आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भूकम्पको कडा झट्काले काठमाडाैं हल्लिएका बेला मौसमसम्बन्धि आयो यस्तो नया अपडेट, हेर्नुहोस बिस्तृतमा

प्रकाशित
2K
SHARES

काठमाडाैं ।  सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएको ६ रेक्टरस्केलको शक्तिशाली भूकम्पले काठमाडाैं समेत हल्लायाे । त्यसकाे केहि समय नबित्दै बुधबार नै मौसमसम्बन्धि जानकारी प्राप्त भएको छ । निरन्तर पहिरोले थला पार्दै आएको सिन्धुपाल्चोकमा बुधबारको भूकम्पले जमिन चिरा परेको छ । यस्तो बेलामा त्यहाँ पानी परे अझ धेरै पहिरोको जोखिम बढेको छ ।

यहिसमयमा आगामी जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबारसम्म देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए ।

‘ शुक्रबारसम्म राति तथा बिहानीपख बढी वर्षा हुने गर्दछ, यो मनसुन अन्त्य हुने पूर्वको क्रियाकलाप हो’, मौसमविद् पौडेलले भने । मनसुन अन्त्य हुने औसत समय सेप्टेम्बर २३ भएकाले अब नेपालमा एक साता मनसुन सक्रिय हुन सक्ने उनले बताए ।

हाल देशभर सामान्य बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव आठ र अधिकतम तापक्रम २८ दशमलव तीन डिग्री सेल्सियस छ ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३५ दशमलव दुई डग्री सेल्सियस रहेको छ ।

भदौ अन्तिम साताको वर्षा धानखेतीका लागि अमृत

भदौ अन्तिमतिर लगातार भएको वर्षा धानखेतीका लागि अमृत भएको छ । भदौ अन्तिम साताको प्रारम्भसँगै दिनदिनै जसो परेको पानीले धानबाली हरियो भएर फिरेपछि महोत्तरीका किसानले राहत महसुस गरेका छन् । भदौ लागिकन पानी नपाएको र नाइट्रोजन मल (युरिया) पनि हाल्न नपाएर कक्रिएको धानको गाँज भदौ निगल्दोको पछिल्लो वर्षाले फिरेपछि किसानलाई राहत मिलेको हो ।

भदौ अन्तिम साताको प्रारम्भसँगै महोत्तरीका सबैजसो भेगमा लगातार परिरहेको पानीले पहेँलिनै लागेका धानका बोट फिरेका छन् । दिनहुँजसो केहीबेर धानका जरा मजाले सिञ्चित गर्ने गरी मन्दमन्द भइरहेको वर्षाले बोट हरियो भएर हलक्क बढेको किसान बताउँछन् । महोत्तरीमा भदौ २२ यता दिनहुँजसो केहीबेर पानी पर्दै आएको छ ।

“हामी आकास ताक्नेका लागि त पछिल्लो वर्षा अमृत नै भएको छ”, जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरका किसान मोहनखाँ थारुले भने, “धानको रोपो सरेपछि गाँजिने बेलामा युरिया मल हाल्न पाएनौँ, भदौ तीन सातासम्म खासै पानी पनि परेन तर अहिले भदौ निगल्दो दिनहुँजसो केहीबेर परिरहेको पानीले धान फिरेको छ ।” भदौ निगल्दोको अहिलेको वर्षामा हुने अम्लीयपनले धानका लागि मलको समेत काम गरेको खाँको भनाइ छ ।

जिल्लाभरिकै कुल खेतीयोग्य जग्गामध्ये ८० प्रतिशतभन्दा बढी आकासे पानीकै भरमा खेती गर्नुपर्ने अवस्था छ । जिल्लामा करिब ७० हजार हेक्टर जग्गामध्ये १० प्रतिशतमा स्थायी सिँचाइको कुलो नहर लाग्ने र करिब त्यत्तिमै वैकल्पिक सिँचाइको प्रबन्ध (इनार पम्पसेट, बोरिङ) जेनतेन पुगेको छ । जिल्लाका ८० प्रतिशत जग्गा अझै आकासे पानीको भरमा रहेको कृषि ज्ञान केन्द्र मलङ्गवा, सर्लाही (कार्यक्षेत्र–महोत्तरी, सर्लाही) ले नै जनाएको छ ।

आकासे पानीको भरमा खेती गर्नुपर्ने किसानलाई ठिक समयको वर्षा हुँदा सबै कुरा भेटाएजस्तो लाग्छ । “हुन त के छ र हाम्रा लागि ? न बजारमा मल, न समयमा बीउबिजन, न सुलभ ऋण”, बर्दिवास नगरपालिका–९ का किसान सुरजसिंह कुशवाहा दिक्दारिँदै भन्छन्, “सबै कुरा प्रकृतिकै शरणमा रहेका हामीलाई अहिलेको वर्षाले राहत दिएको हो ।” अब चाहिँ रोगको चपेटामा परिएन भने केही धान भित्र्याउने आस जागेको कुशवाहाको भनाइ छ ।

यसपालि असार निगल्दोदेखि साउन मध्यसम्म राम्ररी पानी परेपछि धान रोप्न सहज भएको किसान सम्झन्छन् । त्यसयता धानको रोपो सरेपछि र त्यसपछि गाँजिने बेलामा युरिया मल हाल्न नपाउँदा विरक्तिएका किसानलाई समय–समयको वर्षाले नै त्राण दिएको छ ।

जिल्लामा यसपालि करिब ४० हजार हेक्टरमा धानखेती गरिएको कृषिसम्बद्ध कार्यालयहरुको आँकडा छ । पछिल्लो पटक अहिले भदौ निगल्दोको वर्षाले सिँचाइसँगै धानका लागि थप पोषणको काम गरेको कृषि ज्ञान केन्द्र मलङ्गवाका कृषिविज्ञ पनि स्वीकार गर्छन् । “अहिलेको वर्षा धान खेतीका लागि अमृत सरह नै भएको छ”, केन्द्रका निमित्त प्रमुख देवानन्द राय भन्छन् ।

जिल्लाको मुख्यबाली मानिने धानका लागि अहिलेको वर्षा अमृत सरह भए पनि अन्य नगदेबालीका लागि भने समस्या बनेको छ । तरकारी खेतीको गोडमेल लगातारको वर्षाले गर्न नपाइँदा झारपातले छोपेको किसान बताउँछन् ।

यसबाहेक जिल्लाका भित्री ग्रामीण सडकमात्र नभएर मुख्य सडकहरु नै पछिल्लो वर्षाले हिलाम्य भएका छन् । हिउँदमा सडक मर्मतसम्भार र ढल निकासका काम नगरिँदा बर्सेनि हिलोमा जोतिएर हिँड्नु नियति नै बनेको जिल्लावासी बताउँछन् । अरु जति सकस बढे पनि मुख्यबाली धान अब केही भित्र्याउन सकिन्छ भन्ने विश्वासले राहत पाइएको यहाँका आम किसानको भनाइ छ ।

प्रतिक्रिया