आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देशभर निरन्तर पानी परिरहेका बेला मौसमसम्बन्धि आयो अर्को नयाँ अपडेट, हेर्नुहोस बिस्तृत विवरणसहित

प्रकाशित
897
SHARES

काठमाडौँ । देशका बिभिन्न स्थानहरुमा वर्षा भइ रहेका बेला मौसमसम्बन्धि अर्को नयाँ अपडेट आएको छ । मौसम पूर्वानुमान महाशाखाले आज पनि अति वर्षा वर्षाको सम्भावना रहेको जनाएको छ । बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर–पुर्व सर्दै गरेको जनाएको छ ।

अहिले देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १/२ स्थानहरुमा अति भारी वर्षा भइरहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी, आज दिउँसो देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १/२ स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको छ।

यस्तै, देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १/२ स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको छ।

त्यस्तै नारायणी र तिनाउ नदीमा बाढीले खतराको तह पारेको छ । तटीय क्षेत्र र आसपासमा डुबान हुन सक्ने खतरा भएकाले आज दिउँसोसम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

तिनाउ नदीमा ५.२ मिटरसम्म सतर्कताको तह र ५.६ मिटरसम्म खतराको तह मानिन्छ । आज बिहान साढे ७ बजेसम्मको रेकर्डअनुसार तिनाउको जलसतह ५.७१ मिटर पुगेको छ । यद्यपि यो सतह घट्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नारायणी नदीको बाढीले पनि सतर्कताको तह पार गरेको छ । डण्डा, गैंडाकोट, डेढगाउँ र कल्याणपुर क्षेत्रमा भारी वर्षा भएको छ । त्यसैले चितवन, नवलपरासी लगायतका तटीय क्षेत्रमा पनि दिउँसोसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

देशभर नै निरन्तर वर्षा भइरहेकाले देशका अधिकांश नदी तथा खोलाहरुमा बाढी आएको छ । यसअघि नै बाढी सूचना केन्द्रले बाढी आउने पूर्वानुमान गर्दै ११ गतेसम्म तटीय क्षेत्रमा नजान आग्रह गरेको थियो । यस्तै पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका वडा नम्बर २ का होमबहादुर गाहाको घर गएराति पहिरोले पुरिएको हो ।

असोज ८ गते (बिहीबार) दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति : देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १-२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

असोज ९ गते (शुक्रबार) दिउँसो : देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका थोरै स्थानमा भारी वर्षा र १-२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति : देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा र १-२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

असोज १० गते (शनिबार) दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ का १-२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ। राति : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लगातारको वर्षाले चितवनको जनजीवन प्रभावित भएको छ । बाढीले नारायणी नदी उर्लिएको छ । राजधानी जोड्ने मुख्य सडक नारायणगढ–मुग्लिन सडकमा बुधबार बिहानैदेखि गएको पहिरो दिउँसोदेखि थपिँदै गएको छ । पहिरो खसिरहेकाले बुधबार रातिदेखि यातायात ठप्प रहेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पानी पर्न नरोकिँदासम्म सो सडक हुँदै यात्रा नगर्न प्रहरीको अनुरोध छ ।

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार पहिरोका कारण बुधबार राति सवा नौ बजेदेखि नारायणगढ मुग्लिन सडक ठप्प भएको छ । इच्छाकामना गाउँपालिका–६ चार किलोमा बुधबार बिहानैदेखि पहिरो झर्न सुरु भएको थियो । दिउँसो चार बजेपछि बाटो ठप्प भएको थियो ।

साँझ सात बजेपछि एकतर्फी गाडी चले पनि पहिरो थपिएपछि राति सवा नौ बजेबाट बाटो पूर्ण रुपमा बन्द भएको चितवन ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । निरन्तर ठूलो वर्षा भइरहेका कारण पहिरोको समस्या थपिने आकलन गर्दै चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले बाटो पूर्ण रुपमा खुलेको जानकारी नआउँदासम्म सो सडक हुँदै यात्रा नगर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया