आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना संक्रमण

प्रकाशित
205
SHARES

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना गरी जम्मा ६१८ जना संक्रमित थपिएका छन् । यसअघि बुधबार (हिजो) काठमाडौंमा ६५२, भक्तपुरमा २५ र ललितपुरमा ६० जना गरी जम्मा ७३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

यस्तै नेपालमा थप १२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ थियो । पछिल्लो २४ घण्टामा थप १२४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४२ हजार ९४९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४० हजार ६३८ थियो ।

यस्तै नेपालमा ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३८३ पुगेको छ ।

पछिल्लो एक सातामा कति जनाले ज्यान गुमाए ?
यसअघि बुधबार (हिजो) कोरोनाका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो । यसअघि मंगलबार ११ जनाको कोरोनाका कारण ज्यान गएको थियो । त्यसअघि सोमबार एकैदिन १५ जनाको कोरोनाका कारण ज्यान गुमाएका थिए ।

मन्त्रालयका अनुसार गएको आइतबार भने कोरोनाका कारण ९ जनाले ज्यान गुमाएका थिए । मन्त्रालयका अनुसार यसअघि शनिबार १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो । कोरोनाकै कारण गएको शुक्रबार ५ जनाको कोरोनाले मृत्यु भएको थियो भने गत विहीबार १ महिला र ४ पुरुष गरी पाँच जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया