आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आन्तरिक हवाई उडान र लामो दुरीको यातायात पर्सीदेखि नै खुल्ने

प्रकाशित
105
SHARES

काठमाडाैं । सरकारले आन्तरिक हवाई उडान र लामो दुरीको यातायात सुचारु गर्ने बिषयमा आफ्नो निर्णय परिवर्तन गरेको छ । अब लामो दुरीको यातायात असोज १ अर्थात् पर्सी देखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

र, व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ । बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ ।

यस्तै सरकारले अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको गरिएकाे हाे । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।

सरकारले यसअघि असोज ५ गतेदेखि आन्तरिक हवाई उडान र लामो दुरीको यातायात सुचारु गर्ने निर्णय गरेको थियो । सरकारले पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको सरकार प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

खतिवडाले गत भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। प्रधानमन्त्री ओलीका विश्वासपात्र खतिवडाले सांसद नभई ६ महिना बढी मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्थाका कारण राजीनामा दिएका थिए।

राष्ट्रिय सभा सदस्य हुँदा दुई वर्ष अर्थमन्त्री बनेका खतिवडालाई प्रधानमन्त्री ओलीले सांसद नहुँदा पनि ६ महिनाका लागि अर्थमन्त्री बनाएका थिए। उनलाई फेरि राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्ने चर्चा भए पनि नेकपाको सचिवालय बैठकले गत संसदीय चुनावमा बर्दियाबाट पराजित उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो।

सरकारले आन्तरिक उडान र लामो दुरीको यातायात खोल्ने निर्णय गरिरहँदा यता कोरोना संक्रमितको संख्या भने बढ्दै गएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।  यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ थियो । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५५५, ललितपुरमा ३५ र भक्तपुरमा ८६ जना गरी जम्मा ६७६ जना संक्रमित थपिएका छन् ।

यसअघि सोमबार (हिजो) काठमाडौंमा ४४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जना गरी जम्मा ५१२ जना संक्रमित थपिएका थिए । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४० हजार ६३८ पुगेको छ । मन्त्रालयका अनुसार आज थप ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान ग गुमाउनेको संख्या ३७१ पुगेको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४० हजार ६३८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि सोमबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ५७६ थियो । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३७१ पुगेको छ ।

प्रतिक्रिया