आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बाहिरियो ठिमी ह’त्या का’ण्डका मृतक तीनै जनाकाे पो’ष्ट’मा’र्टम रिपोर्ट, केछ रिपाेर्टमा

प्रकाशित
8.4K
SHARES

काठमाडौं । भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९ निकोसेरास्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेका सुदीप अधिकारी दम्पती र छोरा सुशान्तको भक्तपुरस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा श’व परीक्षण गरिएको छ । श’व परीक्षणको विस्तृत रिपोर्ट आउन बाँकी छ । तर, प्रारम्भिक रिपोर्ट अनुसार सुदीप पत्नी सम्झना र छोरा सुशान्तको टाउकोमा चोट देखिएको छ ।

‘छोरा सुशान्तको टाउकोमा चार पटक र श्रीमतीको टाउकोमा तीन पटक दाउले हि’र्का’एको देखिन्छ,’ महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले भने–‘सुशान्तको घाँ’टी’मा हतियारले का’टे’को गहिरो चो’ट छ ।’

सुदीपको शरीरमा चोट छैन् । उनले विष खाएर आ’त्म’ह’त्या गरेको पोष्टमार्टम रिपोर्टबाट पनि खुलेको छ । मुसा मार्ने ‘सेल्फस’नामक विषको दुईओटा बाहिरी खोल घरबाहिर बारीमा भेटिएको छ । विषको बट्टा घरको छतबाट फाल्दा बारीमा पुगेको हुनसक्ने अनुसन्धान अधिकृतहरु बताउँछन् ।

मध्यपुरठिमी नगरपालिका–९ निकोसेरास्थित आफ्नै निवासमा कुकुरसहित एकै परिवारका तीनजनाको ह’त्या घटनामा प्रहरीले नयाँ तथ्य पत्ता लागेको छ । भक्तपुर निकोसेरामा घर झगडाले परिवार नै स’खाप भएको प्रहरीले निष्कर्ष निकालेको छ।

महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित सुदीप अधिकारीको परिवारका सदस्यको श’व फेला परेको थयो । धेरैले परिवारका सदस्य सबै मृत फेला परेपछि ह’त्या भएको आशंका गरेका थिए तर प्रहरी अनुसन्धानमा भने फरक पाइएको छ । यद्दपी थप अनुसन्धान जारी छ ।

आफ्नै घरको चौथो तलाको भान्छाबाट कौसी निस्कने ठाउँमा ३६ वर्षीय अधिकारी, दोस्रो तलाको ओछ्यानमा श्रीमती ३४ वर्षीया सम्झना र तेस्रो तलाको कोठाको ओछ्यानमा १५ वर्षीय छोरा सुशान्तको शव फेला परेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।

दोस्रोे तलाको भर्याङ नजिकै कुकुरसमेत मरेको अवस्थामा भेटिएको बताइएको छ। शुक्रबार करिब ४ बजे मृ’तकका भाइ सुनिलले आफू दाजुका घरमा आइपुग्दा तीन श’व फेलापछि प्रहरीलाई खबर गरेका थिए।

उनका अनुसार घरको पहिलो तलादेखि माथिका सबै तलाका ढोका चुकुल नलगाएको र अलिकति खुला अवस्थामा थिए। मृ’तकको घरसंगै बस्ने लक्ष्मी लामाले तीन दिनदेखि उक्त घरका सदस्य बाहिर ननिस्किएको जानकारी दिइन।

तीन दिनअघिसम्म अधिकारी परिवारले किराना पसल खोलेको र दिउँसोदेखि बन्द रहेको जानकारी दिँदै उनले लकडाउनका कारण पसल बन्द गरेर बाहिर ननिस्किएको हो कि भन्ने आफूलाई लागेको बताएकी थिइन् ।

श्रीमती र छोराको ह’त्या’पछि विष सेवन ?
श्रीमती र छोराको टाउकोमा गहिरो चोट भए पनि घरमा बाहिरी मान्छेको प्रवेश नदेखिएकाले सुदीपले नै हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

ह’त्यामा धा’रि’लो ह’ति’यार प्रयोग देखिएको प्रहरीले जनाएको छ। प्रहरीले छोराक श’वसँगै हतियार फेला परेको थियो। त्यस्तै ह’त्यामा प्रयोग भएको अचानो भान्सा कोठा फेला परेको छ ।

प्रहरीका अनुसार दुई जनाको श’व गन्हाएको अवस्थामा फेला परेको थियो भने श्रीमानको श’व तुलनात्मक रुपमा आलो थियो । ‘श्रीमती र छोराको ह’त्या पहिल्यै भएको र पछि आफूले आ’त्म’ह’त्या गरेको देखिन्छ’, अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, ‘आमा-छोराको शव गनाएको छ तर उनको त्यस्तो छैन।’

प्रहरीले एउटा कचौरामा चम्चासहित केही बस्तु सुकेको अवस्थामा छ। त्यो सल्फर (वि’ष) भएको प्रहरी अनुसन्धान टोलीको अनुमान छ। यी सबै प्रहरीले परीक्षणमा पठाउने तयारी गरेको छ। किचनमा भेटिएको दालभातमा नै वि’ष घोलेर खुवाएको हुनसक्ने देखिएपछि त्यहाँ रहेका बाँकी अंश परीक्षणका लागि संकलन गरिएको छ।

शनिबार बिहान घर पछाडि रहेको धानबारीमा प्रहरीले दुई वटा सल्फरको बट्टा फेला पारेको छ। घरको दक्षिणतर्फ फेला परेका ती रित्तो बट्टा पनि परीक्षण गरिने महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए।

घटनाको कारण ऋण ?
प्रहरीले ऋणका कारण परिवार नै सखाप हुने अवस्थामा पुगेको प्रारम्भिक अनुमान गरेको छ । उनीहरुको घर बैंकले लिलाम गर्ने तयारी गरिरहेको आफन्तले बताएका छन् जसका बारेमा प्रहरीले बुझिरहेको जनाएको छ।

ससुरालीको २ लाख ऋणको विषयमा पनि उनीहरुबीच झगडा पर्ने गरेको थियो । सुदीपका भाइका अनुसार काम नगरेको हल्लिएर हिडेको केही काम नगरेको भन्दै भाउजुले दाइलाई गाली गरिरहन्थिन् ।

भक्तपुरको ठिमीमा घटेको ह’त्याका’ण्ड सेलाउन नपाउदै पर्साको पोखरिया नगरपालिकामा अर्को घ’टना घटेको छ । पोखरिया छु’रा प्र’हारले बुवाले छोराको ह’त्या गरेका छन् । नगरपालिकाको वडा नं. ६ श्रीसियाका स्थानीय ७० वर्षीय लक्ष्मी साहले सोमबार राति ८ बजेतिर प्र’हार गरेको छुराले ३५ वर्षीय छोरा माधो साहको ज्यान गएको प्रहरीले जनाएको छ ।

छुरा प्रहार गर्ने लक्ष्मी साहलाइ इलाका प्रहरी कार्यालय पोखरियाले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक चन्दकुमार सिंहले बताए । छु’रा प्र’हारबाट गम्भीर घाइते भएका माधोको उपचारका लागि वीरगञ्ज लाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा सोमबार (आज) बिहान मृत्यु भएको हो ।

भदौ २१ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको आईसीयूमा उपचार भइरहेकोमा सोमबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुष्टि गरे । उनी मिर्गौला रोगबाट पीडित र डायलासिस गराइरहेको विरामी रहेको डा. गौतमले बताए ।

चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ । उपचारको क्रममा आइतबार राति ११ः३० बजे उनको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कोभिड सघन उपचार कक्षमा उपचार हुँदै आएको थियो । हालसम्म चितवन जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुने कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।

दुई वृद्धाको घरमै मृत्यु भएको थियो । चितवनका १७, मकवानपुरका पाँच, नवलपरासी सुस्ता पूर्वका चार, बारा, गोरखा र कैलालीका एक÷एक जना संक्रमितको चितवन जिल्लामा मृत्यु भएको छ ।

प्रतिक्रिया