्रमा भागलिन चाहने जो कोहीले पनि टिभिएस नेपालको वेबसाइटमा गएर फारम भर्नु पर्ने हुन्छ। मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने बताइएको छ। गोलाप्रथामा विजयी भए मोटरसाइकल नकिन्नेले पनि आरआर ३१० जित्ने अवसर पाउने बताइएको छ।

यसका साथै दसैँको अवसरमा टिभिएसका कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कूटरको खरिदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने अफर ल्याइएको छ। यस्तै ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्नेछन्।

यी दुई मध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको जनाएको छ। जगदम्बा मोटर्सले नेपालमा टिभिएसका मोटरसाइकल तथा स्कुटर उपलब्ध गराउँदै आएको छ। नेपालभर सयभन्दा बढी सेल्स सर्भिस र स्पेर्स डिलरका साथ टिभिएसले सेवा प्रदान गर्दै आएको जनाएको छ।

प्रतिक्रिया