आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ ? यातायात विभागकाे अपिल अनिवार्य पढ्नुहाेस

प्रकाशित
461
SHARES

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ का कारण झन्डै ६ महिनापछि संचालनमा आएका लामो दुरीका यातायात यात्रा गर्दा घरबाटै खाना बोकेर जान आग्रह गरेको छ।

बुधबार एक विज्ञप्ति मार्फत विभागले यात्राका क्रममा जथाभावी खाना/खाजा खाँदा, सवारी साधनमा चढ्दा/झर्दा र अनावश्यक याता गर्दा कोभिड १९ को संक्रमण झनै फैलिन सक्ने खतरा रहेको भन्दै यात्रुहरुलाई आफुलाई आबश्यक पर्ने खाना/खाजा सकेसम्म आफैले घरबाट नै प्याकिङ्ग गरि साथमा लिएर हिड्न अपिन गरेको छ ।

त्यस्तै अत्यावश्यक भएमात्रै लामो दूरीको यात्रा गर्न समेत विभागले अपिल गरेको हो । विभागले सडक आसपासका होटल तथा रेष्टुरेन्टलाई पनि स्वच्छ खाजा र खाना प्याकिङ गरेर बिक्री गर्ने प्रवन्ध गर्न विभागले सार्वजनिक सूचनामार्फत् आग्रह गरेको छ।

यसैबीच उता भीमफेदी–कुलेखानी सडकखण्डको इन्द्रसरोवर गाउँपालिका–२ देउराली नजिक जिप पुरिँदा एक जनाको मृत्यु भएको छ । सडकमा गुडिरहँदा माथिबाट खसेको पहिरोले जिप पुरिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार मृतक बारा पर्सौनी–४, का ४० वर्षीय युनिश अन्सारी हुन् । उनको घटनास्थलमै मृत्यु भएको रानाले जानकारी दिए । जिपमा चालक मात्र रहेको उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

बुधबार बिहान करिब १० बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा १७ च ४८७४ नम्बरको स्कार्पियो जिपमाथि ढुंगासहितको पहिरो खसेको थियो । पहिरोले बा ९७ प ५१४८ नम्बरको मोटरसाइकललाई समेत क्षति पुर्‍याएको थियो । मोटरसाइकलमा सवार दुई जनाको सकुशल उद्धार गरिएको थियो । जसमध्ये एकजनालाई थप उपचारका लागि काठमाडौं पठाइएको थियो ।

अहिले एक्स्काभेटर लगाएर पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ । यस्तै नेपाल सरकारले १ अक्टोबर अर्थात असोज १५ देखि कतार, साउदी अरब र कुवेतबाट पनि नियमित उडान गर्ने निर्णय गरेको छ । सरकारको निर्णयपछि प्रवासी नेपालीहरूले खुसी प्रकट गरेका छन् ।

स्वदेश फिर्तीको पर्खाइमा बसेका नेपालीहरूले सामाजिक सञ्जालमा खुसीको कुरा लेखेका हुन् । कतिपयले सरकारले ढिलो गरेकोमा आक्रोश प्रकट गरे पनि घर फर्किन पाउने भएकोमा सन्तोष प्रकट गरेका छन् ।

गजेन्द्र हर्मेल सामाजिक सञ्जालमा लेख्छन्, ‘हामी खाडी मुलुकमा विभिन्न कारणले स्वदेश फर्कनु पर्नेहरूको हकमा ढिलै भए पनि नेपाल सरकारले राम्रो निर्णय गरेको छ खुशी लाग्यो, अब स्वदेश फिर्तिको लागि टिकट पनि अलिक सस्तोदरमा उपलब्ध गराइयोस् ।’

यस्तै, कतारबाट संखुवासभाका केदार जोगी लेख्छन्, ‘आशा छ, महिनौँदेखि बेरोजगार, अभाव कष्ट तथा परिवारसँगको विछोडको पिडाले बिरानो भूमिमा छटपटाइरहेका नेपाली जनको ढिलै भए पनि नेपाल फर्किने सपना पूरा हुने छ, खुशी लाग्यो ।’

साउदी अरबबाट दीपक आले लेख्छन, ‘रेगुलर उडान भनेर पैसा अहिले जति नै त लिने होला नि ? तर, जे होस् ढिलै भए पनि धेरै घर जान पाउँछन्, त्यो नै खुशी मानौँ साथीहरू ।’ कतारबाट सुनसरीका वीरेन्द्र लिम्बू लेख्छन्, ‘नेपाल सरकारले ढिलै भए पनि सही निर्णय गरेको छ, अब कतारबाट म लगायत धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई स्वदेश फर्किन सहज हुने अपेक्षा राखेको छु ।’

यस्तै कुवेत लगाय नियमित उडान सुरु भएका अन्य देशहरूबाट पनि नेपाल सरकारले गरेको यो निर्णयले लामो समयदेखि स्वदेश फिर्तिको पर्खाइमा रहेका हजारौँ नेपालीहरूले सरकारलाई धन्यवाद दिएका छन् । कतिपयले सरकारले यसअघि नै चार्टर्ड उडानमार्फत राम्रो आम्दानी गरिसकेको र त्यसपछि मात्र नियमित उडान खोलेको भन्दै सामाजिक सञ्जालमा आक्रोश पनि पोखेका छन् ।

सेप्टेम्बरका लागि तय गरिएको तालिकाअनुसार अहिले उडान भइरहेको छ । अब नयाँ उडान तालिकाअनुसार कतारबाट नेपाल एअरलाइन्सका न्यारोबडी, वाइडबडी जहाज र हिमालय एअरलाइन्सले उडान भर्नेछन् ।

यसैगरी, कुवेतबाट जजिरा एयरवेजले उडान गर्नेछ । साउदी अरबको रियादबाट हिमालय एयरलाइन्सले पनि नियमित उडान गर्ने जनाइएको छ । यसअघि सरकारले कतार, कुवेत र साउदी अरबमा पीसीआर जाँच सहज नभएको भन्दै नियमित उडानमा रोक लगाएको थियो ।

प्रतिक्रिया