आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओली-प्रचण्डलाई नेकपा महासचिव बिष्णु पौडेलको झट्का, शंकर पोखरेल र जनार्दन शर्माको पनि साथ

प्रकाशित
4K
SHARES

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले प्रदेश ५ को राजधानी दाङमा राख्ने निर्णयमाथि पुनर्विचार गर्न पार्टी अध्यक्षद्वय केपी ओली र प्रचण्ड समक्ष माग गरेका छन् ।

आइतबार दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा महासचिव पौडेलले अध्यक्षद्वयसँग दाङमा राजधानी राख्ने निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेका हुन् । महासचिव पौडेलले ओली र प्रचण्डलाई यस्तो प्रस्ताव राख्दै गर्दा बालुवाटारमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि उपस्थित थिए ।

कोरोनाको जोखिम बढेको भन्दै सचिवालयको बैठक स्थगित गरिएता पनि आइतबार दिउँसो बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो । सो भेटवार्तामा मुख्यमन्त्री पोखरेल, महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत उपस्थित थिए ।

सो भेटमा सहभागी एक नेताले महासचिव पौडेलको मागलाई उद्दृत गर्दै भने, ‘महासचिवज्यूले प्रदेश ५ को राजधानी बुटवलमै राखिनुपर्ने बताउँदै दाङमा राजधानी राख्ने निर्णय पुनर्विचार हुनुपर्ने माग गर्नुभयो । मुख्यमन्त्री पोखरेलले दाङमै राजधानी राखिने अडान राख्नुभयो । जनार्दनजीले पौडेल र पोखरेललाई सहमतिमा आउन आग्रह गर्नुभयो ।’

महासचिव पौडेलले बुटवलमै राजधानी रहनुपर्ने माग राखे पनि अध्यक्षद्वय ओली र प्रचण्डले दाङमै राजधानी राख्न सहमित जनाइसकेका छन् । अध्यक्षद्वयले यसबारे सर्कुलर नै पठाइसकेको स्रोत बताउँछ ।

स्रोतका अनुसार सुरुमा मुख्यमन्त्री पोखरेलले राप्ती भ्यालीमा प्रदेशको राजधानी र लुम्बिनी नाम रहने गरी मान्यता प्रदान गर्न अध्यक्षलाई चिठी लेखेको र अध्यक्षद्वयले प्रदेशको राजधानी प्रदेशसभाले तोक्ने भन्दै राप्ती भ्याली र लुम्बिनीमा समर्थन रहेको सर्कुलर पठाएका थिए । सोहीअनुसार प्रदेश सरकारले निर्णय गरेर हाल यो प्रस्ताव प्रदेश सभामा पुगेको छ ।

नेकपा उच्च स्रोतका अनुसार नेकपाको ९ सदस्यीय सचिवालयमा बुटवललाई स्थायी राजधानी बनाइनुपर्ने मागमा महासचिव विष्णु पौडेल एक्लै परेका छन् । अध्यक्षद्वयसँगै वामदेव गौतम पनि दाङकै पक्षमा उभिएका छन् । बर्दिया र प्युठान दुबै जिल्लाबाट दाङ पायक पर्ने भएकाले गौतम दाङकै पक्षमा उभिएका हुन् ।

सचिवालयका बाँकी सदस्य रामबहादुर थापा बादल र ईश्वर पोखरेलले पनि साथ नदिएपछि बुटवललाई राजधानी बनाउने विषयमा सचिवालयभित्र महासचिव एक्लो बनेका हुन् । सचिवलायमा महासचिव पौडेल एक्लो परे पनि प्रदेशसभाका १४ जना नेकपा सांसदहरुले बुटवलमै प्रदेशको राजधानी रहनुपर्ने भन्दै असमहति जनाइसकेका छन् ।

त्यसैगरी नेकपाको रुपन्देही जिल्ला कमिटीले संस्थागतरुपमै निर्णय गरेर दाङमा राजधानी सार्ने प्रस्तावको विरोध गरेको छ । केही स्थानीय तहहरुले पनि बुटवलमै राजधानी हुनुपर्ने माग गरेका छन् ।

आइतबार बालुवाटारमा भएको छलफलमा प्रदेश ५ को राजधानीबारे गर्मागर्मी बहस भएको स्रोतले अनलाइनखबरलाई बतायो । नयाँ ठाउँमा राजधानी बनाउँदा भौतिक पूर्वाधारको अभाव हुने र अनावश्यक खर्च बढ्ने भन्दै पौडेलले फरकम मत व्यक्त गरेको एक नेताले जानकारी दिए ।

कोरोनाले रोकेन पाँच भाइको बैठक !

प्रधानमन्त्रीनिवास बालुवाटारमा कोरोना भाइरसको जोखिम उच्च रहेकै बेला आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल र जनार्दश शर्माबीच भेटवार्ता भएको हो ।

राजदूत नियुक्ति र मन्त्रिपरिषद पुनर्गठन लगायतका विषयमा छलफल गर्न शनिबार बस्ने भनिएको सचिवालय बैठक तयारी नपुगेको भन्दै आइतबारलाई सारिएको थियो । तर, आइतबार कोरोनाको जोखिम देखाएर सचिवालय बैठक स्थगित भएको थियो । शनिबार प्रधानमन्त्रीका सल्लाहकारसहित ६७ जनालाई कोरोना पोजेटिभ देखिएको भन्दै ९ सदस्यीय सचिवालयको बैठक रोकिए पनि ५ जना नेताहरुवीच आइतबार बालुवाटारमै छलफल भयो ।

बालुवाटारको भेटपछि मुख्यमन्त्री पोखरेल आइतबारै बुटवल फर्किएका छन् । प्रदेश ५ मा राजधानी दाङ राख्ने कि बुटवल भन्ने विवाद चर्किइरहेको छ । दाङलाई राजधानी बनाउने विषयमा आफ्नै दलभित्रबाट विरोध हुनुका साथै नेपाली कांग्रेस आन्दोलनमा उत्रिएपछि मुख्यमन्त्री पोख्रेल हठात् काठमाडौं आएर बुटवल फर्केका हुन् ।

के कुलमान राजनीतिमा जान लागेका हुन ? ओली सरकारले प्राधिकरणमा नियुक्त नगरे यस्तो छ तयारी

देशलाई लोडसेडिङमुक्त गरेर लोकप्रिय बनेका कुलमान घिसिङले राजनीतिमा चाँसो देखाएका छन् । उसो त उनलाई अझै नेपाल बिदधुत प्राधिकरणको नेतृत्व लिएर उर्जा क्षेत्रमा अझै केहि गर्न मन छ ।

कुलमान अहिले ‘पर्ख र हेर’ कै अवस्थामा छन् । मुखले व्यक्त नगरे पनि सरकारले अझै पनि आफ्नो विषयमा केही निर्णय लिनसक्ने आँकलन उनले गरेको देखिन्छ । त्यसले पनि आफ्नो भावि योजना तय गर्न उनलाई अलमल भइरहेको छ । तर, उनी लामो समय यत्तिकै बस्न सक्ने मान्छे होइनन् ।

‘यदि जनचाहनालाई कुल्चिदै सरकारले तपाईंलाई कतै पनि नियुक्ती दिएन भने तपाईंका व्यक्तिगत योजना के छन् ? जनताले तपाईंलाई कस्तो भूमिकामा देख्न पाउलान् ?’ भन्ने प्रश्नमा कुलमान भन्छन- ‘मलाई कुनै हतारो छैन ।’

भावि योजनाका विषयमा कुनै ठोस निर्णय लिइनसकेको उनको भनाइ छ । ‘आगामी दिनमा के गर्ने भन्ने सोच्दैछु । भर्खर १५–२० दिन त भयो । मैले जहाँ पायो त्यहाँ हात हाल्न पनि मिल्दैन । कुनै कम्पनीमा जागिर खाएर बस्ने कुरा पनि आएन । राम्ररी सोचेर निर्णय लिन्छु ।’

कुलमानका कट्टर समर्थकहरुको एउटा तप्का पनि छ, जसले उनलाई अब प्राधिकरणको कार्यकारी निर्देशकभन्दा माथिल्लो ओहदामा देख्न चाहन्छ । उनले राजनीतिमा आएर मन्त्री वा प्रधानमन्त्री बन्न बाटो खोल्नुपर्छ भन्नेहरु पनि छन् । ‘भोलि राजनीतिमा आएर मन्त्री/प्रधानमन्त्री बन्ने कुरा तपाईंको विकल्पमा पर्छ कि पर्दैन ?’

यो प्रश्नको उत्तर दिदै उनले भने -‘यो परिस्थितिले तय गर्ने कुरा हो । भविष्यको परिस्थिति कस्तो हुन्छ, त्यसै अनुसार अघि बढ्छु । अहिले केहि सोचिसकेको छैन ।’

राजनीतिमा उनलाई कतिको रुचि छ ? भन्छन- ‘म कार्यकारी भूमिका र लिडरसिपमा फिट हुने मान्छे हो । लिडरसीप भनेको हरेक क्षेत्रको हुन सक्छ । सकेसम्म त कर्पोरेट लिडरसिप नै गर्छु । त्यो पनि ऊर्जाकै क्षेत्रमा । होइन, त्यस्तै परिस्थिति आयो भने अरु विकल्पमा पनि सोच्न सकिन्छ । त्यो परिस्थितिले तय गर्छ । मैले अपेक्षा गरेर मात्रै हुने कुरा होइन ।’

तपाईंले देशभित्र जहाँबाट जोसित चुनाव लडे पछि जित्नुहुन्छ भन्ने चर्चा सुनिन्छ । तपाईंलाई त्यस्तो लाग्छ कि लाग्दैन ? भन्ने प्रश्नमा उनी थप्छन- ‘चुनाव जित्नु मात्रै ठूलो कुरा होइन । म त जितौंला रे । तर, त्यसपछि ह्वाट नेक्स्ट भन्ने हुन्छ नि । चुनाव जित्नेभन्दा जितेर के गर्ने भन्ने महत्वपूर्ण प्रश्न हो । कुनै पनि क्षेत्रमा जाँदा स्पष्ट भिजन हुनुपर्छ । जहाँ बस्दा पनि राष्ट्रकै लागि योगदान गर्ने हो । परिस्थितिले कता डोहोर्याउँछ हेरौं । म लचक नै छु । बाहिर आएपछि त धेरै कुरा सोच्न सकिन्छ नि ।’

कार्यकारी भूमिकामा बढी रुचि भएकाले राजनीतिमा गइहालुँ भन्ने लाग्छ कि लाग्दैन ? उनि भन्छन -‘राजनीति पनि कार्यकारी नै हो नि । मन्त्रीभन्दा कार्यकारी के हुन्छ । हेर्दै जाउँ परिस्थिति कस्तो आउँछ । म सरकारले के निर्णय गर्ला भनेर पर्खेर बसिरहेको चाहिँ छैन ।’

अब लोडसेडिङ हुँदैन

कुलमान प्राधिकरणबाट निस्कनासाथ जनतामा लोडसेडिङ फर्किने हाउगुजी फैलिएको छ । पहिलेको तुलनामा लाइन काटिने क्रम बढेको गुनासोहरु सुन्न थालिएका छन् । यो ‘बाघ कराउनु र बाख्रा हराउनु’ जस्तो संयोग मात्रै हो कि साँच्चै उनको बहिर्गमनपछि लोडसेडिङको खतरा मडारिएको हो ?

कुलमानले भने्, ‘यो एउटा संयोग हो । अब नेपालमा लोडसेडिङ गर्नुपर्ने परिस्थिति छैन र आउँदैन । तर, विद्युत आपूर्तिमा विभिन्न कारणले उत्पन्न हुने अवरोधलाई सम्वोधन गर्ने सवालमा अलिकति सुस्तता आएको हुन सक्छ ।’

पछिल्लो समय लगातार वर्षातले गर्दा विद्युत पूर्वाधारहरुमा क्षति पुगेर लाइन काटिने क्रम बढेको हुनसक्ने उनी बताउँछन् । यस्ता घटनामा चाँडोभन्दा चाँडो रेस्पोन्स नगरेमा जनगुनासो स्वभाविक हुने उनको भनाइ छ ।

रमाइलो कुरा के भने, अहिले पनि धेरै मानिसहरु आफ्नो एरियामा बत्ति काटियो भने कुलमानलाई फोन दाब्दा रहेछन् । कुलमानमा पदमा नरहे पनि उनको प्रभाव प्राधिकरणमा अझै छ भन्ने विश्वासले हुन सक्छ । अथवा कतिलाई त विजुली भनेकै कुलमान भन्ने छाप पनि परिसक्यो ।

कुलमानले सुनाए, ‘मेरो मोबाइल नम्बर देशभरका जनतासँग छ । म भ्याएसम्म अपरिचित नम्बरबाट आएको कल पनि रिसिभ गर्छु । अहिले पनि फलानो एरियामा बत्ति गयो, के भएको हो भनेर धेरैले फोन गर्नुहुन्छ । कसैले म्यासेज पनि पठाउनु हुन्छ । जनताको गुनासो म प्राधिकरणका सम्वन्धित निकायमा फरवार्ड गरिदिन्छु । म प्राधिकरणमा छैन भनेर पन्छिन मन लाग्दैन ।’

आफू प्राधिकरणमा रहँदा कुनै ठाउँमा विद्यूत अवरोध भएको सूचना पाउनासाथ उनी तत्काल सम्वन्धित निकायहरुलाई घच्घच्याइहाल्थे । राति अबेरसम्म खटेर भए पनि समस्या समाधान गर्ने बानी उनले कर्मचारीमा बसालेका थिए ।

‘प्राधिकरणका कर्मचारीले उपभोक्तालाई आज राति भयो, भोली बिहान आएर बनाउँछु भन्ने खालको जवाफ दिएर टार्नु हुँदैन । राति १२–१ जति बजे पनि काम सकेर मात्रै सुत्न जाने गाइडलाइन थियो । कर्मचारीले यसलाई दवावको रुपमा भन्दा पनि दायित्का रुपमा लिएका थिए । त्यसैले जनगुनासो बढ्न पाएन । अहिले त्यस्तो ‘क्विक रेस्पोन्स’ को कमी भएको हो कि ?’

कहिलेकाहीँ कुलमान बस्ने एरियामा पनि बत्ति जाँदो हो । त्यो बेलाचाहिँ के गर्छन् उनी ? ‘पाँच–सात मिनेटसम्म पर्खिन्छु,’ उनले भने, ‘अलि लामै समय आएन भनेचाहिँ फोन गरेर बुझ्छु । तर, सबस्टेसनबाट नजिकै भएकाले मेरो एरियातिर बत्ति काटिने समस्या अन्यत्रभन्दा कम नै छ ।’

प्राधिकरणका कर्मचारीले उनलाई भूतपूर्व भइसकेको भनेर उपेक्षा गर्दैनन् । उनलाई पहिलेजस्तै सम्मानपूर्वक रेस्पोन्स गर्छन् । यस्तो समस्या भएको रहेछ भनेर जवाफ दिन्छन् । कुलमानले पनि कर्मचारीहरुलाई पहिल्यैजस्तो स्नेह दर्शाउँछन् । उनी फेरि प्राधिकरणमा फर्किउन् भन्ने चाहना तल्लो तहका धेरै कर्मचारीमा छ । नहोस् पनि किन, लोडसेडिङकालमा जनतासामु मुख लुकाएर हिँड्नुपर्ने अवस्थाका कर्मचारीलाई कुलमानले शिर ठाडो बनाएर हिँड्ने अवस्थामा जो पुर्याए ।

२६ वर्षसम्म प्राधिकरणमा कुलमानले व्यस्त जागिरे जीवन बिताए । घर–परिवार भनेनन् । पारिवारिक दायित्व केही पनि आफूले लिएनन् । शनिबार पनि उनी प्रायः कार्यालयकै काममा हुन्थे । आफन्त र साथीभाइका जमघटमा उनी प्राय छुट्थे ।

कुलमानका बुवाको दुई महिना अगाडि मृत्यु भयो । कार्यालयको व्यस्तताले गर्दा उनी अन्तिम क्षणमा आफ्नो बुवाको साथमा हुन पाएनन् । अस्पतालमा पुग्दा बुवाको प्राणान्त भइसकेको थियो । कुलमानका ६ जना दाजुभाइ र तीन दिदीबहिनी छन् । ठूलो परिवार भएकाले नातागोता धेरैतिर फैलिएका छन् ।

६ वटा जिल्लामा आफ्ना निकटतम आफन्तहरु रहेको उनी बताउँछन् । ती आफन्तकहाँ बिहेबारी लगायत विभिन्न पारिवारिक जमघट हुँदा प्रायः उनी अनुपस्थित रहन्थे । ‘मलाई समय मिलाउन गाह्रो हुन्थ्यो, त्यसैले निम्तो मान्न परिवारलाई पठाउँथे,’ उनी भन्छन्, ‘परिवार र आफन्त सबैले मेरो जिम्मेवारी र दायित्व राम्ररी बुझ्नुभएकाले कहिल्यै पनि गुनासो गर्नुभएन ।’

त्यसो त सिंगै खानदानलाई कुलमानमा गर्व थियो किनकी उनले कुलकै इज्जत बढाइदिएका थिए । देशभर अनवरत उज्यालो बाँड्ने दायित्वमा रहेका कुलमान आफ्नो छोराको पास्नीमा नआएको भनेर कसैले चित्त दुखाउने कुरा पनि आउँथेन ।

अहिले उनको परिवारमा श्रीमती र दुई छोराहरु छन् । श्रीमतीले घर–व्यवहार धानेकी छन् । उनी थान्काको व्यवसाय पनि गर्छिन् । दुई छोराहरु इन्जिनियरिङ पढ्दैछन् । जेठो छोरा सिभिल इन्जिनियरिङ र कान्छो छोरा इलेक्ट्रिकल इन्जिनियरिङका विद्यार्थी हुन् ।

‘छोराहरुले आफ्नो बिँडो थामेर सरकारी क्षेत्रमै नोकरी गरुन् भन्ने चाहनुहुन्छ ?’ कुलमानलाई धेरैले यो प्रश्न गर्छन् । कुलमानले आफ्नो इच्छा–चाहना छोराहरुमा थोपर्न नचाहेको बताए ।

‘हाम्रो समयमा सरकारी जागिर निर्विकल्प जस्तो थियो । तर, अहिले निजी क्षेत्रमा पनि धेरै अवसर छन्,’ उनी भन्छन्, ‘छोराहरुले जुन क्षेत्र रोजे पनि त्यसमा मेरो असहमति हुँदैन ।’ कुलमान यतिचाहिँ चाहन्छन् कि आफूजस्तै दुवै छोराहरु पनि स्वदेशमै बसेर काम गरुन् । अहिलेसम्म दुवै छोरामा विदेशिने मोह पलाएको पनि छैन ।

‘कान्छो छोराचाहिँ फोटोग्राफीको सोखिन छ । काइदाका फोटोहरु खिच्छ । कहिलेकाहीँ अफ्रिकाको जंगलमा गएर फोटो खिच्छु भन्छ,’ उनले हाँस्दै सुनाए । उनी आफ्ना छोराहरुलाई हम्मेसी गाली गर्दैनन् । एकपटक मात्रै ठूलो छोरालाई गाली गरेको उनलाई सम्झना छ । एसएलसी परीक्षा आउन लागेका बेला छोरो दुई दिनसम्म सम्पर्कविहीन भएका थिए । घर आएपछि उनले छोरालाई हकारे ।

‘त्योबेला छोरासँग मोबाइल पनि थिएन । हामीलाई नभनी साथीको घरमा गएर बसेको रहेछ । हामीले निकै खोज्यौं । तेस्रो दिनमा आफैं टुपुल्कियो । अनि साफसँग झपारेँ,’ उनले सुनाए ।

प्राधिकरणबाट निस्किएपछि कुलमान परिवारसँगै धेरै समय बिताइरहेका छन् । साथीभाइ–आफन्तहरुसँग टुटेको सम्पर्क जोडिरहेका छन् । छोराहरुको पढाइ के–कस्तो भइरहेको छ भनेर चासो लिन्छन् । श्रीमतीको मुखबाट घर–व्यहारका कुराहरु सुन्छन् । आफन्त–साथीभाइसँग फोनमा लामो समय गफिन्छन् ।

कोरोनाको महामारीले गर्दा बाहिरफेर भने त्यति हिँडेका छैनन् । जरुरी अवस्थामा सामाजिक दुरी कायम राख्दै सीमित मानिसहरु भेट्छन् । परिस्थिति अलि सहज भएपछि पुख्र्यौली गाउँतिर गएर केही समय बिताउने उनको योजना छ ।

प्रतिक्रिया