आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देशै हल्लिने गरी फेरी गयाे ६.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, कहाँ हाे केन्द्रविन्दु ?

प्रकाशित
6.4K
SHARES

एजेन्सी । कोरोनाको कहरले विश्व नै अस्तव्यस्त बनेका बेला ठाँउ ठाँउमा भूकम्प गइरहेकाे छ । फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा आइतबार ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । युरोपेली भूकम्प मापन केन्द्रका अनुसार डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।

उक्त भूकम्पले देशका अधिकाँश स्थान हल्लिएका थिए । भूकम्पबाट जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् । यसैबीच छिमेकी मुलुक भारत धेरै कोरोना संक्रमित हुने मुलुकको सूचीमा ब्रजिललाई उछिन्दै दोस्रो स्थानमा आइपुगेको छ ।

यसैबीच कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन प्रयोग भइरहेको प्रचलित पीसीआर विधिले मृत अर्थात निष्कृय भइरसकेको कोरोना भाइरसको अंश पनि देखाउने विज्ञहरूले आशंका गरेका छन्। कोरोनाभाइरस सङ्क्रमण भएका अधिकांश मानिसहरूले एक साताजति मात्र अरूलाई भाइरस सार्न सक्ने वैज्ञानिकहरूको तर्क छ ।

तर, संक्रमणमुक्त भइसकेको वा संक्रमित व्यक्तिको शरीरमा निस्कृय वा मृत भइसकेको भाइरसको अंश पनि पीसीआर विधिको परीक्षणमा देखिने वैज्ञानिकहरूले आशंका गरेको बीबीसीले जनाएको छ ।

यदी वैज्ञानिकहरूको यो आशंका पुष्टि भए वर्तमान महामारीको स्तर अतिशय रूपमा प्रस्तुत भइरहेको हुन सक्नेछ। ती आशंकाहरू जायज नै भए पनि संक्रमित व्यक्ति नछुट्ने गरी विश्वसनीय परीक्षण कसरी गर्न सकिन्छ भन्नेमा विज्ञहरू अलमलमा छन् ।

यसबारे गरिएको एउटा अनुसन्धानमा संलग्न प्राध्यापक कार्ल हेनेगनले भाइरसबाट संक्रमित हो वा होइन भन्ने सरल परिणाम दिनुको साटो निश्चित मात्राभन्दा थोरै परिमाणममा भाइरस रहेका व्यक्तिको पोजिटिभ नतिजा नदेखाउने परीक्षण विधि हुनुपर्ने बताए।

संक्रमित संख्या लगातार बढिरहने तर, अस्पताल भर्ना हुने बिरामीको संख्या स्थिर रहने अहिलेको अवस्थाले पीसीआर परीक्षण विधिमा भाइरसको पूरानै अंश पत्ता लगाइरहेको भन्ने आशंकालाई बल पुगेको प्राध्यापक हेनेगनले बताए।

अक्स्फोर्ड यूनिभर्सिटीको सेन्टर फर एभिडेन्स बेस्ड मेडिसिनले पोजिटिभ नतिजा आएका २५ वटा नमूनालाई पेट्री डिशमा राखेर अध्ययन गरेको थियो । ‘भाइरल कल्चरिङ’ भनिने उक्त विधिमार्फत् कतै परीक्षणले सक्रिय र संक्रामक भाइरस पत्ता लगाएको हो वा अन्यमा संक्रमण गर्न नसक्ने भइसकेको मृत भाइरस वा निष्क्रिय कण पत्ता लगाएको हो भन्ने जाँच गर्नेछ।

गलत परिणामको जोखिम

अहिलेको प्रचलित पीसीआर स्वाब टेस्टले रसायनहरूको सहयोगबाट भाइरसको आनुवंशिक संरचनालाई बढाएर हेर्न सघाउँछ। त्यसैले स्वाबका नमूनालाई प्रयोगशालामा विभिन्न चरणको प्रक्रिया पार गराएपश्चात् मात्र भाइरस देखिन्छ।

यसैआधारमा कोरोनाभाइरसको परीक्षण गर्दा संक्रमण छ या छैन भन्ने परिणाम प्राप्त हुने गरेको छ । तर, ती नमूनामा कति मात्रामा भाइरस थियो र ती कति सक्रिय संक्रमण गराउन सक्ने खालका हुन्छन् भन्ने नखुल्दा यसले पार्ने असर मुल्यांकन नुहने दाबी सोधकर्ताहरूको छ ।

ठूलो मात्रामा सक्रिय भाइरस शरीरबाट निष्काशन गरिरहेको व्यक्ति र संक्रमणबाट निको भइसकेको तर, मृत भाइरसका कण निष्काशन गरिरहेको व्यक्ति दुवैबाट संकलित नमूनाको परीक्षण गर्दा यो विधिले भाइरसको उपस्थिति भएको मात्रै संकेत दिने विज्ञहरू बताउँछन् । तर, प्राध्यापक हेनेगनका अनुसार प्रमाणहरू हेर्दा करिब एक सातापश्चात् कोरोनाभाइरसको संक्रामकता घट्न थाल्छ।

कस्तो परीक्षण उपयोगी त ?

सबै परीक्षणमा कति सक्रिय भाइरस थिए भनेर हेर्न सम्भव नहुने विज्ञहरू बताउँछन् । तर, निश्चित मात्राको भाइरस भए मात्र पोजिटिभ देखिने परीक्षण विधि विकास गर्न सकिए गलत पोजेटिभ नतिजा आउने सम्भावना कम हुने उनले बताए।

यसले पूरानो संक्रमणले गलत परिणाम देखिने पनि कम हुनेछ। त्यसबाट मानिसहरूलाई क्वारन्टीनमा राख्नुपर्ने अथवा अनावश्यक रूपमा ‘कन्ट्याक्ट ट्रेस’ हुनबाट रोक्ने प्राध्यापक हेनेगन बताउँछन्। अनि त्यसले महामारीको वर्तमान मात्राबारे राम्ररी बुझ्न सहयोग गर्नेछ।

‘पब्लिक हेल्थ इङ्ग्ल्यान्ड’ पनि ‘भाइरल कल्चर’ कोरोनाभाइरस परीक्षण नतिजाको परिणामको आकलन गर्न उपयोगी हुनेमा सहमत भएको छ । उसले हालै त्यस विधिबाट विश्लेषण गरेको बताएको छ। यसले गलत नतिजा देखाउने खतरालाई कम गर्न प्रयोगशालाहरूसँग काम गरिरहेको जनाएको छ।

‘भाइरल कल्चर‘ कति चुनौतीपूर्ण ?

यूनिभर्सिटी अफ रेडिङका प्राध्यापक बेन न्यूम्यानका अनुसार ‘बिरामीको नमूनाबाट भाइरस कल्चर गर्नु सामान्य काम होइन।’ यो धेरै नै जटिल र चुनौतीपूर्ण छ । उनी भन्छन्, ‘यस प्रकारको विश्लेषणले गलत तरिकाबाट सार्स-कोभ-२ भाइरस कल्चरको यसको संक्रमण फैलाउने सम्भावनासँग जोडेर देखाउन सक्छ।’

इटलीको एमिलिया-रोमाग्ना क्षेत्रका एक संक्रामक रोग विशेषज्ञ प्राध्यापक फ्रान्सेस्को भेन्टुरेल्ली कोरोनाभाइरस संक्रमणमुक्त भएपछि पनि कति समयसम्म त्यो सक्रिय रहन्छ भन्ने ‘निश्चित’ नभएको बताउँछन्।

‘भाइरस कल्चरमा गरिएका केही अध्ययनअनुसार करिब १० प्रतिशत मानिसमा संक्रमण ठीक भएको आठ दिनपश्चात् पनि भाइरस पाइएको थियो,’ उनले भने। उनी कोरोनाभाइरस महामारी बेलायतमाभन्दा पहिले इटलीमा उत्कर्षमा पुगेको र आफूहरूले केही सातासम्म कोरोनाभाइरस संक्रमणलाई वास्तविकभन्दा निकै बढी आकलन गरिसकेको बताउँछन्।

लन्डनस्थित इम्पीरीअल कलेजका प्राध्यापक पिटर ओपन्सअले भने, ‘पीसीआर परीक्षण भाइरस शरीरमा रहेका भाइरसका आनुवंशिक अंशको पहिचानका लागि एकदमै संवेदनशील विधि हो।’

यता भारतमा भारतमा कोरोना भाइरसको संक्रमण दर विश्वमै सबैभन्दा बढी देखिएका बेला भारतीय शोध कर्ताले कोरोना भाइरसको संक्रमण रोक्ने नयाँ तरिका पत्ता लगाएको दाबी गरेका छन् ।

भारतको गुवाहाटीस्थित ईन्डियन ईन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) का शोधकर्ता विद्यार्थीहरुले कोभिड– १९ को पहिचान र रोकथामका लागि नयाँ तरिका पत्ता लगाएको जनाएका हुन् ।

आईआईटीका विद्यार्थीहरुले कोरोना भाइरस र सरफेस स्पाइक प्रोटिनको बीचमा बायो इन्टरफेस इन्ट्र्याक्सन विधिद्वारा कोरोना भाइरसको पहिचान र रोकथाम गर्ने उपायको विकास गरेको दाबी गरेका हुन ।

रिसर्च स्कलर्सहरुको भनाई अनुसार कोभिड–१९ (SAARS Cov-2) इनर न्युक्लिक एसिडबाट बनेको हुन्छ । जसलाई सरफेस स्पाइक ग्लाइकोप्रोटिनले ढाकेको हुन्छ । रिसर्च स्कलर्सद्वारा तयार पारिएको सतह अर्थात लेयरलाई भाइरस पत्ता लगाउन र यसको संक्रमण रोक्न उपयोग गर्न सकिन्छ ।

बायोसाइन्स एण्ड बायो ईन्जिनियरिङ विभागका एसोसियट प्रोफेसर ललित एम पाण्डेयले भने, “कोरोना भाइरस संक्रमणको विश्वब्यापी महामारी जारी रहेको वर्तमान अवस्थामा यसको परीक्षणका लागि हामीले एण्टिबडीमा आधारित तरिका र आर टी पिसिआरमा आधारित तरिकाको प्रयोग गर्दै आइरहेका छौं । रिपोर्ट आउन लामो समय लाग्ने, मुल्य महंगो हुने, परीक्षण प्रकृया जटिल हुने र गलत रिपोर्टसमेत आउने जस्ता नकरात्मक पक्षहरु यस खाले परीक्षण विधिमा रहेका छन ।”

प्रोफेसर पाण्डेयले भने, “कोरोना भाइरसको सरफेस स्पाइक प्रोटिन र अहिले तयार पारिएको सतह अर्थात लेयरकाबीच ईन्टरफेस ईन्ट्र्याक्सनको प्रयोगबाट कोरोना भाइरसको परीक्षण छोटो समयमा गर्न सकिन्छ ।”

उनका अनुसार यो सतह अर्थात लेयरले छोटो समयमा कोरोना भाइरस संक्रमणको परीक्षण गर्न सकिन्छ भने यसबाट हुने संक्रमणलाई रोक्न पनि सकिन्छ । शोधकार्यका विद्यार्थीहरुले तयार पारेको सतह अर्थात लेयरलाई पीपीईमा लगाउन सकिने प्रोफेसर पाण्डेयलाई उद्धृत गर्दै एनडिटिभीले जनाएको छ ।

यस्तै रुसी खोपको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ । नयाँ कोरोनाभाइरसको खोप निर्माण गरिसकेको दाबी गरेको रसियाले खोपसम्बन्धी विवरण हालै प्रकाशन गरेको हो । रुसी वैज्ञानिकहरुले ‘स्पुटनिक भी’ नामको नयाँ खोपको प्रारम्भिक चरणका परीक्षणको विवरण सार्वजनिक गरेका हुन ।

रुस सरकारले यो खोपलाई गत अगष्ट ११ मै स्वीकृति दिइसकेको छ । नयाँ खोपसम्बन्धी विवरण सार्वजनिक भएलगत्तै उक्त खोपका बारेमा विज्ञहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । उनीहरुको भनाईमा केही दर्जन व्यक्तिलाई मात्र खोप दिइएकाले यसको विश्वसनीयता शंकाको घेरामा रहेको छ ।

गत शुक्रबार बेलायती मेडिकल जर्नल दी ल्यान्सेटमा प्रकाशित रिपोर्टमा खोप दिइएका ४० जनामा एन्टीबडी निर्माण भएको र तीन साताभित्र पुनः परीक्षण गर्न उनीहरुमा कोरोनाभाइरस नदेखिएको उल्लेख छ । तर लेखकहरुका अनुसार खोप दिइएका व्यक्तिलाई ४२ दिनसम्म मात्र अनुगमन गरिएको थियो ।

अध्ययनमा समेटिएको संख्या ज्यादै सानो भएको र नियन्त्रण खोप (कन्ट्रोल भ्याक्सिन) नदिइएको पनि रिपोर्टमा उल्लेख छ । यस अध्ययनमा सहभागीहरु सबै पुरुष रहेका र उनीहरु २० र ३० वर्षको हाराहारीका व्यक्ति थिए । त्यसैले कोरानाबाट सबैभन्दा बढी जोखिममा रहेका बयस्क वा वृद्ध व्यक्तिहरुलाई यो खोपले काम गर्छ भन्नेमा प्रशस्त आशंका रहेको छ ।

अन्तर्राष्ट्रिय विज्ञहरु भने यस खोपको प्रभावकारीता र सुरक्षामाथि निकै सचेत देखिएका छन् । तैपनि, खोप निर्माता रुसी अधिकारीहरु भने खोपले देखाएको प्रभावकारिताबाट निकै खुशी देखिएका छन् ।  एजेन्सी

प्रतिक्रिया