आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्याजको मूल्य बढाएर कालोबजारी गर्नेहरुको भागाभाग हुने गरी सरकारले थाल्यो यस्तो कडा अप्रेसन

प्रकाशित
313
SHARES

काठमाडौं । भारतले प्याज निर्यात बन्द गरेपछि बजार भाउमा नेपाली व्यापारीको मनोमानी सुरु भएको छ । कालीमाटी तरकारी बजारमा करिब २४ घण्टाको फरकमै प्याजको भाउमा शतप्रतिशतभन्दा बढीले मूल्य बढाइएको उपभोक्ताले गुनासो गरेका छन् ।

मंगलबार बिहान प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्ममा प्याज बिक्री भएकोमा बुधबार बिहान १३० रुपैयाँ पुर्‍याइएको छ । प्याजको मूल्यमा व्यापारीको मनोमानी सुरु भएको कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले पनि स्वीकार गरेको छ । केही व्यापारीले बढी मूल्यमा प्याज बिक्री गर्न थालेको गुनासो आएपछि बजार अनुमगन थालिएको बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए ।

यता वाणिज्य विभागले भने प्याजको मूल्य बृद्धिबारे बजार अनुगमन सुरु भएको जनाएको छ । मंगलबारदेखि नै ‘अप्रेसन प्याज अभियान’ चलाएको विभागले जनाएको छ । मंगलबार नै कालीमाटीका ६ वटा पसलमा अनुगमन गरिएको वाणिज्य विभागका निर्देशक एवं सूचना अधिकारी रवीन्द्र आचार्यले बताए ।

‘प्याजको मूल्य वृद्धिविरुद्ध गुनासो आएपछि आज अनुमगन गरेका छौँ, ६ वटा पसललाई पूर्जी काटिएको छ,’ निर्देशक आचार्यले भने । तीन वटा खुद्रा र तीनवटा थोक पसलमा गरिएको अनुगमनमा ४५ रुपैयाँमा किनिएको प्याजलाई एक सय १० रुपैयाँसम्ममा बिक्री गरिएको पाइएको उनले बताए ।

प्याजको मूल्यवृद्धि विरुद्ध नियमित अप्रेसन घोषणा नै गरेर विभाग लागेको आचार्यले बताए । सरकारले यस्तो अप्रेसन सुरु गरेपछि कालोबजारी गर्नेहरुको भागाभाग भएको छ । यसैबीच स्वास्थ्यमा गम्भीर असर पर्ने विषाक्त रसायन मिथानोल भेटिएपछि औषधि व्यवस्था विभागले थप ४ वटा ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ।

चीनको ग्वाङझाओ ओबोपेकल फाइन केमिकल कम्पनी लिमिटेडद्वारा उत्पादित ओपेकल नन–वासिङ एन्टीब्याक्टेरियल सोलुसन, सम्पदा हेल्थकेयर प्रालि इमाडोल ललितपुरको सासा इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर, आरएल कर्प इण्डिया बालसद गुजरात भारतको पामाकेयर इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर र श्रीनाथ हर्बल एण्ड कस्मेटिक इण्डस्ट्री काठमाडौंको युनिकेयर इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाइएको हो।

ती स्यानिटाइजरमा तोकिएको मापदण्डविपरीत विषाक्त रसायन मिथानोल समावेश भएको पाइएको र सो प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने भएकाले सर्वसाधारणले प्रयोग नगर्न नराउन र त्यस्ता स्यानिटाइजरहरुको उत्पादन तथा बिक्रीवितरण अबिलम्ब रोक्न पनि विभागले सरोकारवाला निकायलाई सूचित गरेको छ।

प्रतिक्रिया