आज : गते

ताजा शिर्षकहरु

प्रदर्शनले हिंसात्मक रुप लिएपछि सेना परिचालन, १ सुरक्षाकर्मीको मृत्यु

प्रकाशित
16.7K
SHARES

पाकिस्तानको इस्लामावादमा इस्निन्दा कानुनको समर्थनमा गरिएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि त्यहाँ सेना परिचालन गरीएको छ ।

सो कानुनको समर्थन गर्दै आइरहेको इस्लामिक संगठन तहरीक–ए–लब्बैकले विगत २० दिनदेखि पाकिस्तानको इस्लामावादस्थित फैजावादमा प्रदर्शन गर्दै आएको बिबिसीले उल्लेख गरेको छ ।

प्रदर्शनका क्रममा धर्नामा रहेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले हटाउने क्रममा इस्लामिक प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा १ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

झडपका क्रममा सयभन्दा बढी प्रदर्शनकारी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमध्यमहरुले जनाएका छन् । संगठनले पाकिस्तानका कानुन मन्त्री हमिद हमीदको राजीनामा माग गर्दै प्रदर्शन गर्दै आएकोमा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले सयौं प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ ।

पाकिस्तानी मिडिया अखबार जंगले इस्लामावादमा तनाब भएको खबर प्रकाशित गरेको छ भने ‘दुनियाँ’ का अनुसार सेना प्रमुखले प्रधानमन्त्रीसँग टेलिफोनमा कुरा गरेको जनाएको छ ।

टेलिफोन कुराकानीका क्रममा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले हिंसात्मक भन्दा पनि शान्तिपूर्णरुपमा समस्याको समाधान गर्न निर्देशन गरेका छन् ।

प्रतिक्रिया