आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

३५ करोडको यो राँगो, जसले दिनभरि यी नित्यकर्म गरेर साँझ पिउछ महँगो रक्सि (भिडियोसहित)

प्रकाशित
177
SHARES

एजेन्सी । भारतमा गाई जस्तै साँढे र राँगोलाई पनि एकदमै ध्यान पुर्वक रेखदेख गरेर पालिन्छ। यस्तै हरियाणाको यो राँगो आफ्नो रुचीका कारण हिजोआज एकदमै चर्चामा छ । समाजिक सञ्जालमा यो राँगोको फोटो र भिडियो भाइरल भइरहेको छ ।

करिव ३५ करोड मूल्य पर्ने यो राँगो हरेक दिन मदिरा पिउँछ । राँगोको यो बानीबाट उनाका मालिकलाई हैरानी वा आपत्ती छैन । यो राँगोको नाम सुल्तान राखिएको छ । राँगो मदिरा पिउँन धेरै नै मन पराउँछ र मदिरा पिउँदा उसले एकदमै धेरै सन्तुष्टी पाउँछ ।

आठ वर्षको यो राँगोको लम्बाई ६ फिट रहेको छ भने यसको वजन एक टन भन्दा पनि बढी रहेको छ । भारतको महगों राँगो मध्येको एक यो राँगोको शुक्राणु बिक्री गरेर यसको मालिकले वार्षिक एक करोड कमाउँछन् ।

उनका मालिकले सुल्तानलाई हरेक दिन बिहान ५ किलोमिटर दौडाएर कसरत गराउने र दिनमा २ पल्ट नुहाइदिने गरेका छन् । सधै मदिरा पिउँने यो राँगोको बारेमा जानकारी पाएर मानिसहरु एकदमै आश्चर्यचकित हुन्छन् ।

भारतमा प्राय सबै किसानहरुले आफ्नो गाइ बस्तु र भैसीलाई निकै मेहनतका साथ नै लालन-पालन गरिरहेका नै हुन्छन् । यो राँगो पनि त्यसै लालन-पालनको एक उदाहरण हो । अहिले भारतमा कतै राँगोले चर्चा कमाउने गरेको भने कतै खसीले चर्चा कमाउने गरेको छ ।

केहि समय अघि कुखुराको भालेले समेत निकै चर्चा कमाएको थियो । भारतमा यी घर पालुवा जनावरका अलावा अन्य जनावरहरु जस्तै सुँगुर, बंगुर, हातीलगायतले समेत बेला बेलामा चर्चा कमाउने गरेका छन् ।

प्रतिक्रिया