आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडाैं सहित देशभर बिजुली जान थालेपछि ऊर्जामन्त्री पुनले चाले यस्तो कदम, होला त समस्या समाधान ?

प्रकाशित
201
SHARES

काठमाडाैं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकहरुलाई बिहीबार मन्त्रालयमा बोलाएर समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिएका हुन् ।

मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न र ठूलै समस्या आए तत्काल आफूलाई जानकारी दिन पनि भने । ‘जनता हाम्रा ग्राहक हुन्, ग्राहकका गुनासा तत्काल सम्बोधन गर्नुस्’, मन्त्री पुनले भने, ‘नियमित विद्युत सेवा पाइरहेका जनताले सेवा अनियमित हुँदा गरेको गु्नासालाई नकारात्मक रुपमा नलिऔं, नियमित विद्युत पाउनु जनताको अधिकार हो भन्ने ख्याल गरेर काम गरौं, छिटोभन्दा छिटो गुनासाहरुको सम्बोधन गरौं ।’

मन्त्री पुनले हाल प्राधिकरण कार्यकारी निर्देशक बिहीन रहेको विषयसँग जोडेर केही मानिसले सरकार, मन्त्रालय र प्राधिकरणको नियतमाथि प्रश्न उठाइरहेको भन्दै ती प्रश्नको व्यवहारबाटै जवाफ दिनुपर्नेमा जोड दिए । ‘समय परिस्थिति र घटनाक्रमका कारण पनि सरकार, मन्त्रालय र प्राधिकरणमाथि कतिपय स्वाभाविक, कतिपय अस्वाभाविक र कतिपय नियोजित गुनासा आएका छन्’, मन्त्री पुनले भने, ‘जायज र स्वाभाविक गुनासोलाई सम्मान गर्दै आफ्नो काम इमान्दारीपूर्वक गरौं, नियोजित आशंका आफैं हटेर जान्छन् ।’

मन्त्री पुनले विद्युत जनताको जीवनसँग अभिन्न रुपले जोडिएकाले त्यस्तो संवेदनशील निकायलाई एक मिनेट पनि ढिला गर्ने छुट नभएको उल्लेख गरे । उनले कोभिड–१९ का कारण विद्यालय र विश्वविद्यालयहरुको पठनपाठन अनलाइन कक्षामार्फत भइरहेकाले पनि विद्युत अनियमित हुँदा विद्यार्थीको पढाइमा थप प्रतिकूल असर पर्नसक्नेतर्फ गम्भीर हुनुपर्ने उल्लेख गरे ।

मन्त्री पुनले प्राधिकरणको कार्यकारी निर्देशक आउने÷जाने प्रक्रिया नियमित भएको स्पष्ट गर्दै प्राधिकरणमा निवर्तमान कार्यकारी निर्देशकसँगै बसेर राम्रो काम गरेको टिममाथि नै प्रश्न उठाएकाले ती प्रश्नका जवाफ कामबाटै दिन आग्रह गरे ।

मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नियमित विद्युत पाइरहेका जनता समस्यामा पर्दा शंकाको आँखाले हेर्नु स्वाभाविक भएको बताए । उनले प्राधिकरणका समस्या समाधान गरी जनतालाई नियमित विद्युत उपलब्ध गराउने काममा मन्त्रालय सधैं गम्भीर रहेको स्पष्ट गरे ।

मन्त्रालयका प्रवक्ता एवं सह–सचिव प्रवीणराज अर्यालले विद्युत प्रणालीमा आएका समस्याबारे समयमै सही सूचना नपाउँदा कतिपय अवस्थामा जनतामा भ्रम पर्न गएको भन्दै सूचना सम्प्रेषणमा ध्यान दिन सुझाव दिए। प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालाले खराब मौसमका कारण समस्या आएको भन्दै मौसममा सुधार आएसँगै धेरै हदसम्म समस्या आफैं समाधान भएर जाने जानकारी दिए ।

‘दशैँमा कोरोना कोसेली बोकेर त हिँड्दै छैनौं ? सोच्ने बेला आयो’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर रहेका कुल संक्रमित मध्ये काठमाडौँ उपत्यकामा मात्र ५० प्रतिशत रहेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले लकडाउन तथा निषेधाज्ञा खुकुलो भएपछि काठमाडौँ उपत्यमामा कोरोना संक्रमण बढ्दै गएको बताए ।

उनले देशभर कोरोना संक्रमण बढ्दै जाँदा काठमाडौँ उपत्यकामा ५० प्रतिशतमा संक्रमण देखिएको बताएका हुन् । ‘निषेधाज्ञा समाप्त भएको केही दिनमै काठमाडौँमा संक्रमणको दर तीव्र रुपमा बढेको छ,’ डा गौतमले भने, ‘संक्रमित संख्या मध्ये करिव ५० प्रतिशत संक्रमित काठमाडौँ उपत्यकामा नै भएको पाइन्छ ।’

डा गौतमले कोरोना संक्रमण बढ्दै जाँदा काठमाडौँ, चितवनलगायतका जिल्लामा कोरोना संक्रमण बढेको बताए । उनले पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौँ उपत्यका र चितवनमा कोरोना संक्रमण देखिएको बताए ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४९७ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँ उपत्यकाका मात्र ७५५ जना छन् । काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँमा ६०९ जना, भक्तपुरमा ५१ जना र ललितपुरमा ९५ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै चितवनमा १३७ जनामा कोरोना पुष्टि भएको छ ।

उनले काठमाडौँ लगायतका घना बस्तीहरुमा जनस्वास्थ्यको मापदण्ड पालना नहुँदा कोरोना संक्रमण बढ्दै गएको पनि बताए । भिडभाड बढी हुने स्थानमा कोरोना संक्रमणको जोखिम बढी हुने भन्दै उनले जनस्वास्थ्यको मापदण्ड पूर्ण पालना गर्न सबैलाई आग्रह गरे ।

सामाजिक र आर्थिक क्षेत्रलाई परेको असरबारे ध्यानमा राखेर काममा केन्द्रित हुँदै गर्दा धेरैले कोरोनालाई विर्सिएर जनस्वास्थ्यको मापदण्ड पालना गर्न हेलचेक्याइ भएको उनको भनाइ छ । डा गौतमले कोरोना संक्रमण केही होइन भनेर सोच्नु पनि अर्को ठूलो भ्रम भएको र त्यसले आफु र आफ्नो परिवारलाई असर पर्ने बताए ।

डा गौतमले परिवारका वयस्क व्यक्तिले घरमा पुर्‍याउने संक्रमण घरमै रहेका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई सर्ने र त्यसबाट उनीहरुलााई बचाउन ठूलो चुनौती भएको बताए ।

‘हामी कामकाजी युवाहरु घरबाट काममा निस्किन्छौं, यदी मैले सतर्कता नअपनाए, मेरो परिवारलाई कोरोना संक्रमण सर्ने कारण म नै हुनसक्छु भन्ने कुरा सदैब दिमागमा राख्नुपर्छ,’ डा गौतमले भने, ‘युवाहरुमा कोरोनाका संक्रमणका लक्षणहरु नदेखिए पनि उहाँहरुले परिवारका अन्य सदस्यहरुलाई संक्रमण सार्न सक्नुहुन्छ ।’ कोरोना संक्रमण पनि बढ्दै गएको र चाडपर्व पनि नजिकिदै गरेको अवस्थामा विशेष सावधानी अपनाउन पनि डा गौतमलले आग्रह गरे ।

‘अब छिट्टै नै दशैँ पनि नजिकिदै छ । हामी विभिन्न शहर र घना बस्तिबाट आफ्ना गाउँमा आफ्ना बुबा आमा, वृद्ध हजुरबुबा हजुरआमासँग आर्शिवाद लिन जाने क्रममा कतै कोरोना कोसेली त बोकेर जाँदै छैनौं भनेर सोच्ने बेला आएको छ,’ डा गौतमलले भने, ‘अर्को कुरा कोरोना संक्रमण बढ्दै गएको र दशैँ पनि नजिकिदै गएको अवस्थामा कोरोनाबाट आफु र आफ्ना परिवारलाई कसरी बचाउने भन्ने दायित्व छ ।’

डा गौतमलले लक्षणसहित संक्रमित बढ्दै गएको समयमा सीमित स्रोत साधन भएकाले नेपालमा संक्रमितको व्यवस्थापन र उपचारमा ठूलो चुनौती रहेको पनि बताए । उनले कोरोना संक्रमति भएर पछुताउनु भन्दा कोरोना संक्रमण लाग्नै नदिन सचेत हुनुपर्ने बताए ।

डा गौतमलले कोरोना संक्रमितसँग भेटेको व्यक्तिले भेट भएको छैटौं दिनमा कोरोना परीक्षण गर्न पनि आग्रह गरेका छन् । उनले होम आइसोलेसनमा बस्दा संक्रमितले विशेष सावधानी अपनाएर आफ्नो सामान आफैँले सफा गर्ने, अन्य व्यक्तिको सम्पर्कमा नआउने, व्यायम गर्ने र आफुलाई रुची लागेको काम गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया