आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आजैदेखि लागु हुनेगरी ओली सरकारले गर्यो फेरि यस्तो निर्णय, जनता झनै मारमा पर्ने निश्चित

प्रकाशित
5K
SHARES

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण नेपालमा पनि बढीरहेका बेला सरकारले पेट्रोलको मूल्य बढाएको छ। नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो। अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।

तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बर (आज)मा आएको मूल्यसूचीअनुसार पेट्रोलको मूलय बढाइएको निगम प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

गत चैतमा भएको लडकाउनमा लिटरमा १३ रूपैयाँसम्म नाफा हुँदा पनि निगमले मूल्य घटाएको थिएन । त्यतिबेला मूल्य घटाएपनि प्रयोगकर्ताले लाभ नपाउने तर्क गरिएको थियो । तर, अहिले भने निषेधाज्ञा भारतबाट मूल्य बढेर आएको दिनमै मूल्य बढाउने निर्णय भएको छ । यस्तो संवेदनशिल अवस्थामा पनि सरकारलाई आफ्नो मात्रै नाफाको चिन्ता छ ।

यसैबीच कोरोना संक्रमण फैलिन नदिन २०७६ चैत ९ गतेदेखि रोक लगाइएको व्यवसायिक अन्तर्राष्ट्रिय उडान १ सय ६२ औं दिनपछि (मंगलबारदेखि) सुचारु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार पहिलो दिन नियमित उडानमा नेपाल वायुसेवा निगमको एउटामात्रै उडेकाे छ ।

उनका अनुसार निगमको वाइडबडी राति जापानको नारिता उडेकाे हाे । लकडाउनको ५ महिनापछिको यो नै पहिलो व्यवसायिक उडान हो । निगमका अनुसार यो उडानमा काठमाडौंबाट १ सय ७१ जना गए भने नारिताबाट २ सय २० जना यात्रु बुधबार दिउँसो काठमाडौं आउँदैछन् ।

मंगलबार चार्टर तथा कार्गोतर्फ ५ वटा उडान भए । विमानस्थलका अनुसार नेपाल वायुसेवा निगमले दोहाबाट १ सय ३८ जना र हिमालय एयरलायन्सले १ सय २६ यात्रु ल्याएका थिए । त्यसैगरी नेपाल वायुसेवा निगमको एउटा विमान कुवेत गएको थियो । कार्गो चार्टर उडानतर्फ एयर अरेबियाले सारजहाबाट ६६ सय ५० केजी कार्गो ल्याएर आएको थियो भने कार्गो लिन हिमालयको जहाज साझ कुन्मिङका लागि उडेको थियो ।

विमानस्थलमा चार्टर र नियमित उडानबाट आउने यात्रुहरुलाई छाउनीस्थित कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) मातहतको सैनिक टोलीले काठमाडौंका चार स्थानमा बनाइएका होल्डिङ सेन्टरमा लैजाने गरेको छ ।

सीसीएमसीका एक सहसचिवका अनुसार ती सेन्टरमा यात्रुहरुको विस्तृत विवरण लिइसकेपछि मात्रै छाडिने गरेको छ । ‘यात्रुहरुको कोभिड–१९ जाँचको विवरण हेरिन्छ । सम्पर्क ठेगानाको विस्तृत विवरण राखिन्छ,’ ती सहसचिवले भने, ‘त्यसपछि होटलमा आइसोलेसनमा राख्नु पर्नेलाई होटलमा ७ दिनका लागि पठाइन्छ पीसीआर नेगेटिभ भएकालाई स्थानीय तहसँगको समन्वयमा जिल्ला पठाइन्छ ।’

तर नियमित उडानमा काठमाडौं आउने यात्रुले घरसम्म जाने व्यवस्था आफैं गर्नुपर्ने सीसीएमसीले जनाएको छ । ‘सीसीएमसीले पास उपलब्ध गराइदिन्छ,’ ती सहसचिवले भने, ‘नियमित उडानमा आउने यात्रुले घरसम्म जाने व्यवस्था सवारी साधन आफैं खोजेको हुनुपर्छ ।’ तर चार्टर उडानमा आएका यात्रुहरुलाई भने सीसीएमसीले सवारी साधन खोजेर पठाउने गरेको छ । आइतबारको मन्त्रिपरिषद्ले दैनिक नियमित र चार्टर उडानबाट ८ सयसम्म यात्रुलाई काठमाडौं आउन दिने निर्णय गरेको छ ।

त्यसअघिको मन्त्रिपरिषद बैठकले भदौ १६ देखि असोज १४ सम्मको एक महिना अन्तर्राष्ट्रियतर्फ नियमित उडान खुला गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ६० वटा नियमित उडानलाई अनुमति दिएको छ । तर त्यसताका दैनिक ५ सय यात्रुमात्रै ल्याउन दिने भनिएको थियो । आइतबार सरकारले ३ सय थप गर्दै दैनिक ८ सय यात्रु ल्याउन दिने निर्णय गरेपछि मन्त्रालयले चार्टर र नियमित उडानको संख्या थप्‍न मंगलबार नागरिक उड्डयन प्राधिकरणमा बैठक गरेको थियो । मन्त्रालयले बुधबार नया तालिका निकाल्ने जनाएको छ ।

सरकारले चार्टर र नियमित उडानमा आउने यात्रुको ७२ घण्टाअघिको पीसीआर जाँच अनिवार्य हुनुपर्ने भनेको छ । पीसीआर जाँच सुनिश्चित नगरी वायुसेवाले यात्रु ल्याउन पाउने छैनन् । पीसीआर नेगेटिभ भएका यात्रुले १४ दिने होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने छ । यदि आरटीपीसीआर जाँच गरेका र नगरेका यात्रु ल्याइएको पाइएमा वायुसेवा कम्पनीको खर्चमा सबै यात्रुलाई ७ दिन काठमाडौंमा रहेका होटल क्वारेन्टाइनमा राखिने छ । सीसीएमसीका अनुसार सोमबारसम्म ५५ हजार नेपाली विदेशबाट फर्किसकेका छन् ।

उपत्यकाका सीडीओको भर्चुअल मिटिङ : निषेधाज्ञाका केही प्रावधान खुकुलो हुनसक्ने, निर्णय गृहको स्वीकृतिमा

उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को भर्चुअल बैठकले गृह मन्त्रालयबाट स्वीकृति लिएरमात्रै निषेधाज्ञा सम्बन्धी विषयमा निर्णय लिने निष्कर्ष निकालेको छ ।

काठमाडौंका सीडीओ जनकराज दाहाल, भक्तपुरकी हुमकला पाण्डे र ललितपुरका नारायणप्रसाद भट्टले भर्चुअल मिटिङबाट निषेधाज्ञा तथा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणबारे गृह मन्त्रालयबाट अनुमति लिएर मात्रै निषेधाज्ञालाई निरन्तरता दिने/नदिनेबारे निर्णय गर्ने निष्कर्ष निकालेका हुन् ।

भक्तपुरकी प्रजिअ हुमकला पाण्डेले भर्चुअल मिटिङमा निषेधाज्ञापछि भएगरेका कामकारबाहीको विस्तृतमा समीक्षा भएको बताइने । उनका अनुसार भोलि तीन जिल्लाले एकल र संयुक्त सुरक्षा समिति बैठक बसेर लकडाउनलाई निरन्तरता दिने/नदिनेबारे गृह मन्त्रालयबाट अनुमति लिएर अघि बढ्ने छन् । प्रजिअ पाण्डेले निषेधाज्ञाको मोडालिटीमा हेरफेर हुनसक्ने पनि संकेत गरिन् ।

‘तत्कालै निषेधाज्ञा हट्ने अवस्था त देखिदैन तैपनि यो अवधिसम्मको समीक्षा र अनुभवले के भन्छ भने संक्रमण रोकथाममा निषेधाज्ञा सहयोगी बनेको छ । अर्कातिर व्यवसायिक पक्षबाट हेर्दा अवस्था त्यत्तिकै असहज पनि छ । अत्यावश्यकबाहेक व्यापार व्यवसायलगायत आर्थिक कारोबार बन्दको अवस्था छ,’ उनले भनिन्, ‘केही विषयमा लचकता अपनाएर अघि बढ्ने भन्ने पनि कुरा उठेको छ ।’

दैनिक उपभोग्य बस्तु विक्रि वितरणमा बिहान ९ बजेसम्म कायम गरिएको समयसीमा हेरफेर गर्ने, अतिआवश्यक र राष्ट्रिय गौरवका आयोजनालाई आवश्यक सावधानी अपनाएर सुचारु गर्नेलगायत विषयमा पनि कुरा उठेको उनले बताइन् । यद्यपि तीन जिल्लाको संयुक्त बैठक बसेरमात्रै सबै कुरा प्रस्ताव गरिने उनले स्पष्ट पारिन् ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ अनुसार निषेधाज्ञा सम्बन्धी निर्णय लिने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । त्यस्तै संक्रमक रोग ऐन २०२० ले पनि आवश्यक निर्णय लिने र अटेर गरिए कारबाही गर्ने अधिकार प्रशासनलाई नै दिएको छ ।

तर, प्रमुख जिल्ला अधिकारीहरु निषेधाज्ञा थप गर्दा नागरिक तहबाट विरोध आउनसक्ने पूर्वआकलन गर्दै गृहबाटै अनुमोदन गरेर अघि बढ्ने निर्णयमा पुगेका हुन् । निषेधाज्ञाबारे विभिन्न सरोकारवाला सरकारी निकायहरुकै फरक–फरक मत र सुझाव आएपछि सीडीओहरु पनि अन्योलमा रहेको स्रोतको भनाइ छ । यसअघि उपत्यकाका प्रशासनले भदौ ३ मा निषेधाज्ञा गर्दा गृहसचिव, मूख्यसचिव, गृहमन्त्री हुँदै प्रधानमन्त्रीबाट अनौपचारिक स्वीकृति लिएको थियो । ते

स्रोपटक निर्णय लिनुअघि भने माथिबाटै औपचारिकरुपमै स्वीकृति लिएर मात्रै अघि बढ्ने निर्णय तीनवटै जिल्लाका सीडीओहरुले गरेका हुन् । भदौ ३ गतेबाट उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । सुरुमा १० गते सम्म लगाइएकोमा १७ गते रातिसम्म लम्ब्याइएको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले निषेधाज्ञा हटाउन लिखित प्रस्ताव गरेको छ । त्यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान सुचारु भएको अवस्थामा यातायात व्यवस्थापनमा केही लचकता अपनाउन सुझाव दिएको छ ।

तर उपत्यका मेयर फोरम र तीन जिल्लाकै स्वास्थ्य कार्यालयले भने तत्काल निषेधाज्ञा हटाउँदा झन् विकराल अवस्था आउने भन्दै अहिलेकै प्रावधानलाई निरन्तरता दिन सुझाव दिएको छ । निषेधाज्ञा अवधि बढाउदा त्यसअनुसार पीसीआर परीक्षण ठूलो संख्यामा समूहगत रुपमा हुन नसकेकोमा सरकारको आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया