आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालमा फेरी भूकम्पको शक्तिशाली धक्का, मान्छेहरूको भागाभाग, कहाँ हो केन्द्रबिन्दु ?

प्रकाशित
2.6K
SHARES

काठमाडौँ । देश कोरोनाको चपेटमा परेका बेला नेपालमा लगातार भूकम्पको धक्का जाने क्रम जारी छ । केहिदिन अघि काठमाडाैं र २ दिनघे मात्रै सुदुरपश्चिम हल्लाएको भूकम्पले फेरी आज बिहान संखुवासभामा हल्लाएको छ।

राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाए अनुसार बिहान ७ः२० बजे ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले एक्कासी हलाएपछि मान्छेहरुको भागाभाग भएको थियो । संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज, ताम्कु र पाथिभरा आसपास केन्द्रबिन्दू भएर भूकम्प गएको केन्द्रले जनाएको छ । भूकम्पको झड्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको बताइएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार यसअघि बझाङ केन्द्र बनाएर गत भदौ ९ गते ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो । यस्तै बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ ।

पहिरोमा परी २४ जना बेपत्ता छन् । शव सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ । शव भेटिएका १० जनाको अझै सनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।

उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । पहिचान भएकाहरुको पोष्टमार्टमको काम आज हुने छ । घटनामा बेपत्ताको आज बिहानैदेखि खोजी शुरु भएको रेग्मीले बताए । रातको समयमा खसेको पहिरोमा परि धेरैले ज्यान बचाउन नसकेका हुन् । केही मानिसले भागेर ज्यान बचाएका थिए भने कतिलाई भाग्ने क्रममै खोलाले बगाएको थियो ।

बगाएकामध्ये केहीको अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म शव भेटिएका छन् । कति क्षतविक्षत अवस्थामा भेटिएकाले पहिचान गर्न नसकिएको उद्धारमा खटिएका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए ।

पहिरोले फलेघर र सुपुर्दुङका दजर्न बढी घर बगाएको छ भने वडा नं ८ सम्म आइपुग्दा ४० घर बगेका छन् । अधिकांस घरको भग्नावशेषसमेत देखिएको छैन । बस्ती भएको स्थानमा अहिले खोला बगेको छ । ढोरपाटन जाने सडकको देउरालीबाट खसेको पहिरोले भुजीखोला थुनिएर ताल बनेको र त्यसपछि बाढी चल्दा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन् ।

गृहमन्त्री रामबहादुर थापा बागलुङको ढोरपाटन नगरपालिका ९ को बोबाङमा गएको पहिरोको अवस्था बुझ्न त्यसतर्फ प्रस्थान गरेका छन् । हिजै घटनास्थल गएका थापासहितको टोली खराब मौसमका कारण फर्किएको थियो ।

आज सांसद देवेन्द्र पौडेलसहित उद्धार टोलीसहित मन्त्री थापा त्यसतर्फ गएका हुन् । बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ ।

यस्तै मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा केहि पर दक्षिणतर्फ अवस्थित छ ।

महाशाखाले हाल देशको पहाडी भूभागमा सामान्य बदली र तराई भूभागमा आशिंक बदली रहेको जनाएको छ । महाशाखाले शुक्रबार दिउँसो देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

यसैगरी, देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १ तथा गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया