आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कंगाेमा नेपाली सेनाका अधिकृत र जवानबीच कु’टाकु’ट, छानविन गर्न सेनाले चाल्यो यस्तो कडा कदम

प्रकाशित
1.2K
SHARES

काठमाडाैं । अनुशासन उल्लंघन गरेको कसुरमा अफ्रिकाको कंगोमा खटिएको नेपाली सेनाका अधिकृत र जवानमाथि छानविन सुरू गरिएको छ। शान्ति स्थापनार्थ खटिएको गणमा सैनिक आचरण र मर्यादाविपरीत कार्य भएको घटनामा सेनाले ‘कोर्ट अफ इन्क्वायरी’ सुरू गरेको हो।

घटना छानविनको लागि ज्येष्ठ सेनानीको (मेजर) नेतृत्वमा छानविन थालिएको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ। शान्ति स्थापना कार्यमा संलग्न सेनाका सदस्यमा उच्चस्तरको अनुशासन कायम राख्न सेनाले यो छानविन अघि बढाएको सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले बताए।

बिहीबार कंगोमा खटिएको उक्त क्याम्पमा सैनिक अधिकृतहरूले जवानलाई कुटपिट गरेका थिए। यो खबर सामाजिक सञ्जालमा आएपछि जंगी अड्डाले प्रारम्भिक रुपमा छानविन थाल्यो। प्रारम्भिक छानविनमा सैनिक जवान र क्याप्टेनहरूबीच झगडा हुँदा कुटपिट भएको बुझिएपछि जंगी अड्डाले छानविन समिति नै गठन गरेको हो।

‘वादविवाद र झगडा हुँदा घटनाले कुटपिटको रुप लिएको भन्ने बुझिन आएपछि समिति गठन गरिएको हो,’ पौडेलले भने, ‘यो निकै गम्भीर आरोप भएकाले तरिकावद्ध रुपमा छानविन समिति गठन गरिएको हो।’ कंगोमा सेनाको सात सय जनाको पल्टन शान्ति स्थापनार्थ खटिएको छ।

‘कसको के दोष हो, सैनिक ऐनको कुन दफा र कारबाही आकर्षित हुन्छ, समितिले त्यो निर्क्यौल गरेर कारबाही सिफारिस गर्छ,’ उनले भने, ‘त्यसपछि सैनिक अदालत गठन गरेर आवश्यक कारबाही सुरू हुन्छ।’ पल्टनमा सबै ‘क्लोज क्याम्प’मै रहेको हुँदा छानविन एक साताभित्रै सकिने उनले बताए।

उक्त पल्टन कंगो खटिएको एक वर्ष पुगेको छ। सो पल्टन असोजमै नेपाल फर्किंदैछ। उक्त पल्टन बदली गर्न पाँचखालमा अर्को टोली तयार पारिँदैछ। यसैबीच कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथामा खटिएका सुरक्षाकर्मी नै एकपछि अर्को गर्दै कोरोना संक्रिमत हुन थालेका छन् ।

अहिलेसम्म फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीभन्दा बढी सुरक्षाकर्मी काेराेनाबाट संक्रमित भएका छन् । बारामा कोरोना पुष्टि भएका ५ मध्ये २ जना नेपाली सेनामा कार्यरत रहेको खुलेको छ । बाराको पचरौता नगरपालिकाको क्वारेन्टाइन सुरक्षार्थ खटिएका २ जना सैनिक जवानमा कोरोना पुष्टि भएको हो ।

दुई दिनयता जिल्ला प्रहरी कार्यालय बाराका १ प्रहरी निरीक्षकसहित ७ जनामा कोरोना पुष्टि भएको छ ।सुरूमा १ जना प्रहरी जवानमा कोरोना पोजिटिभ देखिएपछि जिल्ला प्रहरी कार्यालयका ५१ जना प्रहरीको कोरोना परीक्षण गरिएको थियो । तीमध्ये अन्य ६ जना प्रहरीमा कोरोना पोजिटिभ देखिएको हो ।

त्यसरी महानगरीय प्रहरी वृत्त कालिमाटीका २ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएकाे थियाे । त्यसपछि वृत्तका अन्य सबै प्रहरीको शुक्रबार कोरोना परीक्षण गरिएको छ । उनीहरूको रिपोर्ट आउन भने बाँकी छ ।

यसरी कोरोना नियन्त्रण गर्न खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग गरी २२ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये धेरै नेपाल प्रहरीका छन् ।

नेपाल प्रहरीका १३ जना सुरक्षाकर्मीमा काेराेना संक्रमण पुष्टि भइसकेकाे छ । त्यस्तै, नेपाली सेना र सशस्त्र प्रहरीका ४–४ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ । उता, राष्ट्रिय अनुसन्धान विभागमा पनि १ जनामा कोरोना पुष्टि भएको विभागले जनाएको छ ।

कोरोना भाइरस रोकथामका लागि फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी नै कोरोना भाइरस संक्रमित हुन थालेपछि सबै सुरक्षा निकायले उच्च सर्तकता अपनाएका छन् । नेपाली सेना, प्रहरीले बिदाबाट फर्केकाहरूलाई सेल्फ क्वारेन्टाइनमा राख्नेदेखि फिल्डमा खटिँदा उच्च सर्तकता अपनाएर काम गर्न निर्देशन दिएको छ ।

प्रहरीले बिदाबाट फर्केका सुरक्षाकर्मीको कोरोना परीक्षणसमेत सुरू गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) निरजबहादुर शाहीले बताए ।कोरोना संक्रमितको पछिल्लो तथ्याङ्क हेर्दा कोरोना उपचारका लागि खटिएका स्वास्थ्यकर्मीभन्दा राेकथामका लागि खटिएका सुरक्षाकर्मी बढी प्रभावित देखिएका छन् ।

२२ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि हुँदा स्वास्थ्यकर्मीकाे तथ्याङ्क भने निकै न्यून छ । सरकारले दिएकाे जानकारी गराएअनुसार अहिलेसम्म १ जना स्वास्थ्यकर्मीमा मात्र कोरोना पुष्टि भएको छ । कपिलवस्तुकी एकजना स्टार्फ नर्समा कोरोना पोजिटिभ देखिएकी थिइन् ।

कुनै मानिसको स्वास्थ्य अवस्थाबारे जानकारी नै नलिई विभिन्न कारणले आममानिससँग बढी घुलमिल हुनुपर्ने भएकाले स्वास्थ्यकर्मीभन्दा प्रहरीलाई जोखिम बढी देखिएको महानगरीय प्रहरी कार्यालय रानीपाखेरीका प्रमुख डीआईजी विश्वराज पोखरेलको भनाइ छ ।

‘कहिले विभिन्न आपराधिक गतिविधि भइरहेको हुन्छ । कतै जुलुस हुन्छ । त्यसलाई नियन्त्रण गर्नैपर्छ । कुनै मानिसमा कोरोना छ वा छैन्, हामीलाई थाहा हुँदैन । भीडभाड हुँदा नियन्त्रण गर्न प्रहरी नै जानुपर्छ, त्यसकारण फ्रन्टलाइनको प्रहरी उच्च जोखिममा छ’, डीआईजी पोखरेलले भने ।

प्रहरीको तुलनामा स्वास्थ्यकर्मीले बिरामीको सबै हिस्ट्री खोजेर उपचार प्रक्रिया अगाडि बढाउने भएकाले उनीहरूमा केही जोखिम कम रहेको पोखरेलको भनाइ छ । यस्तै गृहमन्त्री रामबहादुर थापाले हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको दाबी गरेका छन्।

हुम्लामा नेपाल-चीन सीमा विवाद आइरहेका बेला थापाले यस्तो बताएका हुन्। ‘चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन,’ उनले भने। परराष्ट्र मन्त्रालयले नै यसबारे स्पष्ट पारिसकेकाले मिडियामा आएजस्तो नेपाली भूमि अतिक्रमण नभएको उनले बताए।

उनले प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्नेबारे निर्णय नभएको बताएका छन्। दार्चुलामा निर्माण गरिएको सशस्त्र प्रहरी गुल्मको उद्घाटन गरी शनिवार सुर्खेत आएका गृहमन्त्री थापाले पार्टी र सरकारका तर्फबाट मुख्यमन्त्री परिवर्तन गर्ने भन्ने निर्णय नभएको बताएका हुन्।

नेकपाको स्थायी कमिटीले केन्द्र र प्रदेशको सरकार पुनर्गठन गर्ने निर्देशन दिएको भए पनि निर्णय भने नभएको उनले बताए। ‘यसमा सम्बन्धित पक्षले निर्णय गर्ला, तर अहिले नै मुख्यमन्त्री परिवर्तनको निर्णय भएको छैन,’ उनले भने ।

प्राकृतिक विपदको जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सरकारले सुरक्षित आवास निर्माणका लागि गृहकार्य गरिरहेको उनले जानकारी दिए। देशभर बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएकोले सुरक्षित आवास निर्माणको गृहकार्यमा सरकार लागेको उनले बताए।

‘कुन ठाउँ बढी जोखिम छ र कस्तो ठाउँमा बस्ती बसाल्दा उपयुक्त हुन्छ भन्ने प्रतिवेदन तयार गरिरहेकाले सोही प्रतिवेदनका आधारमा सुरक्षित बस्ती बसाल्ने काम हुन्छ,’ गृहमन्त्री थापाले भने।

प्रतिक्रिया