आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तत: ओली सरकारले तीन वर्षपछि हटाइयो प्रतिबन्ध, हेर्नुहोस पत्रसहित

प्रकाशित
2.8K
SHARES

काठमाडौँ । सरकारले जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध तीन वर्षपछि हटाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रबारदेखि जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाएकी हुन् ।

मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा नापी विभागलाई पत्राचार गर्दै जग्गा कित्ताकाटमा प्रतिबन्ध लगाउने निर्णय खुलाउने निर्णय गरेको हो । ३ वर्ष अगाडि तत्कालीन भूमि सुधार मन्त्री गोपाल दहितले जग्गाको कित्ताकाटमा प्रतिबन्ध लगाउने निर्णय गरेका थिए ।

कृषियोग्य जमिनमा प्लटिङ बढेर जग्गा खण्डिकरण बढेको भन्दै कित्ताकाटमा लगाइएको प्रतिबन्ध ३ वर्षपछि हटाइएको हो । यो प्रतिबन्ध हटेसँगै प्लटिङ गर्नेहरूका लागि सहज हुने भएको छ भने घरपरिवारभित्रै पनि अंशबण्डाका लागि कित्ता काट गर्दा स्थानीय तहबाट लिनुपर्ने सिफारिससहितका अन्य प्रकियागत झन्झट हटेको छ ।

यसअघि स्थानीय निकायको अनुमतिमा जग्गाको कित्ताकाट खुलेपनि यो व्यवस्था झन्झटिलो रहेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाउने सहितको सुझाव मन्त्रालयलाई दिएको थियो । अख्तियारको सुझावपछि मन्त्रालयले जग्गा कित्ताकाटमा लगाइएको प्रतिबन्ध हटाएको हो ।

यसैबीच नेकपाले स्थगित स्थायी कमिटीको बैठक भदौ २६ गते बोलाउने भएको छ । नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले साउन १३ गते स्थगित स्थायी कमिटीको बैठक भदौ २६ गते बोलाउने सहमति भएको जानकारी दिएका हुन् ।

सोमबार बिहान बालुवाटारमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसहितको छलफलमा यो सहमति गरिएको पनि थापाले बताएका छन् । असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठक आन्तरिक विवादका कारण पटक-पटक स्थगित हुँदै आएको थियो ।

पछिल्लो पटक साउन १३ लाई तय भएको बैठक ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि अध्यक्ष पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले सञ्‍चालन गरेका थिए । दुवैतर्फको उक्त कदमले नेकपा विवाद विभाजनकै तहमा पुगेको थियो ।

तर, विवाद मिलाउन दोस्रो तहका नेताहरुको सक्रियताले साउन २९ मा अध्यक्षद्वय ओली र दाहाल कार्यदल बनाउन सहमत भए । साउन ३० मा विवाद समाधान सुझावका लागि महासचिव विष्णु पौडेल नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

उक्त कार्यदलले भदौ ६ मा ओली–दाहाललाई सुझावसहितको प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनको प्रारम्भिक छलफल सचिवालयमा पनि भइसकेको छ । सोही प्रतिवेदन स्थायी कमिटीमा छलफल हुने भएको हो ।

प्रतिक्रिया