आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालमा कोरोनाले भयानक रुप लिने संकेत, आज अहिलेसम्मकै बढी १५३९ जनामा संक्रमण पुष्टि

प्रकाशित
282
SHARES

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ थियो । सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४१ हजार ७०६ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि मंगलबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४० हजार ६३८ थियो । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ ।

यसअघि मंगलबार हिजो ११ जनाको कोरोनाका कारण ज्यान गएको थियो । त्यसअघि सोमबार एकैदिन १५ जनाको कोरोनाका कारण ज्यान गएको थियो । गएको आइतबार कोरोनाका कारण ९ जनाले ज्यान गुमाएका थिए ।

मन्त्रालयका यसअघि शनिबार १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो । कोरोनाकै कारण शुक्रबार ५ जनाको कोरोनाले मृत्यु भएको थियो भने विहीबार १ महिला र ४ पुरुष गरी पाँच जनाले ज्यान गुमाएका थिए । मन्त्रालयका अनुसार यसअघि गत बुधबार तीन महिला र तीन पुरुष गरी ६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया