आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भोलि आइतबारदेखि लागू हुने भयाे यस्ताे नयां नियम, किन परिचालन हुदैछन ५ हजार सुरक्षाकर्मी ?

प्रकाशित
1.8K
SHARES

काडमाडाैं । सुदूरपश्चिम प्रदेश प्रहरीले दसैं-तिहारलक्षित सुरक्षा रणनीति सार्वजनिक गरेको छ। आइतबारदेखि लागू हुने गरी चाडवाडलक्षित सुरक्षा योजना ल्याइएको प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले बताए।

उनका अनुसार प्रदेश प्रहरीभरि चाडवाडमा पाँच हजार प्रहरी खटाउने योजना ल्याइएको छ। त्यसमा पिकेट, पैदल, साइकल,गाडी मोबाइल, क्युआरटी, सादा पोशाकको ड्युटी, नाका चेकप्वाइन्ट, महत्वपूर्ण सरकारी कार्यालयहरूको सुरक्षा ड्युटी छन्।

यस्तै, मेला पर्व, ट्राफिक प्रहरीसहितको ड्युटी, बैंक तथा वित्तिय संस्थामा ड्युटी, राजमार्ग स्कर्टिङ, जुवा तास, मदिरा तथा लागुऔषध र आइसोलेसन तथा क्वारेन्टाइन ड्युटी हुनेछन्। सिंहका अनुसार सादा पोशाकका प्रहरी परिचालन गरी खबर संकलन तथा शंकास्पद व्यक्तिमाथि निगरानी गरिने छ।

त्यसैगरी, प्रहरी साझेदारी कार्यक्रममार्फत् दसैं-तिहारमा हुने आपराधिक घटना, दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ। कोभिड-१९ को बढ्दो संक्रमणलाई मध्यनजर गरी धार्मिकस्थलहरूमा अत्यावश्यक पूजाबाहेक अनावश्यक भीडभाड नियन्त्रण गरिने छ।

यस्तै, सीमा नाका, बसपार्क तथा मानिसहरूको भीडभाड हुने स्थानमा सहजीकरणका लागि हेल्प डेस्क सञ्चालन गरिने छ। रातको समयमा हिँडडुल गर्ने शंकास्पद व्यक्ति, सवारीसाधनलाई आकस्मिक चेकजाँचको व्यवस्था मिलाइने छ।

‘यात्रुहरूमाथि हुने दुर्व्यवहार, चोरी, लुटपाट, पाकेटमार, ठगी रोक्नका लागि ट्राफिक प्रहरीसमेतको यात्रु सहायता कक्ष स्थापना गरिने छ,’ सिंहले भने, ‘जुवा-तास खेल्ने खेलाउने ठाउँमा निगरानी र गस्ती बढाइने छ।’ शंकास्पद ठाउँमा सरप्राइज चेकजाँच, विशेष सुरक्षाका लागि कुकुरसहितको टोली, कालोबजारी नियन्त्रण गर्नेलगायत योजना रहेका छन्।

प्रदेश प्रहरीले सुरक्षा चुनौतीको रुपमा यात्रुको सुरक्षा, लुटपाट, ठगी, अपहरण, हत्या, बैंक तथा वित्तीय संस्थामा हुने कारोबार, कालोबजारी, जुवा-तास, कुटपिट तथा झै-झगडा, बलात्कार, डकैती, गुन्डागर्दीलाई लिएको छ। ‘यस्ता ठाउँमा विशेष सुरक्षा व्यवस्था मिलाइने छ,’ सिंहले भने, ‘प्रहरीको दुरुस्त र योजनावद्ध परिचालन, अनुगमन गरी शान्ति सुरक्षाको अनुभूति दिलाउने हाम्रो लक्ष्य छ।’

सुदूरपश्चिम प्रदेश प्रहरी मातहत ९ वटा जिल्ला प्रहरी कार्यालय छन्। यस्तै, ९ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रदेश ट्राफिक कार्यालय कैलाली, प्रहरी दंगा नियन्त्रण गण महेन्द्रनगर, सशस्त्र प्रहरी गण धनगढी र सशस्त्र प्रहरी १ नम्बर गुल्म दीपायल छन्।

प्रहरी प्रधान कार्यालयले दियाे यस्ताे निर्देशन

प्रहरी प्रधान कार्यालयले कोभिड–१९ लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिएको निर्देशनअनुसार अहिले ७७ जिल्लाका प्रहरी कार्यालय विशेष सुरक्षा योजना निर्माणमा जुटेका छन् । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार कतिपय जिल्लाले सुरक्षा योजना तयार पारिसकेको र कतिपय जिल्लाले अन्तिम तयारीमा जुटेको जानकारी दिए । केही दिन भित्रैमा औपचारिक रुपमा चाडबाड केन्द्रित सुरक्षा योजना लागु हुने उनले जानकारी दिए ।

“प्रहरीको सुरक्षा योजना सधैँ नै हुन्छ, तर चाडबाडका बेला अझै गस्ती बढाउने, सुरक्षा चौकी थप्ने र नाकामा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहन्छ”, उनले भने, “यसपालि कोभिड–१९ को सङ्क्रमणसमेत रहेकाले त्यसलाई ख्याल गरेर सुरक्षा रणनीति बनाउनुपर्ने छ, मातहतका प्रहरी कार्यालय त्यसैमा जुटिरहेको छ ।”

केही अघि प्रहरी महानिरीक्षक क्षेत्रीबाट प्रदेश प्रमुख तथा महानगरीय प्रहरी कर्यालय प्रमुखलाई भर्चुअल बैठकमार्फत आवश्यक रणनीति बनाउन निर्देशन भइसकेको र सोहीअनुसार जिल्लालाई समेत वस्तुस्थितिअनुसार योजना बनाउन निर्देशन गइसकेको उनले जानकारी दिए ।

यसपालि ७७ जिल्लामा कोभिड–१९बाट आफू पनि बच्ने र नागरिकलाई समेत बचाउने गरी रणनीति तयार पार्न लागिएको जनाइएको छ । प्रहरीका अनुसार यसपालि सुरक्षा योजनाअनुसार सम्भावित जोखिम क्षेत्रलाई निगरानीमा राखिने छ ।

सादा पोशाकमा प्रहरी परिचालन गरी हरेक क्षेत्रमा परिचालन गरिने छ । मोबाइल गस्ती बढाइने तथा सुरक्षा चौकी थप गरेर शान्ति सुरक्षालाई चुस्त पारिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । कोभिड–१९ सङ्क्रमण रोक्ने योजनासमेत बन्नेछ ।

उपत्यकामा संयुक्त सुरक्षा योजना लागू गर्ने तयारी

काठमाडौँ उपत्यकाको तीन जिल्लाले सुरक्षा योजना बनाए पनि त्यसलाई एकीकृत गरेर संयुक्त सुरक्षा योजना बनाउने तयारी गरिएको छ । उपत्यका प्रहरीको नेतृत्व गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार तीनै जिल्लाका प्रमुखलाई योजना बनाएर पेश गर्न निर्देशन दिइसकिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले भने सुरक्षा योजना पेश गरिसकेको छ । अन्य जिल्लाबाट समेत आउने क्रममा छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले तीनै जिल्लालाई सुरक्षा योजना बनाए पेश गर्न भनिएको जानकारी दिए ।

“छलफल गरेर एक/दुई दिनमै योजना लागू गर्ने तयारी छ,’ पोखरेलले भने, “चाडपर्वमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरी परिचालन गर्ने, शान्ति सुरक्षा मजबुद गराउने, कोभिड–१९ को सङ्क्रमण फैलन नदिने गरी योजना बन्ने छ ।”

उनले प्रहरीको व्यवहार र इमान्दारितामा नचुक्ने गरी रणनीति तयार गर्न निर्देशन दिइएको जानकारी दिए । लोभलाभमा नपरी काम गर्न र प्रहरीको व्यवहारबाट नागरिकको आत्मसम्मानमा चोट नपुगोस् भन्ने ढङ्गले अघि बढ्न उपत्यकाका प्रहरी सचेत गराइएको छ ।

मुख्यगरी नेपाल प्रहरी यसपालि चाडका बेला अप्रिय घटना रोक्न, लोभलाभमुक्त सेवा प्रवाह गर्न, व्यवहारमा नचुक्न र कोभिडबाट सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्नमा नै केन्द्रित हुने पोखरेलले बताए । उनले यसपालि दशैँको समयमा प्रहरी कर्मचारी घरमा जानसक्ने अवस्था नरहेकाले तल्लो दर्जाका प्रहरी कर्मचारीका लागि खानपानमा समेत विशेष व्यवस्था गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिइएको बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौँले सुरक्षा योजना तयार पारिसकेको छ । जिल्लामा लागू गरिए पनि संयुक्त सुरक्षा योजना लागू गर्न बाँकी रहेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार यसपालि विगतको सुरक्षा योजनामा थप गर्दै कुकुरसमेत परिचालन गर्न थालिएको छ । आवश्यकतानुसार ड्रोनको समेत प्रयोग गर्न लागिएको छ । सवारीका यात्रु ओर्लने/उक्लने क्षेत्रमा नियमित जाँच थालिएको छ ।

आवश्यकतानुसार सादा पोशाकमा प्रहरी परिचालन हुनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले समेत चाडबाड केन्द्रित सुरक्षालाई ध्यानमा दिँदै निगरानी बढाएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए । सोही अभियानअन्तर्गत बढी भाडा लिने गरी टिकट काट्ने यातायात काउन्टरका कर्मचारीलाई नियन्त्रणमा लिएर कारवाही थालिएको छ ।

यसैबीच यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन साङ्केतिकरूपमा मात्र आयोजना गरिने भएको छ । नेपाली सेनाले सैनिक मञ्च टु्ँडिखेलामा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हरेक वर्ष हर्षोल्लासका साथ मनाउँदै आएको छ ।

कोभिड–१९ को सङ्क्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासका साथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मकरूपमा मात्र बढाइँ गरिने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए । यस वर्ष फूलपाती अगामी कात्तिक ७ गते शुक्रबार परेको छ ।

उनले भने, “स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी हाम्रा मौलिक चाडबाडलाई निरन्तरता दिने उद्देश्यले पहिलाको तुलनामा साङ्केतिकरूपमा मात्र बढाइँ कार्यक्रम सञ्चालन गरिने योजना गरेका छौँ । अघिल्ला वर्षका बढाइँमा पूर्व,पश्चिम र दक्षिणपाटाबाट ८४/८४ जनाको गुल्मले बढाइँ गथ्र्यो भने यस पटक सामाजिक दूरी कायम गरी २५/२५ जनामा सीमिति गरिएको छ ।” बढाइँ कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रपति सहभागी हुनेछिन् ।

विगतको जस्तो धेरै कार्यक्रम नगरी छोटो बढाइँ र टुकडीले सैनिक व्याण्ड प्रदर्शनी गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ । विगतमा सेनाबाहेक एक हजार २०० को सङ्ख्यामा विभिन्न क्षेत्रका महानुभावलाई आमन्त्रण गर्ने गरिएकामा यस पटक सेनासहित पाहुनाको सङ्ख्या १०० जनामा सीमित तुल्याइने छ ।

अघिल्ला वर्षमा सेनानीसम्मलाई सपरिवार बढाइँ कार्यक्रममा सहभागिताका लागि उर्दी हुने गरेकामा स्वास्थ्य मापदण्डका कारण यस वर्ष सहायकरथी दर्जासम्मलाई एक्लै आउने व्यवस्था गर्न लागिएको सैनिक प्रवक्ता पौडेलले बताए । उपस्थित हुने स्थानमा पञ्जा र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ ।

कोरोना भाइरस नेपालः अनुशासनमा नबस्नु ‘सङ्क्रमणको आगोमा घ्यू थपे जस्तो’, के महामारी भयावह स्थितिमा पुगिसकेको हो?

जनस्वास्थ्यविद्‌ तथा सङ्क्रामक रोग विशेषज्ञले नेपालमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका थप प्रभावकारी कदम नचालिए स्थिति “झन् डरलाग्दो” अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन्।

केही समययता दैनिक पीसीआर परीक्षण गर्ने गरिएका व्यक्तिमध्ये १८ देखि २० प्रतिशतको हाराहारीमा सङ्क्रमण देखिनु जनस्वास्थ्यका लागि “सुखद सङ्केत नभएको” उनीहरू बताउँछन्। गत माघ ९ गते चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

त्यसको २६० दिनपछि अर्थात् झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघेको छ। भदौ २५ गते सङ्क्रमितको कुल सङ्ख्या ५०,४६५ थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले एक महिनाभित्र नै सङ्क्रमितको सङ्ख्या दोबर हुने क्रम देखाउँछ।

नेपाल अतिप्रभावित देशमध्ये शीर्ष ५० भित्र परेको जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कले देखाउँछ। कुल सङ्ख्यामा नेपालले चीनलाई यसअघि नै उछिनिसकेको छ।

बिहीवार सङ्क्रमितको सङ्ख्यामा अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि भयो। थपिएका ४,३६३ सङ्क्रमितमध्ये साढे दुई हजारभन्दा बढी काठमाण्डू उपत्यकाका थिए। वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ। तीमध्ये अधिकांश काठमाण्डू उपत्यकाका हुन्।

यो स्थिति कसरी आयो?
शुक्रवार अपराह्णसम्म विभिन्न जिल्लामा २७,०५३ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये १६,०३९ जना अर्थात् ५९ प्रतिशत काठमाण्डू उपत्यकामा छन्।

केही दिनयता उल्लेख्य सङ्ख्यामा सङ्क्रमितहरू बढिरहँदा कतिपय विज्ञहरू रोकथाम र नियन्त्रणका सरकारी कदमलाई हेर्दा अहिलेको स्थिति “अनपेक्षित नभएको” बताउँछन्।

सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले बीबीसी न्यूज नेपालीसित भने, “पानी धेरै उम्लिएर भाँडाबाट पोखिएको जस्तै अहिलेको अवस्था हो, यो स्वाभाविक नै थियो।”

असार महिनाको बीचतिर सङ्क्रमणको दर घटेको नभई सरकारले पीसीआर परीक्षण नै कम गरेका कारण त्यति बेला सङ्क्रमितहरूको सङ्ख्या कम देखिएको उनको तर्क छ। विगतमा भएको कमजोरीका कारण अहिलेको अवस्था आएकोमा जनस्वास्थ्यविद्‌ डा. शरदराज वन्त पनि सहमत देखिन्छन्।

“सङ्क्रमणको गति रोक्ने हामीसँग पर्याप्त अवसर थियो। लकडाउनकै बेला हामीले व्यापक रूपमा परीक्षण, सङ्क्रमितको उचित व्यवस्थापन र कन्ट्याक्ट ट्रेसिङ गरेको भए अहिलेको जस्तो अवस्था पक्कै आउने थिएन,” बीबीसी न्यूज नेपालीसित कुराकानी गर्दै उनले भने।

तर त्यसपछि पर्याप्त तयारीबिनै लकडाउन हटाउँदा पनि सङ्क्रमण तीव्र गतिमा फैलिन पुगेको डा. वन्तको ठम्याइ छ। उनका अनुसार लकडाउन हट्नासाथ जोखिमबाट मुक्त भयौँ भन्ने हिसाबले सर्वसाधारण नागरिकले पनि जनस्वास्थ्यसम्बन्धी मापदण्डहरूको खासै पालना नगरेको देखियो।

अनुशासनमा नबस्नु सङ्क्रमणको ‘आगोमा घ्यू थपे’ जस्तो भएको उनको भनाइ छ। डा. सुवेदीको यस विषयमा समान धारणा छ। “मानिसहरूले अनावश्यक भिडभाड गर्ने गरेको, मास्क नलगाउने र सामाजिक दूरी कायम नगरेको अझै पनि देखिन्छ,” उनले भने।

सरकारले अब के गर्नुपर्छ?
सङ्क्रमण रोकथाम र नियन्त्रणका उपाय एकसाथ अझ प्रभावकारी ढङ्गले अगाडि बढाउनुको विकल्प नभएकोमा विज्ञहरू एकमत छन्। जनस्वास्थ्यविद्‌ डा. वन्तका अनुसार अब सङ्क्रमणको विस्तार रोक्नु र सङ्क्रमितको व्यवस्थापन महत्त्वपूर्ण हुन्छ।

“एकातिर धेरैभन्दा धेरै कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षण गर्नुपर्छ भने अर्कोतिर सङ्क्रमितहरूको उचित व्यवस्थापन गर्नुपर्छ। त्यो भनेको उनीहरूको स्वास्थ्यमा जटिलता नआओस् र उनीहरूले आवश्यक उपचार पाऊन्।” नेपालमा कन्ट्याक्ट ट्रेसिङ र पीसीआर परीक्षण दुवै पर्याप्त नभएको डा. सुवेदीको निष्कर्ष छ।

“कतिपय देशमा एकजना सङ्क्रमित बराबर २५ जनासम्मको कन्ट्याक्ट ट्रेसिङ गर्ने गरिएकोमा हामीकहाँ त्यो सङ्ख्या जम्मा दुई रहेको छ। पछिल्लो समय निजी प्रयोगशालामा मान्छेहरू आफैँले परीक्षण गराउन थालेर पनि सङ्क्रमितहरू बढी देखिन थालेका हुन्।” “पछिल्लो वृद्धिबाट के देखिन्छ भने हामी जति बढी परीक्षण गर्छौँ त्यति बढी सङ्क्रमित थपिन्छन्,” उनले थपे।

प्रतिक्रिया