आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फेरि काठमाडाैंमा निशेधाज्ञा लगाउने तयारी, कहिलेदेखि हुन्छ सुरु ?

प्रकाशित
9K
SHARES

काठमाडौं । देशको संघीय राजधानी काठमाडाैं काेराेना ‘हट स्पट’ बन्दै गएपछि सरकारले फेरी लकडाउन गर्ने तयारी थालेको छ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशभर एकसाथ लकडाउन गर्ने अवस्था नभएको तर अति प्रभावित ठाउँमा भने लकडाउन हुने बताए ।उनले भने -‘फेरि नेपालमा राष्ट्रव्यापी लकडाउन हुने सम्भावना छैन ।’

उनका अनुसार संक्रमण अध्यधिक बढ्यो भने ‘हट स्पट’हरुमा चाहिँ स्थानीय प्रशासनले निषेधाज्ञा लगाउन वा सिल वा लकडाउन गर्नसक्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले ७ असोजमा निष्कर्ष निकाल्यो, ‘सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो भने लकडाउन गर्नुपर्छ ।’

त्यसबेला सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ थियो । तर, संक्रमण दर बढिरहेको थियो र दैनिक थपिने संक्रमितहरुको व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको थियो । सक्रिय संक्रमितको सख्ंया २५ हजार नाघ्दा अस्पतालहरुको विद्यमान पूर्वाधारले नधान्ने भएकाले फेरि लकडाउन गर्नुपर्ने ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को निष्कर्ष थियो ।

त्यसैले, मन्त्रालयले देशभर सक्रिय संक्रमित २५ हजार नाघेमा फेरि लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा सिफारिस गरेको थियो । मन्त्रालयले यस्तो सिफारिस गरेको दुई सातापछि बुधबार सक्रिय संक्रमितको संख्या २५ हजार पुगेको छ । मन्त्रालयका अनुसार बुधबार ३४३९ जनामा संक्रमण पुष्टि भएको छ र सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ ।

त्यसो भए अब फेरि लकडाउन हुन्छ त ?

चैत १० मा नेपालमा दोस्रो संक्रमण पुष्टि भएसँगै सरकारले देशभर लकडाउन गरेको थियो, जुन साउन ६ सम्म कायम रह्यो । त्यसपछि सरकारले संक्रमण बढे निषेधाज्ञा जारी गर्र्ने अधिकार स्थानीय प्रशासनलाई दियो । सोहीअनुसार साउन अन्तिम साताबाट भदौभरि देशका धेरैै जिल्लामा निषेधाज्ञा जारी भयो ।

काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले भदौ ३ देखि तीन सातासम्म निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि सरकारले थप क्षेत्रहरु खुला गर्दै लगेको छ । र, त्यहीबेला स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्न सिफारिस गरेपछि दशैंकै बेला देशभर बन्दाबन्दी त हुने होइन भन्ने त्रास सबैतिर छायो ।

तर, सरकारका प्रवक्ता मन्त्री ज्ञवाली भन्छन्, ‘अहिले दैनिक भेटिने संक्रमितमा आधाभन्दा बढी काठमाडौं उपत्यकाकै छन्, आइसोलेसन वार्डहरु पनि भरिँदै गएका छन् । यसका लागि विशेष व्यवस्था गर्नुपर्ला । तर, लकडाउन समाधान होइन ।’ ज्ञवालीले अगाडि भने, (सक्रिय संक्रमितको संख्या) २५ हजार क्रस गर्नासाथ लकडाउन गरिहाल्नुपर्छ भन्ने पनि होइन । त्यस्तो कुनै निर्णय भएको पनि छैन ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने देशभरका स्वास्थ्य संस्थाका कति बेड भरिए भन्ने तथ्यांक संकलन भइरहेको बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले त्यो विवरण प्राप्त भएपछि अस्पतालको क्षमता हेरेर लकडाउन गर्ने कि नगर्ने भन्ने निर्णय गर्ने जानकारी दिए । ‘अस्पतालको क्षमताले भ्याएसम्म लकडाउन गर्दैनौं । अन्यथा त गर्नैपर्ने हुन्छ’ उनले भने ।

यस्तै काठमाडौं उपत्यकामा पछिल्ला केहि दिनयता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। बिहिबार मात्रै काठमाडौँ उपत्यकामा अहिलेसम्मकै बढी २५४० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २०८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० सय जनालाई संक्रमण पुष्टि भएको हो। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा मात्र ८२ जना आइसीयु र २७ जना भेन्टिलेटरमा उपचाररत रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा १८१ वटा आइसीयु वेड रहेकोमा बिहीबारसम्म ८२ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको जानकारी दिए ।

यस्तै उपत्यकामा ७६ वटा भेन्टिलेटर रहेकोमा २७ जना भेन्टिलेटरमा उपचारत भएको डा गौतमको भनाइ छ । डा गौमतले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर उच्च भएकाले अत्यवश्यक काम नपरी घर बाहिर ननिस्कन पनि आग्रह गरे । उनले कोभिड अस्पतालहरुलाई पूर्ण तयारी अवस्थामा राखिएको र आकस्मिक उपचारको लागि २४ घण्टा नै सेवा उपलब्ध गराइएको जानकारी दिए ।

डा गौतमलले लक्षण बिहीन तथा सामान्य लक्षण भएका संक्रमितहरुलाई स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पूरा गरी घरमै आइसोलेसनमा बस्न पनि आग्रह गरे । उनले घरमा बस्न सम्भव नभएमा टोल फ्रि नम्वार ११३३ मा सम्पर्क गर्न पनि आग्रह गरे । उनले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको स्वास्थ्यमा समस्या आएमा तुरुन्तै अस्पतालमा सम्पर्क गर्न पनि आग्रह गरे ।

डा गौतमलले कोरोना संक्रमणबाट जोगिन चाडपर्वको समयमा सम्भव भएसम्म अनलाइन सेवाबाट आवश्यक सामाग्री खरिद गर्न, सामाग्री खरिद गर्न घर बाहिर निस्किनु परेमा अनिवार्य रुपमा मास्कको उचित प्रयोग गर्न, सकेसम्म दैनिक उपभोग्य सामानहरु नजिककैको पसलबाट खरिद गर्न,भिड नभएको समयमा गएर सामान खरिद गर्न, पसलमै गएमा सामाग्री किन्दा भौतिक दुरी कायम गर्न, सामान किन्नु अघि र किनेर घर फर्किएपछि साबुनपानीले हात धुन, सम्भव भएसम्म दैनिक उपभोग्य सामाग्रीहरु एकसताका लागि सम्म पुग्ने गरी खरिद गर्न पनि आग्रह गरे ।

कोरोना संक्रमणबाट बच्न सिधै पैसाको कारोबार भन्दापनि विद्युतिय वा कार्डको माध्यमबाट भुक्तानी गर्न पनि आग्रह गरे । यस्तै देशभर कोरोनाभाइरस निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ ।

बितेको २४ घण्टामा थप २ हजार ६७५ जना निको भएसँगै कोरोना निको हुनेको कुल संख्या ७१ हजार ३४३ पुगेको हो । हाल कोरोना जितेर डिस्चार्ज भएकाको प्रतिशत ७२ दशमलब ३ रहेको छ । पछिल्लो २४ घण्टामा १८ हजार ४७३ जनाको पीसीआर भएको छ भने यससँगै कुल पीसीआर संख्या ११ लाख ३१ हजार ९५८ पुगेको छ ।

यस्तै देशभर सक्रिय संक्रमित २६ हजार ६४८ पुग्दा आजमात्रै ४,३६४जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्तमितको कुल संख्या ९८,६१७ पुगेको छ। निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य मापदण्ड पूर्ण नभएका कारण संक्रमितको संख्या बढिरहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी नेपालमा कोरोनाबाट ४ महिला र ८ जना पुरुष गरी थप १२ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ७९ वर्षीया, ललितपुरमा ७३ वर्षीया, भक्तपुरमा ८२ वर्षीया र सुर्खेतमा ८२ वर्षीया महिलाको मृत्यु भएको छ ।

यस्तै सुनसरीमा ३९ वर्षीय, धनुषामा ७० वर्षीय, काठमाडौंमा ५८ वर्षीय, ९१ वर्षीय र कस्कीमा ८३ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै चितवनमा ८१ वर्षीय, ८१ वर्षीय र ९२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ । हालसम्म मनाङ र मुस्ताङमा बाहेक सबै जिल्लामा सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालका ७७ जिल्लामध्ये ८ जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जानकारी दिएका हुन् ।

यी हुन ८ जिल्ला
काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, चितवन, रुपन्देही, सुनसरी, सुर्खेत यसैगरी मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार २ जिल्ला संक्रमणमुक्त भएका छन् । जसमा मनाङ र मुस्ताङ रहेका छन् ।

त्यस्तै सरकारले बढ्दो कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै दशैंमा सार्वजनिक ठाउँमा पिङ नहाल्न र मन्दिरहरूमा नित्य पूजा मात्र गर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले यस्तो आग्रह गरेका हुन्।

उनले भने, ‘सबै मन्दिरहरुमा पूजारी मात्र उपस्थित भई नित्यपूजा गर्ने व्यस्थापन मिलाउन मन्दिर व्यवस्थापन समिति, धार्मिक गुठी, स्थानीय तह र प्रशासनलाई आग्रह गर्दछौं।’ उनले काठमाडौं उपत्यकामा पछिल्लो एक हप्तामा मात्र १० हजार बढी संक्रमित थपिएको भन्दै उच्च सुरक्षा सतर्कता अपनाउन समेत आग्रह गरे ।

कोरोना भाइरस: किन केही मानिसहरू लामो समयसम्म सङ्क्रमणबाट मुक्त भइरहेका छैनन्?

धेरैका लागि कोभिड- १९ हल्का लक्षणहरू भएको सामान्य रोग भए पनि केहीका लागि यो थकाइ, कडा दुखाइ र सास फेर्न गाह्रो हुने लक्षणसहित महिनौँ लम्बिने रोग बनेको छ। “दीर्घ कोभिड” भनेर चिनिने यस्तो अवस्थाले मानिसको जीवनमा प्रभाव पारिरहेको छ र अलिकति हिँडेपछि थकान हुने कुरा अब सामान्य बनिसकेको छ।

हालसम्म महामारीका बेला जीवन बचाउने कुरामा मात्र ध्यान केन्द्रित रहेको छ तर अब कोभिड-१९ का दीर्घकालीन प्रभावहरूको पहिचान हुन थालेको छ। त्यति मात्र होइन- किन केही मानिसहरू दीर्घकालीन कोभिडबाट पीडित छन् अथवा के कुनै बेला ती सबै भाइरसमुक्त हुन्छन्? भन्ने आधारभूत प्रश्नहरू अनिश्चितताले घेरिएका छन्।

दीर्घ-कोभिड के हो?

यसको कुनै चिकित्सकीय परिभाषा छैन र लक्षणहरूको सूची छैन। दीर्घ-कोभिड भएका दुई व्यक्तिले नै फरकखाले अनुभव गर्नसक्छन्। यद्यपि आम लक्षण भनेको थकान हो। अन्य लक्षणहरूमा सास फेर्न गाह्रो हुने, सुक्खा खोकी लाग्ने, जोर्नी र मांसपेशी दुख्ने, सुन्न र देख्न समस्या हुने, टाउको दुख्ने, सुँघने र स्वाद क्षमतामा कमी आउने, मुटु, फोक्सो, मिर्गौला र पेटमा समस्या आउनेलगायत छन्।

त्यस्तै मानसिक स्वास्थ्य समस्याहरूमा डिप्रेसन, चिन्ता र स्पष्ट रूपमा सोच्न नसक्नेजस्ता रहेका छन्। यसले मानिसको जीवनस्तरलाई पूर्णरूपमा नष्ट गर्नसक्छ। दीर्घ-कोभिडबाट पीडित जेड ग्रे क्रिस्टी भन्छिन्, “मेरो थकावट यस्तो थियो कि जुन मैले पहिले कहिल्यै पनि अनुभव गरेकी थिइनँ।”

दीर्घ-कोभिडका कारण मानिसहरूले सघन उपचारमा रहेर निको हुन समय मात्र लगाइरहेका छैनन्। सामान्यखाले लक्षण भएका मानिसहरूले समेत लामो समयसम्म देखिने र कडा खाले स्वास्थ्य समस्याहरूको पनि सामना गरिरहेका छन्।

युनिभर्सिटी अफ एक्सेटरका प्राध्यापक डेभिड स्ट्रेन भन्छन्, “हामीलाई लामो समयसम्म रहने कोभिड छ भन्नेमा कुनै सन्देह छैन।” उनले दीर्घ-कोभिडका बिरामीहरूलाई आफ्नो क्रोनिक फटिग सिन्ड्रोम क्लिनिकमा हेरिसकेको बीबीसीलाई बताए।

कति मानिसहरूले यस्तो कोभिडको सामना गरिरहेका छन्?

जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित एउटा अनुसन्धानपत्र अनुसार अध्येताहरूले रोमको सबैभन्दा ठूलो अस्पतालका १४३ जना कोभिडका बिरामीहरूको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए। त्यसमध्ये ८७ प्रतिशतमा कम्तीमा करिब दुई महिनासम्म एकखाले लक्षण पाइएको थियो भने आधाभन्दा बढीले त्यसबेलासम्म थकानको महसुस गरिरहेका थिए।

यद्यपि त्यस्तोखाले अध्ययनहरू अस्पतालमा भर्ना भएर उपचार गराएका थोरै मात्र बिरामीहरूलाई समेटेर गरिएका छन्। यूकेमा ४० लाख मानिसहरूले प्रयोग गर्ने ‘कोभिड सिम्प्टम ट्र्याकर एप’ले ३० दिनपछि पनि २१ प्रतिशत मानिसहरूमा लक्षणहरू देखिएको पाएको छ। हालसम्म प्रकाशित नभएको उसको विवरणले ५० जनामा १ जना अर्थात् दुई प्रतिशत मानिसहरूमा ९० दिनसम्म पनि दीर्घ-कोभिडको लक्षण देखाएको छ।

के कडाखालको कोभिड भएमा मात्र दीर्घ-कोभिड हुन्छ?

यस्तो हुने देखिँदैन। डब्लिनमा गरिएको एउटा अध्ययन अनुसार आधा मानिसहरूमा कोरोनाभाइरस सङ्क्रमण भएको १० सातासम्म थकान कायम थियो। अनि एक तिहाइ मानिसहरू काममा फर्किन असफल भएका थिए। चिकित्सकहरूले कडाखाले कोभिड र थकानबीच कुनै सम्बन्ध पाउन सकेनन्। यद्यपि कडा खाले थकान मात्र दीर्घ-कोभिडको लक्षण हो।

मानिसहरूमा कोभिड कसरी ठीक भइरहेको छ भनेर अध्ययन गर्ने युनिभर्सिटी अफ ल्यास्टरस्थित पीएओएसपी-कोभिड कार्यक्रमका प्रमुख अनुसन्धानकर्ता क्रिस ब्राइट्लिङ्ग के विश्वास गर्छन् भने निमोनिया विकास भएका मानिसहरूमा फोक्सोमा हुने क्षतिका कारण धेरै समस्या देखापर्न सक्छन्।

भाइरसले दीर्घ-कोभिड कसरी उत्पन्न गर्छ?

यसबारे धेरैखाले विचारहरू छन् तर एउटा निश्चित जवाफ छैन। कोरोनाभाइरस शरीरका अधिकांश भागबाट निख्रिन सक्छ तर केही साना निश्चित अङ्गहरूमा रहिरहन सक्छ।

किङ्ग्स कलेज लण्डनका प्राध्यापक टिम स्पेक्टर भन्छन्, “यदि लामो समयसम्म रहने झाडापखाला छ भने पेटमा भाइरस पाइन्छ, यदि सुँघने शक्ति कमजोर भइरह्यो भने नसामा भाइरस हुनसक्छ त्यसैले के हुन्छ भन्ने आधारमा भाइरस कहाँ छ भन्ने थाहा हुनसक्छ।”

कोरोनाभाइरसले शरीरका विभिन्न किसिमका कोषहरूलाई एकैसाथ सङ्क्रमण गर्छ र त्यसको प्रतिरोध गर्नलाई प्रतिरक्षा प्रणाली एकैसाथ उच्च तवरले सक्रिय हुन्छ। त्यसले पनि शरीरभरि असर पुर्‍याउन सक्छ। अर्को विचार अनुसार कोभिड भएपछि शरीरको प्रतिरक्षा प्रणाली पहिलेकै जस्तो अवस्थामा फर्किदैन जसका कारण स्वास्थ्य समस्याहरू देखिन्छन्।

मानिसका अङ्गहरूले कसरी काम गर्छन् भन्ने आधारमा सङ्क्रमण बदलिन पनि सक्छ। फोक्सोमा रहेका भाइरस यदि क्षतविक्षत भए भने त्यसले पनि लामो समयसम्म समस्या निम्त्याउन सक्छ। फरकखाले कोरोनाभाइरसकै कारण लाग्ने सार्स र मर्स रोगमा यस्तो देखिएको छ। कोभिडले मानिसको ‘मेटाबोलिज्म’लाई पनि परिवर्तन गर्नसक्छ।

कोभिड लागेपछि विकास भएको चिनीरोगका कारण बढेको चिनीको मात्र नियन्त्रण गर्न मानिसहरूले सङ्घर्ष गरेका घटनाहरू पनि छन्। त्यस्तै सार्स लागेपछि १२ वर्षसम्म बोसो बनाउने प्रक्रियामा परिवर्तन आएका उदाहरण पनि छन्। मस्तिष्कको संरचनामा परिवर्तन भएका प्रारम्भिक सङ्केतहरू पनि देखिएका छन् र त्यसबारे अझै अनुसन्धान जारी छ।

कोभिड-१९ ले रगतमा अझ अनौठा कुराहरू गर्छ। जस्तो कि अस्वभाविक घेराहरू बनाउने र शरीरभरि रक्तसञ्चार गर्ने नलीहरूलाई क्षति पुर्‍याउने। प्राध्यापक स्ट्रेनले बीबीसीलाई भने, “तन्तुहरूमा अक्सिजन र पोषण पुर्‍याउने वयस्क नभइसकेका रक्तवाहकसम्बन्धी एउटा सिद्धान्तमा काम गरिरहेको छु।” तर लामो समयसम्म रहने कोभिडको कारण के हो भन्ने पत्ता नलागुन्जेल उपचार कसरी गर्ने भन्न पनि कठिन हुने उनी बताउँछन्।

के यो अस्वभाविक हो?

भाइरसको सङ्क्रमणपछि थकाइ वा खोकी लाग्ने कुरा अस्वभाविक होइन। हामीले पनि कैयौँ पटक यस्ता सङ्क्रमणपछि त्यसबाट निको हुन लामो समय लागेको भोगेका हुनसक्छौँ। ग्रन्थीज्वरोपश्चत् करिब १० प्रतिशत मानिसहरूमा एक महिनासम्म थकान महसुस हुन्छ।

अझ सन् १९१८ को जस्तो रुघाखोकीपश्चात् मानिसहरूमा पार्किन्सन भएका व्यक्तिमा देखिने जस्ता लक्षणहरू देखापरेको कुराहरू पनि आएका छन्। कोभिडका कारण अझ बढी त्यस्ता दुरगामी लक्षणहरू देखा परेको र धेरै मानिसमा त्यस्तो देखिएको हुनसक्ने प्राध्यापक ब्राइट्लिङ्ग बताउँछन्।

के मानिसहरू पूर्ण रूपमा निको हुन्छन्?

समयसँगै दीर्घ-कोभिड लागेका मानिसहरूको सङ्ख्यामा कमी आएको देखिन्छ। यद्यपि गत वर्ष मात्र यो भाइरस देखा परेको र यसै वर्षको सुरुमा विश्वव्यापी भएकाले यसबारे लामो समयको विवरण उपलब्ध छैन। प्राध्यापक ब्राइट्लिङ्गले सङ्क्रमण भएका २५ वर्षका मानिसहरूको अवस्थाबारे जानकारी लिन आफूहरूलाई भनिएको बताए।

उनले आफूलाई उनीहरूमा बढिमा एक वर्षसम्म दीर्घ-कोभिड हुनसक्ने र त्यसभन्दा पर नजाला भन्ने लागेको तर आफू गलत पनि हुनसक्ने बताए। यद्यपि हाल सङ्क्रमणमुक्त भएकाहरूले पनि जीवनभरि जोखिमको सामना गर्नुपर्ने हो कि भन्ने चिन्ताहरू देखापरेका छन्।

जसलाई अत्यधिक थकान महसुस हुन्छ उनीहरूलाई पुन: त्यस्तो हुने र भविष्यको सङ्क्रमण प्रबल हुनसक्छ। भविष्यमा थप समस्याहरू पनि निम्तिन सक्ने सम्भावना हुन्छ। विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसका कारण शरीरमा पर्ने असर व्यापक भएकोले निकै कम उमेरमै मुटुसम्बन्धी समस्याहरू हुनसक्ने भन्दै चेतावनी दिएको छ।

प्रतिक्रिया