आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

दोस्रो चरणको लकडाउन पहिलेजस्तो कडा नहुने, विद्यालय तथा विश्वविद्यालयहरु खुल्ने

प्रकाशित
243
SHARES

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा कोभिड १९ को संक्रमणको अवस्था थप जटिल बन्दै गएको बताएका छन् । उनले यसअघि नै चिन्ताजनक अवस्था बढ्दै गएकाले यहाँ थप प्रतिबन्धहरु लगाइने बताएको र सोही बमोजिम मंगलबार यहाँ नयाँ प्रतिबन्धहरुको घोषणा गरिएको छ ।

तर ती प्रतिबन्धहरु भने त्यति कडा छैनन् । यसअघिको भन्दा खुकुलो गरी हालका लागि प्रतिबन्धको घोषणा गरिएको छ । प्रधानमन्त्री जोन्सनले थप प्रतिबन्धात्मक व्यवस्थाहरु घोषणा गर्ने अपेक्षा गरिएकोमा ती प्रतिबन्धहरु त्यति कडा नरहेका बताइएको हो ।

उनले देशका युवाको भविष्यलाई ध्यानमा राखेर विद्यालय, विश्वविद्यालयहरु खोल्न दिइने बताए । तर उनीहरुले पनि सुरक्षा सावधानीका कार्यहरु भने पूरा गर्नुपर्ने उनले बताए । त्यस्तै सावधानीहरु अपनाएर, व्यापार व्यवसाय, होटल रेष्टुरेन्टहरु पनि सीमित संख्याका व्यक्तिहरुलाई मात्र सेवा दिने गरेर केही खुकुलो गरिने र पहिलेको जस्तो कडा खालको लकडाउन नगरिने भएको हो ।

केही आदेशहरु त जारी गरिएका छन् तर ती आदेशहरु पहिलेको जस्तो कडा खालको नभएको बताइएको हो । बेलायतमा कोरोनाभाइरसबाट संक्रमितहरुको संख्याका आधारमा बेलायत अहिले १४ औँ अग्रपङक्तिमा पर्दछ । बेलायतमा अहिलेसम्म ३ लाख ९४ हजार २५७ जना संक्रमित भएका छन् भने तीमध्ये ४१ हजार ७७७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

यहाँ दोस्रो चरणमा कोभिडको संक्रमण प्रवेश गरेको बताइएको छ । यसै कारणले यहाँका वरिष्ठ चिकित्सा सल्लाहकारहरुले देशमा कोरोनाभाइरसका कारण नराम्रो अवस्था पनि आउन सक्ने चेतावनी दिएका थिए । महामारीको पछिल्लो अवस्था हेर्दा र थप उच्च व्यवस्थापन गर्न नसकिएमा नराम्रो अवस्था आउनसक्ने उनीहरुले सोमबार चेतावनी दिएका थिए । त्यसपछि प्रधानमन्त्रीले थप प्रतिबन्धहरु घोषणा गरेका हुन् ।

यहाँका चिकित्सकहरुले पनि यहाँ कोरोना महामारीको दोस्रो लहर आएको र त्यसले तल्लो तहसम्म र पहिलाभन्दा बढी असर पार्न सक्ने बताएका छन् । दोस्रो चरणको महामारीमा हरेक हप्ता दोब्बर मात्रामा संक्रमितहरुको संख्यामा बृद्धि हुदै गइरहेको छ । यो फैलावट यहाँ पहिलो चरणको भन्दा पनि तीव्र रुपमा भएको उनीहरुको भनाइ छ ।

उता अस्ट्रेलियाको तास्मानिया द्वीपमा सयौँ ह्वेल अलपत्र परेका छन् । त्यसमध्ये कयौँको मृत्यु भएको बीबीसीले जनाएको छ सोमवारयता उक्त द्वीपको पश्चिमी तटमा झन्डै ४७० वटा ह्वेल फेला परेका छन्। अहिले देखा परेको नयाँ समूहमा भएका २०० मध्ये अधिकांश ह्वेल मरिसकेको जस्तो देखिएको उद्धारकर्ताहरूले जनाएका छन् ।

उनीहरूका अनुसार उद्धारकर्ताहरूले थोरै पानी भएको ठाउँमा अलपत्र परेका ह्वेललाई जोगाउन संघर्ष गरिरहेका छन्। पहिला फेला परेको समूहका २५ वटा ह्वेललाई मङ्गलवार उद्धार गरिएको थियो । तर तीमध्ये केहीलाई छालले फेरि तटतिर ल्याइदिएको अधिकारीहरूले बताएका छन्।

अस्ट्रेलियन एन्टार्क्टिक डिभिजनले अहिले अलपत्र परेका ह्वेलको सङ्ख्या सर्वाधिक हो कि हैन भनेर अभिलेखको अध्ययन गरिरहेको जनाएको छ। तास्मानियामा यसअघि सन् १९३५ मा २९४ वटा र सन् २००९ मा २०० वटा पाइलट ह्वेल फसेका बीबीसीले जनाएको छ ।

प्रतिक्रिया